February 4, 2012

मृगौला व्यापार बाध्यता कि अज्ञानता ? हैनत कमजोरी सचेत नागरिक र सम्बन्धित निकायको ?

यो नेपाल मा के के सुन्नु र हेर्नु बाकी रहेको छ र राजनीति का नाम मा सुरुगरिएको व्यापारले नेता साहुजी हरु    मोटाउने जनता दुब्लाउने रोग लागेपछि |  दक्ख पर्दा , साहु को ऋण तिर्न नसक्दा यहाँ  सहयोग र टेवा दिने चलन छैन , राज्य ले त झन् गरिब अक्च्यम , नागरिक बरु मरेर जाउन हेर्ने गरेको कुरा कागज , आदर्स र औपचारिकता बाहेक सुन्य प्राय होला तेसैले त बाध्य हुन्छन ति नेपाली आफ्नो शरीरका अंग प्रत्यंग सम्म बेच्न | बिडम्बना आफ्नो जीवन भन्दा ठुलो साहुको ऋण , घरायसी समस्या भएर आइदिन्छ निमुखा जनता को लागि | 


 यहाँ को सामाजिक कुसंस्कार जुवा , तास , जाड रक्सि  र लापरबाही पनि यस्ता क्रियाकलाप मा उक्साउने तत्वो हरु होलान तर त्यस  सिवाय  यहाको असिक्च्या , नेपाली जनता को सोजोपन को फाइदा लुटेर  देश विदेश मा बढेका मृगौला तस्कर  गिरोह हरुको ठुलो भूमिका रहेकोछ | 
काभ्रे र सिन्धुपाल्चोक का गाउ  हरुबाटमात्र  १५० भन्दा बढी नेपाली हरुले मृगौला बिक्रि गरेर आफ्ना आर्थिक समस्या टारेको खबर हेर्दा कसको मन छुदैन र यहाँ पिडित व्यक्ति हरुले खुल्ला रुपमा गिरोहका व्यक्ति हारुको नाम किटान गर्दा पनि प्रसासन तथा प्रसासन  को आखा नपुगेको हो कि जस्तो देखिन्छ | 
यस्ता गतिबिधि  नियन्त्रण गर्ने जिम्मा सरकारिनिकयको त हुदै हो त्यसभन्दा पनि बढी सचेत नेपाली नागरिक हरुको हो  यो भिडियो तयार गरेर जनतासामु  यी खबर ल्याउने यो खबरभित्रको खबर टिम लाइ साधुबाद | नेता र सेलिब्रेटी का गुहिये कुरा धेरै भए अब जनता का आफ्नै समस्या को कुरा गरौ  , खबरदारी गरौ  यसमै छ सबैको हित 
हेरौ मृगौला ब्यापार को कथा व्यथा 




Some videos available online from previous years regarding organ trafficking in nepal.

Organ trafficking in nepal part-1
Organ trafficking in nepal part-2
Organ trfficking in nepal part-3

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More