February 16, 2012

फिफा रेंकिंगमा नेपाल फेरी एककदम माथि , दक्छिन एशियाको फूटबल को राजा नेपाल


नेपाल ले २०१२ लागेची  फिफा रंकिंग मा प्रगति गरेछ १ स्थान  १५३ बाट १५२ औ स्थान मा आएछ | इंडिया को फिफा रंकिंग १५४ रहेछ अहिले  तेस्तै  छेत्रीय रंकिंग मा   इंडिया भन्दा १ स्थान माथि रहेछ इंडिया २७ औ स्थान मा छ भने नेपाल २६ औ स्थान मा | 
दक्चिन एसिया मा  बंगलादेश  को स्थान १५७,  अब्गनिस्तान १७८ ,  पाकिस्तान १८१ ,  माल्दिप्स १७५  ,  श्रीलंका १८० , भुटान २०१  स्थान मा रहेका छन्
फिफा रंकिंग मा दक्चिन एशियाको फुटबल  को राजा भएछ नेपाल हाल फिफा  रंकिंग को आधारमा,   अचम्म को कुरो देश यस्तो फोहोरी राजनीतिक दलदल मा फसेको बेला फुटबल मा नेपालले गरेको उल्लेख्य प्रगति लाइ नेपालका खेलाडी र यस क्षेत्र का हस्ती हरुलाई  सबै नेपालीले  बधाई र शुभकामना दिनै पर्छ |
राजनीतिक , आर्थिक अवस्था सुद्रिड भय्दियेर जिमेवार निकाय हरुको ध्यान जाने हो भने नेपालले खेल क्षेत्र मा चाडो भन्दा चाडो प्रगति गर्न सक्छ भन्ने एउटा नमुना हो यो | यहाँ त  जे मा पनि राजनीति घुसाउने परिपार्टीले पो बिगारे त !  
जे जस्तो भए पनि यस उलेख्य प्रगति मा नेपालि दर्सक , बुद्दिजीवी , बिद्यार्थी , युवा  पुस्ताले खेल क्षेत्रमा देखाएको अपार साथ र समर्थनको पनि  धेरै तागत रहेको देखिन्छ|  
नेपाली फूटबल लाइ अधेरो को ज्योति दिने काम मा  बेलायती कोच ग्राहम रोबर्ट पनि धन्यबाद का पत्र हुन्           
पछिल्ला दिन हरुमा नेपाली खेलाडी हरुको हौसला प्रदान गर्न सामाजिक संजाल देखि सडक सम्म खुल्ला हृदय ले नेपाली झन्डा लिएर ,  राष्ट्र प्रेम दर्साउदै   अपार साथ , समर्थन र हौसला प्रदान भएका थुप्रै घटना छन् |  
Nepali football lovers supporting nepali team
राजनीति ले  छयतबिछ्यत   पारेको रास्त्रियता दर्साउने , बचाउने र गौरवान्वित बनाउने काम गरेको छ खेलकुदले  किन कि यहाँ कोहि भन्दैन  मधेसी , पहाडी , यो जात त्यो जात को खेल खेलाडी यहाँ भनिन्छ नेपाल र नेपाली खेलाडी , राष्ट्रिय खेलाडी | 
यस क्षेत्र लाइ   फोहोर  बनाउन कोसिस नभएका हैनन्  अहिले राष्ट्रिय खेल मा सेना भाग नलिने अनि राजनीतिक पार्टी को नाम मा रास्ट्रीय खेल मा सहभागी भैदिने परिपार्टी ले बदनामी   गराउन,विफल बनाउन,  भरमग्दुर  कोसिस गरिएको छ तर यस कदम को सबै साचेत युवा , खेलकुद प्रेमी राष्ट्रप्रेमीले दुरुत्साहित गर्दै   सबै क्षेत्र बाट सार्थक पहल  भएमा  राजनीतिक ब्यापारी , खेलकुद ब्यापारी , माफिया एकदिन घुडा नटेकेर धर पाउदैनन  |

1 प्रतिक्रिया हरु:

Congratulation to Nepali football animal for being first in south Asia in FIFA ranking Nepal rank 152 India 156

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More