December 12, 2011

जंक फुड फास्ट फुड स्वास्थ्यको लागि हानिकारक


जंक फुड खाँदा त मीठै लाग्छ, तर यसले शरीरलाई अपेक्षित फाइला पुर्‍याउँदैन । यस्ता खाद्यपदार्थको सेवनपछि शरीमा तुरन्त बोसो जम्मा हुन्छ । यस्तो बोसो तपाईहाम्रो कम्मर, नितम्ब र खुट्टामा जम्मा हुन्छ ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले यो दाबी नयाँ अनुसन्धानपछि गरेका हुन् । त्यसमा बताइए अनुसार, जंक फुड सेवनको केही घन्टापछि शरीरमा बोसो एकत्रित हुन थाल्छ, जुन निरन्तर बढ्दै जान्छ ।
खाना खाएपछि बोसो रगतको माध्यमले शरीरभरि फैलिन थाल्छ । यसको उपयोग मांसपेसीले आवश्यकता अनुसार गर्छ । तर बाँकी रहेको चिल्लो बोसोयुक्त तन्तुको रूपमा कम्मर, नितम्ब र खुट्टामा जम्मा हुन्छ ।
अनुसन्धान अन्तर्गत यो प्रयोग केही व्यक्तिमा गरिएको थियो । उनीहरूलाई बोसोले परिपूर्ण खाद्यपदार्थ खान दिइयो । खाएको एक घन्टाभित्र त्यस्तो बोसो सम्पूर्ण शरीरमा रगतमा स-साना थोपाको रूपमा उपस्थित भएको पाइयो । अनि पछि शरीरका अन्य भागमा एकत्रित भएको देखियो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More