November 4, 2011

सावधान! अनावस्यक यौनशक्ति बर्धक औसधिले तपाइको यौन जीवन खत्तम होला


यौनशक्तिवर्द्धक तेल तथा उपकरणहरूको विज्ञापन अखबारहरूमा बग्रेल्ती पढ्न पाइन्छ विभिन्न हेल्थ सेन्टरहरूको होर्डिङबोर्डमा पनि यस्ता सन्देश पढ्न पाइन्छ यस्ता औषधि तथा उपकरण के साँच्चिकै प्रभावकारी हुन्छन् पभोक्ताहरू यसका प्रभावबारे कतिको जानकार छन् देवबहादुर कुँवरको खोजी
स्तन - सानो ठूलो टाइट पारी गोलाइ मिलाउन

शीघ्र स्खलन, यौन पावर तथा लिङ्गको साइज बढाउन व्यायाम उपकरण

१०० प्रतिशत लिङ्गको लम्बाइ, मोटाइ, उत्तेजना बढाउन, शीघ्र पतन हटाउन

लिङ्गको लम्बाइ, मोटाइ, उत्तेजना बढाउन, शीघ्रपतन हटाउन मलेसिया सरकारबाट मान्यता प्राप्त

अखबारहरूमा दिनहुँ जसो छापिने गरेका यी यस्ता विज्ञापन हुन्, जसले यौन जीवनमा असन्तुष्ट रहेका वा सन्तुष्टि नपाएको भ्रममा रहेको पुरुष होस् वा महिलालाई आकषिर्त गर्ने गर्दछ यति मात्र होइन, उत्सुकताकै कारण प्रयोग गर्ने युवकयुवतीको सङ्ख्या पनि बढ्दो

अखबारहरूमा मात्र होइन, विभिन्न हेल्थ सेन्टरका होर्डिङ बोर्डमा पनि यस्ता सन्देश पढ्न पाइन्छ जस्तो, खिचापोखरीस्थित एउटा सेक्सोलोजी सेन्टरको होर्डिङ बोर्डमा लेखिएको - स्तन तथा लिङ्गको आकार परिवर्तन गर्ने कडा बनाउने, यौन दुर्बलता तथा शीघ्र पतन हुनबाट जोगाउने लगायत सबैखाले यौन समस्याहरूको उपचार अब एकै ठाउँमा

औषधि थरीथरीका
उपत्यकामा यौन शक्ति प्रबर्द्धक भनेर थरीथरीका औषधि बिक्री हुने गरेका छन् औषधि व्यवस्था विभागका अनुसार, अवैध रूपमा भित्र्याइएका यस्ता कतिपय औषधि एक हजारदेखि १० हजार रुपियाँसम्ममा बिक्री हुने गरेका छन् विभागबाट स्वीकृति प्राप्त औषधि भने बजारमा तीन सयदेखि पाँच हजार रुपियाँसम्ममा बिक्री हुने गरेका छन् यस्ता मान्यता प्राप्त औषधिमा एमेग्रा, आर्याग्रा, कोभर्टा, मेडिग्रा, नेग्रा, पेनज्वे, पिइग्रा, सिलाग्रा, सिल्डाफिल, एक्सट्रा एक्ससाइट रहेका छन्

औषधि व्यवस्था विभागले केही समयअघि गरेको अनुगमनबाट नेपालका बजारमा अवैध यौनवर्द्धक औषधिमा पेनग्रा, भिस्टाग्रा, डा. एक्स, भिगोरा, जेनेग्रा भायग्रा फेला पारेको थियो भियाग्राकै रूपमा प्रयोग हुने आयुर्वेदिक औषधि पौरुष जीवनसमेत फेला पारेको थियो शीघ्र पतन हुनबाट रोक्ने, लामो समयसम्म यौनसम्पर्क राख्न सक्ने तुल्याउने हर्बल लिभित्रा, हर्मोटिक्स, स्पेसल मेलकप, म्याक्सम्यान क्याप्सुल लगायतका औषधिबारे भने विभागले अनभिज्ञता जनाएको

स्तन तथा लि्ङगको आकार प्रकार बढाउने कडा पार्ने पेनिस तथा प्रेसर पम्प, डिमतेल, महिलाको यौनाङ्ग कडा बनाउने भिग हर्वेग्स, सुडो लुस्तान लगायतका औषधि उपकरणका सम्बन्धमा विभागले केहीलाई स्वीकृति दिए पनि केहीको सम्बन्धमा छानबिन गर्ने भएको
जानकार व्यक्तिहरूका अनुुसार, काठमाडौंका बजारमा मात्रै तीन दर्जनभन्दा बढी प्रकारका औषधि किन्न पाइन्छ यौनवर्द्धक मात्र होइन, स्तन बढाउने वा झोलिएकोलाई कडा पार्ने नाममा विभिन्न प्रकारका जेल, क्रिम, उपकरण आदि पनि बजारमा पाइन्छन्

यस्ता बस्तुहरू खरिद गर्न पुरुषहरू बिक्री केन्द्रमै पुग्छन् भने महिलाहरूले फोनबाट औषधि मगाउने गर्दछन् राजधानीमा मात्र करिब डेढ सय वटा पसल तथा टीभी सप केन्द्रबाट यस्ता औषधि तथा यौनजन्य सामग्री बिक्री हुने गरेका छन््

नेपालमै बन्छ औषधि
यौन उत्तेजक औषधिहरूले नेपाली बजार पिटेपछि तथा अवैध औषधि भित्रिन थालेपछि नेपालमै पनि त्यस्ता औषधि बन्न थालेका छन् औषधि व्यवस्था विभागको अनुमतिमा एलाइभ फर्मास्युटिकल्सले एक्साइट आएमेडिकोले आर्याग्रा मेडिग्रा उत्पादन गरिरहेका छन्

परामर्शविना बिक्री वितरण
यौनवर्द्धक औषधिका नाममा थाइल्यान्ड, जापान, जर्मनी, दक्षिण कोरिया, चीन लगायतका विभिन्न देशबाट अवैध रूपमा भित्र्याइएका 'औषधि'हरू चिकित्सकको सिफारिसविना नै प्रयोग गर्ने गरिएको पाइन्छ राजधानीका धेरैजसो औषधि उपचार केन्द्रले आफूखुसी त्यस्ता 'औषधि' बिक्री वितरण गर्ने गरेका छन्
चाबहिलस्थित ग्लोबल फिटनेस सप, नेसनल हर्बल प्रालि, हर्बल सप नेपाल, टीभी सप पुतलीसडकलगायतका दर्जनौं उपचार केन्द्रले औषधि व्यवस्था विभागको स्वीकृति नै नलिई औषधि आफूखुशी बिक्री वितरण गर्ने गरेका छन् नेसनल हर्बलका सञ्चालक लक्ष्मण पौडेलले आफूले नेपालमै उत्पादित आयुर्वेदिक औषधि बिक्री गर्दै आएको दाबी गरेका छन्

औषधि व्यवस्था विभागले भने यौनशक्तिवर्द्धक औषधिका रूपमा अवैध रूपमा औषधि भित्र्याउनेमाथि कारवाही भइरहेको जनाएको विभागको अनुगमन तथा निरीक्षण शाखाले ˆनो वेबसाइट मार्फत सरकारबाट स्वीकृतिप्राप्त औषधिको सूची सार्वजनिक गरेको सो शाखाका प्रमुख पद्म पौडेल बताउँछन्
सर्वसाधारणबाट प्राप्त सूचना तथा शाखाद्वारा गरिएको अनुगमनका क्रममा फेला पारिएका यस्ता अवैध औषधि बिक्री वितरण गर्ने उपत्यकाका १४८ वटा औषधि पसल तथा उपचार केन्द्रलाई कारवाही ४७ वटा बन्द गरिएको पनि पौडेल बताउँछन् यस्ता औषधिहरू भारतबाट भित्रिने गरेको विभागले जनाएको
स्तन बढाउन लिङ्गको आकार बढाउन प्रयोग हुने प्रेसर पम्प क्रिममा भने रोक लगाइएको छैन यस्ता सामग्रीहरू औषधि अन्तर्गत नभएर अन्य कस्मेटिक सामान अन्तर्गत पर्ने भएकाले रोक नलगाइएको विभागको भनाइ

प्रयोगकर्ताको अनुभव
शारीरिक सम्बन्ध तथा यौन सन्तुष्टिका लागि एलोपेथिकमा गोली तथा चक्की हर्बलमा धूलोमा पाइने यस्ता औषधिको प्रयोगले क्षणिक रूपमा भए पनि आनन्द दिने गरेको उपभोक्ताहरू बताउँछन् लिभित्रा नामको धूलो औषधि खाँदै आएका पदम पुलामी यौन समस्यामा सुधार आएको अनुभव सुनाउँछन् फिटनेस सप धुम्बाराहीमा भेटिएका पुलामीलेे चिकित्सककै सल्लाहमा औषधि खाएको दाबी पनि गरे
स्तन तथा लिङ्ग बढाउन प्रयोग हुने पम्प क्रिम पनि क्षणिक समयका लागि भएको उपभोक्ताहरू स्वीकार्छन् हप्ता/हप्ता दिनमा प्रेसर पम्प गरिरहनु पर्ने क्रिमले मसाज गरिरहनु पर्ने हुन्छ

स्वास्थ्यका लागि घातक
औषधिको प्रयोगले स्तन तथा लिङ्गको आकार प्रकार बढ्ने वा घट्ने, यौनाङ्ग 'टाइट' हुने कुरामा चिकित्सकहरू नै विश्वस्त छैनन् यस्ता केन्द्रहरूबाट क्षणिक राहत प्राप्त भए पनि दीर्घकालमा प्रतिकूल असर पार्ने चिकित्सकहरूको धारणा स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक
डा. महेन्द्रबहादुर विष्ट यौन उत्तेजनाका लागि औषधिको प्रयोग स्वास्थ्यका लागि घातक हुने बताउँछन्
कामको व्यस्ततासँगै शारीरिक तथा मानसिक तनावका कारण यौन दुर्बलता देखिनु स्वाभाविक भएको महिला तथा पुरुष दुवैमा यस्तो समस्या हुने पनि डा. विष्ट बताउँछन्
डा. विष्टका अनुसार, महिलाको तुलनामा पुरुषहरू छिटो खुल्ने भएकाले पुरुषमा यस्तो समस्या बढी देखिएको हो तर यौनजन्य समस्या औषधिको प्रयोगले निको हुन्छ भन्नु भ्रम मात्र हो यसका लागि मानसिक शारीरिक रूपमा स्वस्थ हुनु पर्छ

यस्ता औषधिको प्रयोगले १२ देखि २४ घण्टासम्म उत्तेजना बढाउने भएकाले स्वास्थ्यलाई नराम्रो असर पार्ने गरेको हो
"औषधि तथा क्रिम पम्पको प्रयोग दीर्घकालीन उपचार होइन," मनोरोग विशेषज्ञ डा. विदुर वस्ती भन्छन् सुखी दाम्पत्य जीवनका लागि शारीरिक सम्बन्ध 'अनिवार्य' जस्तै हो तर त्यसका लागि मानसिक शारीरिक रूपमा स्वस्थ फूर्तिलो हुनुपर्छ, डा. वस्तीको भनाइ यौन दुर्बलता घटाउन शीघ्र स्खलन रोक्न औषधि खानु अल्पकालीन उपाय मात्र हो, यो दीर्घकालका लागि हुँदैन
यौनवर्द्धक औषधिहरूको जथाभावी प्रयोग स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको चिकित्सकहरूको भनाइ  
भियाग्राको प्रयोगबाट मानिसको नसा फुलेर रक्तचाप बढाइदिने हुँदा मुटु नै बन्द हुनसक्ने खतरा कहिलेकाहीँ यौन सम्बन्ध राख्दा राख्दै ज्यानै जाने पनि हुन्छ औषधिको 'साइड इफेक्ट' बाट मानिसको अनुहार सुन्निने, टाउको दुखिरहने, आँखा धमिलो हुने जस्ता समस्याहरू आउन सक्छन् यसैले मुटु रोगका बिरामीहरूले चिकित्सकको परामर्शविना यस्ता यौनवर्द्धक औषधिहरूको प्रयोग गर्नु भनेको काल निम्त्याउनु बराबर हो
औषधि होइन परामर्श
खिचापोखरीस्थित कन्डम हाउससँगै रहेको सेक्सोलोजी सेन्टरले यस्तो समस्याबाट पीडितलाई औषधिभन्दा पनि यौन परामर्श दिने गरेको बताएको यौन विशेषज्ञ डा. एन्जल मगरको परामर्शमा सेवाग्राहीलाई मनोवैज्ञानिक रूपमा पूर्ण बनाउने गरेेको दाबी केन्द्रको केन्द्रले आफूले बिक्री वितरण गर्ने औषधि मानव स्वास्थ्यका लागि उपयोगी प्रभावकारी भएको दाबी समेत केन्द्रको
Source: Yuwamanch, jestha, 2069


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More