February 21, 2012

जे पी गुप्ता , सुडान घोटालाका नाइके ,वाग्ले गए जेल अब पालो संबिधान र शान्तिको नाममा गद्दारी गर्नेको

धन्य सर्बोच्च अदालत ! 
यो देशमा जनता को खुन र पसिना चुसेर मोटा भएका ब्वासा हरुलाई कारबाही  पनि हुन्छ चाहे त्यो सरकारमा रहेकोहोस् चाहे जुनसुकै शक्तिमा रहेको होस्, भन्ने कुरा  प्रमाणित भएको छ | सुडान काण्डका  घुसखोरी प्रहरी हाकिमहरु  र  नेपालआमा को पबित्र भुमि,छातीलाइ टुक्रा पार्छु भन्ने जे पी गुप्ता जस्ता अवसरवादी,  देशद्रोही ,चिरिन्ज्जिवी वाग्ले  जस्ता घुसखोरीलाइ  सजायको फैसला भएको सुन्न पाउदा, अनि जेल गएको हेर्न पाउदा  नेपाली जनताका कान  आखाहरु पबित्र भएर आएका छन् | 

यसको एउटा गतिलो उठारण आज सर्बोच्चले नेपाल सरकारका बहालवाला संचार मन्त्रि जेपी गुप्तालाइ   यो भन्दा अगाडी बिसेष अदालतले दिएको सफाईलाइ गलत साबित गर्दै त्यो निर्णय गर्ने न्याधिसलाइ पनि कारबाही को सिफारिस गर्दै ,  जेपी गुप्ता ले सार्बजनिक पदमा रहेर अकुत सम्पति जोडेको अपराधमा डेढ वर्ष कैद र   ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा जरिवाना तोकेको खबर ले सबै नेपाली मा हौसला र अदालत प्रति अगाध सम्मान पलाएको छ |
यस अघि चिरन्जीवी वाग्ले र सुडान घोटाला का नाइके प्रहरी हाकिम हरु अनि सभासद स्याम सुन्दर गुप्ता लाइ पनि सर्बोच ले जेल पठाएको घटना ले एउटा आस को तरङ्ग सिर्जना गरेको थियो आम नेपालीमा ,जिम्मेवार व्यक्ति र निकायहरु जिम्मेवार भैदिदा  यस्तो पनि  सम्भव रहेछ  हाम्रो नेपालमा भन्ने पार्यो हामी सबै को मनमा | 
लोकतान्त्रिक नेपालमा न्याय र कानुन गरिब निमुखा लाइ मात्र हैन  अब सबैलाई लाग्ने भएकोछ भन्ने गतिलो नजिर बनेको छ सर्बोच     अदालत का यी निर्णयहरुले |
JP Gupta arrested after SC decision to arrest for corruption

जनता को रगत पसिना चुसेर मोटाएका राना , शाह राजा , पन्चे ,  २०४६ पछि आएका नया राजा हरुले  सुरुगरेको  शक्ति र सम्पति को बलमा  भ्रस्टाचार , हत्या , लुट र  माओबादीले गरेको १० बर्से हत्या र हिम्सा को सृम्खला ले  कानुन र न्याय को खिल्ली उडाउदै जंगली राज्य जस्तै बनेको नेपालमा सानालाइ ऐन र ठुलालाइ चैन भन्ने  उखान नै जनता को मुख मा बिकास भएको छ |
अदालतको फैसला , मुद्दा मामिला परेपछि मरेपछि अथवा घटनाको  मत्वो सकिएपछि आउने, अलमलमा जीवन गुजार्नु पर्ने देशमा, अदालतले फैसलापनि गर्छ र  लाचार, राजनीति र सरकार हरुको अगाडीपनि कानुनी राज्य संचालन गर्न एउटा ठुलो बाहक को भूमिका खेल्न सक्तछ भन्ने कुरा प्रमाणित भएको छ हाम्रो नेपालमा | 
अब यस देशमा  भ्रस्ट र पतित हरुलाइ नेता मानेर , संबिधान र शान्ति को नाममा लुटतन्त्र  मच्चाउने , जनताको शान्ति र संबिधानको चाहनालाइ  राजनीतिक फाइदा र रणनीतिक अवसरमा प्रयोग गर्दै धरापमा पार्ने एक-एक  गद्दार हरुलाई  जनताको कठघरामा उभ्याएर  कहिलेपनि नेता रुपी भेसमा देश र जनतालाई  दुखदिने स्थान सम्म पुग्न नसक्ने गरि सदाको लागि बिदा गर्दिनुपर्छ, नौडाडा  कटाइदिनुपर्छ |
आखिर कति दुख पाउने नेपाली जनता ले ? के यो देश मा जनता भएर जन्मिनु दुक्ख मात्र पाउनु हो सोसित र ससित मात्र हुनु हो र ?

मण्डलेले नि जनताकोलागि भनेर रगत पसिना चुसे , प्रजातन्त्रबादीले नि जनता कोलागि भनेर चुसे , क्रान्ति कारी भनौदाहरुले पनि तेही गरे अब शान्ति का दुत ले पनि तेही गरे  ......सद्दे कोइ निस्किएनन कतै  गल्ति हामि नेपाली जनता को त हैन ?  नेपाली  जनता को अगाध विश्वासमा घात गर्ने राजनीतिज्ञ हरुलाई दण्डित गर्नु पर्ने निरन्तर पुरस्कृत भैरहेको अवस्था हो अर्थात्  यिनले सत्ता , शक्ति , सम्पति को आडमा चुनाव मा भोट लिन हैन लुट्न सफल भएका हुन अब यसको हिसाब किताब खोज्ने बेला आएको छ हामी ले | 
अब जे पी गुप्ता, स्याम सुन्दर गुप्ता जस्ताले फेरी राजनीति गरेर मधेश र मधेसी जनता को  नाम मा रगत पसिना चुस्न नपाउन , चिरिन्जीवी वाग्ले जस्ता अनि सुडान घोटाला का नाइके प्रहरी र कर्मचारी हरुलाई नेपाली को सपना माथि व्यापार गर्ने मौका नदिन  हरेक सजग नेपाली ले भोट दिदा देखि  कुनै सार्बजनिक जिम्मेवारी दिदा सम्म पटक पटक विचार गरेर दिनु पार्ने पाठ भने नेपाल मा बिध्यमान राजनीतिक नाम को ब्यापार ले सिकायो अब नेपाली जनता ले यो पाठ लाई मनन गरेका छन् | 
कानुन र न्याय को खिल्ली उडाएर  सासक वर्गले  मजाक बनाएर राखे को मुट्ठी भर नेता को बन्दि बनाइएको नेपाल मा यो फैसला ले सानो झिल्को र नेपाली जनता मा जनता भएको आभास मिलेको छ  अब यस्ता भ्रस्टचारी र व्यभिचारी हरुलाई एक एक गरि  कठघरा मा ल्याउने  काम सर्बोच ले गरोस नेपाली जनता स्वागत र समर्थन मा सडक मा निस्कने छन् |

जे होस्   जनता को पक्च्य मा गरिएका यी महान फैसला हरु नेपाल को सन्दर्भ मा ऐतिहासिक हुन्  धन्यबाद सर्बोच अदालत अनि धन्यबाद थि न्याधिस हरु सुसिला कार्की  र तर्कराज भट्ट लगायत सबै  जसले नेपाल आमा र नेपाली जनता को पक्च्य मा निर्णय गर्ने सहस देखाए |
JPT Gupta फैसला सम्बन्धि भिडियो



2 प्रतिक्रिया हरु:

जनता को पक्च्य मा गरिएका यी महान फैसला हरु नेपाल को सन्दर्भ मा ऐतिहासिक हुन् धन्यबाद सर्बोच अदालत अनि धन्यबाद थि न्याधिस हरु सुसिला कार्की र तर्कराज भट्ट लगायत सबै जसले नेपाल आमा र नेपाली जनता को पक्च्य मा निर्णय गर्ने सहस देखाए |

Khusi ko khabar sunna paaiyo dherai pachi kaan nai pabitra bhayo ... badhai cha sabai nepali laai

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More