May 28, 2012

उदेस्य पुरानागारी संबिधान सभाको अन्त्य , प्रधानमन्त्रीले संबिधान सभाको अन्त्यसंगै दिएको सम्बोधनको अडियो

आखिर जेस्ठ १४ आयो अनि नेता हरुले  बिगत ४ बर्ष हरु मा गरेको प्रतिबद्दता , घोसना पत्र , सम्झौता , बार्ता , सहमति सबै केवल सत्ता र स्वार्थ का लागि नाटक गरिएको रहेछ भन्ने जबर्जस्त प्रमाणित गर्दै आज को अन्तिम दिन सभासद हरु आफैले आफैलाई भेडा बाख्रा बनाइएको गुनासो र प्रदर्सन गरेको हस्स्यस्पद द्रिस्य हेर्दै तेत्रो विधिवत रुपमा  स्थापित  संबिधानसभामा एउटा औपचारिक सम्बोधन तथा बैठक सम्म नगरी , जनता समक्च्य आफ्ना कमजोरीको छेमा याचना पनि नगरी नाटकीय ढंगमा राज्य कोषको ९ करोड  हावामा उडाएर ४ बर्षको अमुल्य उर्जावान समयलाइ इतिहासको कालो समय बनाएर संबिधान सभालाइ थारो रुपमै मर्नदिने काम भयो | 
यसले वर्तमान नेत्रित्वो र सबै सभासद हरुको असफलता प्रमाणित गरेको छ | 
फेरी  आगामी मंगसिर ७ मा फेरी संबिधान सभाको चुनाब घोसना त भएकोत छ तेसै मन्त्रीमंडल मा रहेका एमाले , राप्रपा र कांग्रेसले सरकार छोडेर मान्य हुने छैन भनेका छन् | सरकारले चुनाव सिफारिस गरेर रास्ट्रपति मा गएको र रास्ट्रपति परामर्स मा लागेको अवस्था छ | 
विविन्न अड्कल बाजी चलेका छन् रास्ट्रपतिले सरकारको एकतर्फी निर्णय मान्नेकि नमान्ने, अर्थात् बहुमत सभासदहरुले यस निर्णय लाइ लागु नगर्न रास्ट्रपति लाइ बिन्ति चढाउने हुन् कि के हुने हो अबको नया राजनीतिक  दाउपेचको खेल नया रुप मा सुरु  भएको छ |
जननिर्बाचित संस्था को उपहास गरि लोकतन्त्र र कानुन को खिल्ली उडाएर बिगत ४ बर्ष मगरिएको नाटकको हिसाब किताब नेपाली जनता ले राख्ने छन् | 
खबरदार कुन मुख ले फेरी संबिधान बनाउने भोट माग्न बिशेस गरि यी शिर्ष भनौदा नेता जान्चन हेरौ आखिर यो समानुपातिक प्रणाली मा बहुमत एउटा दल ले ल्याउने भन्ने सम्भाना कहाँ हुन्छ र ? फेरी पनि हुने येस्तई त्रिसंकु हो अनि यहि नाटक हो ? अब संबिधान बनाउने जिम्मा राष्ट्र मा होनहार कानुनका बिद्यार्थी  ज्ञाता  छन्ला तिनलाई  छोडेको बेस |  चुनाब त होस्  जरुरि नै भयो  र थियो तर वर्तमान नेपाली जनता ले वर्तमान नेत्रित्वो लाइ बढारेर फेरी कहिल्यै यो स्थान न नाउने गरि थपड मार्ने नै छन् ...
संबिधान सभाको अन्त्य हुदै गर्दा अन्तिम घडीमा प्रधानमन्त्रीले दिएको प्रबचन र चुनाबको घोसना को प्रस्ताब को अडियो सुनौ 


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More