September 13, 2011

चाडबाड को बेला कुहिएका मासु, मिठाइ , म्याद गुज्रिएको औसधि , नक्कली बियर देखि सावधान !

हिजो आज बजार मा  कुहिएको मिठाइ  देखि कुहिएको मासु सम्म को चर्चा छ | यस्ता घटना त नेपाली बजार को विशेषता नै बनेको थियो हिजो को दिन सम्म,  आज केहि  इमान्दार कर्मचारी, संचारकर्मी र संचार माध्याम को आखा खुलेको छ यस्ता घटना लाइ प्राथमिकता मा राखेर सर्बसाधारण मा  चेतना फैलाउने , साधुबाद छ खबर भित्र को खबर , पावएर न्युउज , कान्तिपूर आज जस्ता कार्यक्रम संचालक हरुलाई |  नेपाल को पत्रकरिता क्षेत्र बिस्तारै  होहल्ला , हुल्लडबाज  , गफ बाजी, पिप्ली लाइव संस्करण  बाट चेतनामुलक , खोजमुलक , सिक्च्या मुलक र कल्याणकारी  बन्दै गएको आभास हुनथालेको छ हिजो आज यो एउटा महत्वोपुर्ण फड्को हो नेपाली संचारजगत को  तरपनि सस्तो लोकप्रियता को लागि पित पत्रकारिता गर्ने , गैरजिम्मेवारी समाचार प्रसारण गर्ने काम भने अझै पनि कम नभएर नया संचार गृह र संचार कर्मी को आगमन संगै बढ्दो क्रम मा पनि पाइन्छ | खैर यस्ता क्रियाकलाप हरु  समय को माग र जनचेतना को स्तर ले निखार्दै लैजाला |

लु हेरम काठमाडौँ को कुहिएको मासु को कथा ?

हिजो आज बजार मा चर्चा छ कुहिएको मिठाइ , म्याद गुज्रिएको ओखती , कुहिएको मिठाई आदि इत्यादी | यी त सामान्य संचार जगत का आखा पुगेका घटना हुन्   बजार मा साछी नियालेर हेर्ने हो भने अधिकांस बस्तु हरुको बिक्रि वितरण सर्बसाधारण को स्वास्थ्य लाइ ध्यान नदिई नाफा कमाउने उदेस्यले मात्र गरिन्छ |  यहाँ नाङ्गो रुप मा हुन्छ चामल मा ढुंगा मिसाउने काम , आलु मा अखाद्य रंग लगाउने काम , मरेका कुखुरा  फ्रीज़र मा राखेर बेच्ने ,  अनि  अधिकांस रेस्टुरा र होटल हरुका भान्सा को गति हुन्छ  सौचालय को भन्दा पनि खराब |
हाम्रो देश मा बिसादी युक्त  मदिरा सेवन बाट बर्सेनी धेरै नेपाली ले अकाल मा ज्यान गुमाएको समाचार धेरै सुन्न पाइन्छ गत वर्ष खुकुरी रम ले धेरै को ज्यान लिएको थियो  हिजो   टुबोर्ग बियर पिएर सिकिस्त भएका काठमाडौँ क २ जना मित्र हरुको हालत हेरौ भिडिओ मा 

म्याद गुर्जियेका औसधि , कुहिएको सुपारी , गुटका , नक्कली रक्सि , सिमा ओरिपरी का  गाउ मा सिल प्याकिंग गरेर दुरुस्त बनाएर ल्याइने   सिलप्याक रक्सि , औसधि   इत्यादी जस्ता बस्तु  जसको को चर्चा  अघिल्ला केहि लेख मा पनि चर्चा गरिसकिए को थियो
नभन्दै पावर न्युज टोलि ले भेट्यो म्याद गुज्रिएको ओखती त्यो पनि काठमाडौँ को मुटुमा रहेको बिरस्पताल नजिक को हनुमान फर्मा मा म्याद गुज्रिएको ओखती खुले आम रुप मा बेची रहेको भिडिओ हेरौ :

 यस्ता बस्तु हरुको प्रतक्च्य सिकार को हुन्छन त  ? एकचोटी सोचौ न ?  त्यहि गरिब किसान , मजदुर , अशिक्चित र जनचेतना स्तर कम भएको समूह |
रगत , पशिना ले कमाएको थोरै रकम पनि  लोभ गर्दै  गुजारा चलाउन खाद्यान्न , दैनिक उपभोग्य बस्तु किन्यो  तेस्मै ठगेर मर्छन पिपासु  हरु |  तिनलाई नै बेचिन्छ तेस्ता  अखाद्य बस्तु अनि रोग त लागिनै हाल्छ  औसधि गर्न गयो तेही औसधि नक्कली, डाक्टर नक्कली, उपचार नक्कली    अनि त्यहि ठगि  नसकिउन्जेल  , नमरुन्जेल  ठगछन्  अनि बढ्दैन त समाज मा बिकृति ?
यस्तो काम सरकार ले त नियन्त्रण गर्नु नै पर्ने हो तर तेस्ता गैर कानुनी धन्दा गर्ने ले नै खुवाउचन धेरै घुस अनि रोक्चन नियन्त्रण तर  अब जाग्नु पर्चा जनता |
जे भएपनि ठग्ने ले त जसरि पनि ठगिरहला तर हामी सबै  सचेत हुदै जनचेतना जगाउन भने पछि पर्नु हुन्न नेपाल मा यस्ता नक्कली समान र अखाद्य बस्तु को  व्यापार मात्र रोक्ने हो भने ५० प्रतिसत  अकाल मृत्यु र ज्यानमारा रोग बाट मुक्ति पाउछन भोका निमुखा जनता ले | तेसैले जरुरि छ निरन्तर खबरदारी को अनि सचेतना को |


2 प्रतिक्रिया हरु:

छि छि अरु भन्दा नि मलाई त त्यो कुहिएको मासु देखेर बान्ता औला जस्तो भो ... अब नाखानुपर्ला काठमाडौँ को बफ

khana milne ta yo sahar ma kai chha jasto lagena malai..,falful tarkari ma bisadi, dal-chamal ma aakhadhey bastu ko misrad ra rng, machha khau na ta vanda manche ko las ma halne bisadi.., pasal ka mitha mithai ma kira ra maakha, yo masu ko halat dekdha ta saakahari nai banna man laggyo, aaba sanchar jagat le yo sahar ma khan hune kura ko pni janakari dinu parne bela aayo hami janatalai..,

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More