March 15, 2012

आफ्ना सन्तान निजि बिद्यालय पठाएर सरकारी बिद्यालयमा आजीवन जागिरको लागि आन्दोलन गर्ने माड्साप हरुको नैतिकता के ? जे पायो तेही माग समर्थन गर्दिने राजनीतिक दल र माग पुरागर्दिने सरकारको औचित्य के?

हिजोआज मास्टरहरु माग तेर्स्याएर स्थाई रुपमा  शिक्षक   भएर हाजिर गरेका भरमा जागिर खान पाइराख्ने माग लिएर आन्दोलन गरेका गरै छन् तर यी काम नगर्ने , जिम्मेवारी पुरानागरने , बिद्यार्थी को सामान्य सैचिक स्तर सम्म बिकाश गर्न नसक्ने बेकामे मास्टर लाइ निकाल्न पाउने नियम आउनु पर्छ कि पर्दैन ? 

 सरकारी जागिर खाने काम भने माक्खो नमार्ने बिद्यालयमा गएर किताब पढेर सुनाइदिने औपचारिकता को लागि जागिर खाने मास्टर हरुलाइ चै गलत्याएर निकाल्नु पर्छ कि पर्दैन ? नेपालको भबिस्य कोर्ने भावी पुस्ता साना नानि , बिद्यार्थी हरु लाइ पढाउन जबर्जस्ति राजनीतिक बलमा नियुक्ति पाएका , राजनीतिक पार्टी का झोला बोकेर दिछित भएका नैतिक , शैछिक हैसियत नै नपुगेका मास्टर थोपर्ने अधिकार कसले दियो ? 


के नेपाली बिद्यार्थीको एउटा युग सुहाउदो अनुभव ,आधुनिक मापदण्ड अनुरुपको शैछिक स्तर , बिश्वोब्यपी मान्यता अनुरुप को पाठ्यक्रम र पुस्तक हरु पढाउन सक्ने खुला प्रतिस्पर्ध मा आफुलाई खरो उतारेर आएको शिक्च्यक सग पढ्ने अधिकार छैन र ? के नपाल मा नया जोश , जागर बोकेर , नया सैचिक प्रणाली अध्यन गरेर आएको योग्य व्यक्ति ले सिक्च्यक हुन नपाउने ? 

 राजनीतिक पार्टीले टिका लगाएर  शिक्षक नियुक्ति गरिदिएका हरु सधैभरी पद ओगटेर बसिरहनु पर्ने ? एकपटक सरकारले मास्टर नियुक्ति दिएपछि तेस्को लेखा जोखा , प्रगति विवरण , सैचिक प्रगति र मुख्य कुरो त्यो शिक्च्यकले निभाएको जिम्मेवारी र कार्यप्रगति , बिद्यार्थी मा आफ्नो पद र जिम्मेवारी अनुसार बिकाश गर्न सकेको नसकेको लेखा जोखा हुने पर्ने नपर्ने ?  
बिद्यार्थीको  सैचिक स्तर उकास्न नसक्ने हाजिर गरेर जागिर खाने मास्टर साप पदको नाम बद्नाम गर्ने मास्टर हरुलाई सुन्य सहन्सिलता राखेर तुरुन्त बर्खास्त गर्ने नियम कडाईका साथ लागुहुनु पर्दछ | शिक्षक नियुक्ति उसको च्यमता , अनुभव र सैचिक योग्यता लाइ मध्यनजर गर्दै करारमा उसको कार्यप्रगति लाई मुल्यांकन गर्दै करारवाधि थपगर्दै लाग्नुपर्ने अन्तरास्ट्रिय मापदण्ड अनुरुप नियुक्ति हुनुपर्छ | 

अब एकपटक सिक्च्यक नियुक्ति भएपछि काम नगरी हाजिरीको भर मा जीवन भर सिक्च्यक हुने प्रक्रिया को पनि बिदाइ हुनु पर्दछ | मास्टरसाप हरु अधिकारका कुरा गर्दा  कर्तब्य  कतिको निभाइयेको छ एकपटक स्वोमुल्यांकन गरौ | किन निजि स्तरका बिद्यालय मात्र एस एल सी परिक्च्या मा उत्कृस्ट नतिजा हासिल गरिरहेका छन् ?  दिनानुदिन प्रगति गरिरहेका छन् र सरकारी बिद्यालय हरु जिर्ण बन्दै गएका छन्?   आफ्ना छोराछोरी निजि बिद्यालयमा पढाउन पठाउने अनि आफु पढाउने बिद्यालय मा आफ्ना सन्तान पढ्न नसक्ने बाताबरण देख्ने नैतिकता कस्तो नैतिकता हो ? 

सबै बुद्दिजीवी , अनि असल रुप मा सिच्यक को धर्म निभाउदै आएका र यस प्रति प्रतिबद्द, इमान्दार सिच्यक हरुको तेजो बध नगरियोस असल , योग्य युवा पिडि हरुको सिच्यक हुने बाटो बन्द नगरियोस सिक्च्या नै आधुनिक नेपाल लाइ बिकाश को गति दिदै नेपाल को भबिस्य कोर्ने , समाजको काचुली फेर्ने सेतु हो भन्ने कुरा सबैलाई चेतना भया!

खबरदार!   भोट र जनमत संकलन गर्ने स्वार्थमा  राजनीतिक दल र सरकार ले पाखण्ड प्रदर्सन गरेर जेपयो तेही माग पुरा नगरियोस.....अब नेपाली जनता लाइ   अनाडी नठानियोस , सूचना , प्रबिधि को बिकास संगै  बिश्वो  मानचित्र भित्र नेपाल पढ्ने र नेपाल भित्र बिश्वो मानचित्र पढ्ने हैसियत राख्न थालिसकेका छन् , चेतना भया !

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More