हिजोअस्ति भर्खरै खगेन्द्र थापा मगरले लिएको संसारको सबैभन्दा होचो व्यक्तिको गिनिज बुक रेकर्ड लाइ ९ महिना अगाडी तोडेर फिलिपिन्सका जुगने बलाबिंगले खोसेका थिए तर फेरी यो उपाधि नेपाल नै भित्रिएको छ र अब अर्को नया व्यक्तिले संसारको होचो व्यक्ति को दावा गरेर प्रमाणित नगरेसम्म दंगेली चन्द्र बहादुरले यो उपाधि साथ साथै देश को पनि नाम राखिरहनेछन् | चन्द्र बहादुर दाइ हुन् पश्चिम दांग पुरन्धारा -८ रिम्खोली का बासिन्दा | यिनको उचाई रहेछ ५४.६ से मि यिनी भन्दा अगाडी खगेन्द्र थापा को उचाई ६७.०८ सेमी थियो भने फिलिपिनो दावेदार खगेन्द्र भन्दा २.४ इन्च मात्र होचा थिए |

The worlds shortest man Chandra Bahadur Dangi,72 years old, with guinness book of world record certificate above and singing a nepali song in the video below after receiving the guinness book of world record for the worlds shortest person. पानको पात भन्ने नेपाली गित गाउदै चन्द्र बहादुर तल भिडिओमा
The worlds shortest man Chandra Bahadur Dangi,72 years old, with guinness book of world record certificate above and singing a nepali song in the video below after receiving the guinness book of world record for the worlds shortest person. पानको पात भन्ने नेपाली गित गाउदै चन्द्र बहादुर तल भिडिओमा
अचम्मको कुरा त उनको उमेर ७२ बर्ष पुगेको रहेछ यतिकादिन सम्म राष्ट्र को र राष्ट्रिय मेडिया को सम्म उलेख्य ध्यान जाननसकेर आफ्नो भएको किर्तिमान र नाम बाट बन्चित हुनुपरेको रहेछ यी सरिरिक रुपले सानो कद लिएर कस्टकर जीवन गुजरिरहनुभएका चन्द्रबहादुरबाको |
सामाजिक संजाल , सूचना प्रबिधिको आमुल परिबर्तनले प्रत्यक पलको सूचना घडीको सुइ भन्दा अगाडी देश दुनियामा पुग्ने यो समयमा हाम्रो देश मा भने ७२ बर्ष सम्म बन्चित हुनुपरेको रहेछ यी नेपालीले प्राकृतिक रुपमा पाएको संसार को होचो व्यक्ति हुने दावीबाट |
चन्द्रबहादुर बा जस्ता धेरै लुकेका , छिपेका कन्दरा, कुनाका कति नेपाली हिरामोतीहरु हामी नेपाली आफैले नचिनेर बिलिन भैरहेका छन् | लक्ष्मी प्रसाद देवकोटाले भनेझै यहाँ अवसर र पहिचानको अभावमा कयौ
अनमोल फुलहरु हराई , बिलाई गएका छन् खै के भन्ने र ? नेपालमा राजनीति भन्दा ठुलो अरु कुनै बस्तु नै भएन |
अब सम्बन्धित निकाय , राज्य ,
शासक वर्गहरु अन्धा,बहिरा हुदैगए भनेर जनताले पनि आखा चिम्लिएर बसिदियेकाभए सयाद सफल हुनेथियेनन होला चन्द्रबहादुर पनि गिनिज बुक रेकर्ड होल्डर बन्नका लागि ... सबै नेपाली , अनि यसकदममा पहल गर्ने ति सबै नेपालीहरुलाई |
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.