February 6, 2012

सजिउनको तरकारी स्वास्थ्यको लागि फाइदाजनक-about vegetable sajiun in nepali


सजिउन, जसलाई मधेसमा मुनगा वा सहजन भनिन्छ, निकै चमत्कारी वनस्पतिको श्रेणीमा पर्छ । तरकारीमा पनि प्रयोग हुने यो वनस्पति रूखमा फल्छ । यसका सबै थोक काम लाग्छन्, फूल, पात, फल सबै । यसको बोटको उचाइ १० मिटरसम्म हुन्छ । यसको निरन्तर उपयोगले अन्धोपना नियन्त्रण सहित अन्य धेरै फाइदा पुग्न सक्छ ।

लखनऊको रिजनल फुड रिसर्च एनालिसिस सेन्टरद्वारा गरिएको अनुसन्धान अनुसार, सजिउन प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यसमा यति धेरै औषधीय गुण हुन्छ कि, कुनै पनि रूपमा यसको सेवन गर्नाले धेरै रोगबाट मुक्त हुन सहयोग मिल्छ ।
सजिउनमा भिटामिन 'ए' र 'बी' बढी मात्रामा पाइन्छ । भिटामिन 'सी' समेत पाइन्छ । यी तिनै भिटामिन उच्च मात्रामा हुने कमै प्राकृतिक खाद्यपदार्थ छन् । यसमा फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फोस्फोरस एवं खनिज तत्त्व प्रचूर मात्रामा पाइन्छ । सजिउनको नियमित सेवनले रक्तअल्पता र आूखाको रोगबाट आरामा पाउन सकिने कुरा सेन्टरको अनुसन्धानमा उल्लेख छ ।
भारतकै राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले उल्लेख गरे अनुसार, सजिउन हेमाग्लोविन बढाउनमा सहायक र एन्टिबायोटिकको गुणले युक्त हुन्छ । मुख्यतः पेट सम्बन्धी सबै प्रकारका विकार उपचारमा सजिउन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ ।
सजिउनको नियमित सेवनले कपाल र्झन समस्याबाट पनि मुक्ति पाइन्छ । गठिया र मोटाइले पीडितहरूका लागि त यो अमृत जस्तै छ । यो वायु नाशक समेत हो ।
सजिउन खानाले बोसो कम हुन्छ । बोसो कम हूँदा मोटाइ कम हुन्छ, गठिया निको हुन्छ । यसले पीडा नाशकको काम समेत गर्छ । यसले सुन्निएको कम गर्छ ।
सजिउनलाई वीर्यवर्द्धक समेत मानिन्छ । आयुर्वेदले यसलाई नपुंसकताको उपचारमा प्रभावकारी मानेको छ । आयुर्वेदका धेरै औषधि तयार गर्न सजिउनको जरो, छाला, फूल, बीउ र फल उपयोग गरिन्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More