April 9, 2012

bbc sajha sawaal-विदेशिने युवाहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न के ले तगारो हालेको होला?

देशको जनसंख्या हेर्ने हो भने आधा भन्दा बढी युवा छन् । वर्षेनी ३ लाख भन्दा धेरै युवाहरु श्रम बजारमा आउँछन् तर नेपालको श्रम बजारले बार्षिक ३० हजारलाई पनि रोजगारी दिन सक्दैन । 
अर्धदक्ष वा अदक्ष कामदार उत्पादन र तिनको विदेश निर्यात, नेपालको सम्भवतः सबभन्दा ठुलो उद्योग हो । जनशक्ति निर्यात गर्ने उद्योगको सट्टा युवाहरुलाई देशभित्रै काम गर्ने अवसर दिन सम्भव छ त? दैनिक १५ सयको हाराहारीमा कामका लागि विदेशिने युवाहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न के ले तगारो हालेको होला? 
धुलिखेलमा रेकर्ड गरिएको साझा सवालको २३० औं भागमा यो विषयमा बहस गर्न सझासवालमा  युवा तथा खेलकुद राज्यमन्त्री गोपि अछामी, नेपाली कांग्रेसका युवा नेता गगन थापा र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक बिनोद कुमार गुरागाईं हुनुहुन्छ ।

यदि भिडिओ चल्न सक्दैन भने अडियो सुन्नुहोस 
युवा तथा खेलकुद राज्यमन्त्री गोपि अछामी, नेपाली कांग्रेसका युवा नेता गगन थापा र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक बिनोद कुमार गुरागाईं लगायात सग गरिएको सझासवाल को अडियो 

साभार : बिबिसी साझा सवाल 
for more videos of bbc  nepali sajha sawaal you can go to the website : www.bbcsajhasawal.com www.bbc.co.uk/nepali

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More