August 11, 2011

इच्छाशक्ति हुदा छोटो समय मा पनि केहि गर्न सकिन्छ भनेर गतिलो झापड दिए मन्त्रि गोकर्ण बिस्ट ले ठुला गफाडी नेता लाई

By:- Bimal
मन्त्रि ले घुस मात्र खान्चन , आफ्नो दुनो मात्र सोझो पार्चन देश को लागि केहि गर्दैनन् भन्ने आम  मान्यता बिपरित आज उर्जा मन्त्रि  गोकर्ण बिस्ट ले बिजुली को बिल नतिर्ने सरकारी कार्यालय को बिजुली काटेको खबर सुन्न पाइयो | साधारण नागरिक लाइ मात्र लाग्ने नियम, बिजुली को बिल समय मा तिरेन भने लाइन काटेर , बिलम्ब सुल्क तिराएर जात्रा गर्छन |नियम पहिला त सरकारी कार्यालय लाई लाग्नु पर्यो अनि पो सर्बसाधारण ले पनि मान्ने |
राम! राम! हुन पनि  बिद्युत प्राधिकरण ले नेपाल सरकार को २१ ओटा मन्त्रालय बाट ६६ करोड २४ लाख २४ हजार १२ रुपया उठाउन बाकि रहेछ  |  
त्यस्तै बिस्टले अर्को सराहनीय कामगरे बिद्युत प्राधिकरण को अदक्च्य बाट राजिनामा दिएर त्यस क्षेत्र सम्बन्धि जानकार सम्बन्धित भिभाग को सचिब लाइ नियुक्त गरेर  अदक्च्य मा रहनु पर्ने नियम बनाए   |  शक्ति मा नहुदा जान लाई मरिहत्य गर्ने गैसके पछि एसले गर्न दिएन , उसले गर्न दिएन भनेर अरुलाई आरोप लगाएर पानी माथि को ओभानो हुने गफाडी  लाई गर्ने इच्छा शक्ति हुदा छोटो समय मा पनि देश को लागि केहि गर्न सकिन्छ भन्ने गतिलो झाप्पड हो यो झापड बाट झलनाथ , प्रचण्ड जस्ता  गफाडी नेता ले सिकुन भन्ने हाम्रो चाहना |
लु हेर्नुहोस यी बिजुली को बिल नतिर्ने मन्त्रालयहरु मा मालदार , सधै भरि हाकिम को भुडी लागिरहने   मन्त्रालय हरु धेरै छन् : ......

बेला बेला के भाको हो मेरो मथिंगल मा हाम्रो देश मा संचार माध्यम हरुले नै यी फ्लप नेताहरु, गुन्डा हरु अनि गलत क्रियाकलाप गर्नेहरु लाइ बढी चासो र खोजि गरेर तिनको  को नाम बारमबार रटाएर, देखाएर , तिनलाई चै हिट बनाउन मद्धत पुग्या छ कि जस्तो लाग्छ , पर्दा फास त तिनकै गर्नु पर्ने हो तर अलि बढी नै भा हो कि ?

 सबै भन्दा बढी त  राजनीतिका कुरा गरम यी पागल कुत्ताले टोकेर बहुलाएक जस्ता नेता आज एउटा कुरा भुक्चन भोलि अर्को कुरा , आज एउटा प्रतिबद्दता भोलि अर्को प्रतिबद्दता अनि तिनै ले आज के भने , कसलाई के प्रतिबद्दता दिए कहाँ को रिबन काटे भन्ने कुरा ले महत्वो पाइरहेको भान हुन्छ  के यो मुलुक मा  औला भाची गन्ने संख्या मा रहेका यी कुकुर हरुले मात्रै मेडिया मा ठाउँ पाउनु पर्ने हो ? यी भन्दा त मुलुक को यस्तो दयनीय अवस्था मा पनि अनवरत रुपमा सेवा गरिरहेका इमान्दार कर्मचारी , डाक्टर ,पेसा कर्मी ,  किसान अनि मजदुर लाई बढी प्राथमिकता मा राखेर  अलि गतिला मानिस पनि मुलुक मा छन्   है भन्ने  संदेश दिन संचार जगत लग्नु पर्ने अवस्था आयो | 

 बिगत केहि बर्ष मा सबै भन्दा मेडिया को कभरेज बन्न पुगेका  हरुको संख्या मा ९० प्रतिसत अहिले का सिर्स भनौदा नेता हरु पर्चन क्यारे ? यसो सोझो हिसाब गरम न , यिनको योगदान चै के छ त ? राज्यलाई झन् झन् दल दल मा भासौदै लागेका छन् , राष्ट्र को हीत को त कुरै छैन व्यक्तिगत हीत , गुट गत हीत भन्दा अरु केहि नै गरेका छैनन्  अब गुनगान किन गाउनु यिनको ? यिनले हगे , पादेको खबर किन लेखिराख्ने ?  
हुन त   ब्यबसिक पत्रिका ले पाठक लाइ रुची हुने कुरा नै प्रस्तुत गर्नु पर्ने हुन्छ क्यारे आजकल पाठक पनि खाली नकारात्मक संचार तिर बढी रुची रक्चन किन हो  यो कुरा बुझिनसक्नु भा छ ,नयानेपाल को  गन्जागोल तन्त्र राजनीति को कमाल  होला ?

यस ब्लग लेख्दा को अनुभव मा पनि जति नकारात्मक बिसय राखेर लेखे को लेख हेरिन्छ,कमेन्ट  लेखिन्छ तेती सकारात्मक हेरिन्न सायद समाचार को  अर्थ नै यहि हो  खैर यी कुरा गर्दै गरम्ला ,  
जे भए नि  सस्तो लोकप्रियताको अभिप्राय यदि हैन भने,  रास्ट्रको लागि सानो  भए पनि गुन लगाएका गोकर्ण  बिस्ट  लाइ साधुबाद | अब राम्रो काम गर्ने नेता को को खडेरी परेको बेला सानै भए नि काम गरेर देखाएको मा तिम्रो जय होस् |
अब नराम्रो भन्दा बढी राम्रो काम गर्ने को खोजि खोजि प्रसंसा गरम  ,कसो ?

5 प्रतिक्रिया हरु:

यो सरकारी कार्यालय हरुले बिजुली को महसुल नबुझाउनु पानि भ्रस्टाचार हो यिनलाई छानबिन नहुने ?

नेपालका अहिलेसम्मका उर्जा मन्त्रीहरुले कहिलै गर्न नसकेको काम छोटै समयमा नै गोकर्ण बिष्टज्युले गरेर देखाउनु भो महशुल नतिर्ने सरकारी office हरु को बिजुलीको line काटेर , बिधुत चुहावट लाई कम गरेर, बिधुत प्राधिकरणमा प्रतिस्पर्धा मार्फत कार्यकारिणी अधक्ष्य नियुक्ति गरेर आदि आदि यसको लागि वहाँलाई धेरै धेरै धन्यवाद र राम्रो काम गर्नु भएकोमा बधाई छ l

डा. बाबुराम भट्टराई, प्रदीप ज्ञावोली, गोकण बिष्टले आम नेपालीको आशा र भरोसामा केही रक्त संचार भरेका छन। मन्त्री हुने र करोडौको मालिक हुने सपना देखेका नेता भनाउदा अपराधीहरुलाई यो भन्दा ठुलो झापाड केही हुन सक्दैन। तर पनि ति सुध्रीने कतै लछण देखाउदैनन।
नेता भनेको समाजको परिवर्तनको बहाक हुनुपर्छ । तर चप्पल लगाउन नपाउनेहरु कथित राजनीतिका नाममा जनताको रगत चुसेर करोडौको मलिक भएका देख्दा हैरान जनतालाई केही भये पनि रहात भएको छ। क. गोकण बिष्टले भने झै कालो बादलजती मडारिय पनि, रात जती लामो भएपनी बिहानि हुन्छ हुन्छ। सलाम छ क. गोकण बिष्टलाई.

Shaluet Gokarna Bista.............!!!!!!!!!!!!

Paisa na tirne Mantralaya ko name list chhaapiyo, kati kati paisa tirna baaki rahechha tyo pani dekhiyo, aile samma kasaile garna na sakeko kaam mantri Bista le garera dekhaai dinu bhayo. dherai dherai Dhanyabaad. ek dam khusi laagyo. Tara tyo sabai Mantralaya haru le paisa tire ki tirenan ta....?? ra paisa chuktaa gareko bhaye, tyasko upayog raamro thaau maa bhayo ki bhayena hola...? Yo pani thaahaa paauna paaye haami laai ajha dherai khusi laagthyo ra tapai jastaa mantri haru laai nepali janata le sadhai saath dinchhan. Pakkaa...

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More