August 18, 2011

भ्रस्टाचार बिरुद्द अनसन बसेर भारत सरकारको टाउको दुखाउने अन्ना हजारे को हुन् ?

भारत मा भ्रस्टाचार बिरुद्द गान्धीबादी आन्दोलन सुरुवात गरेर  दुनिया मा प्रसंसा र समर्थन जुटाउन सफल व्यक्ति ७३ बर्षिय अन्ना हजारे को मुख्य नाम चै किसन बपट बबुराव  हजारे  रहेछ  | महारास्ट को भिन्गारी भन्ने गाउ मा   गरिब  किसान  परिवार मा जन्मिएका हजरेका ६ जना दाजु भाइ रहेछन |
सुरुमा यिनले परिवार को गरिबी हटाउन बम्बे को फुल पसल मा महिना को ४० रुपिया को  जागिर खायेचन  , १९ ६२ को भारत र चीन को युद्द ताका सरकार ले सेना मा भर्ति हुन नागरिक लाइ अपिल गरेपछि अन्ना सेना मा भर्ति भयेचन यिनले पाकिस्तान सग को युद्द लड्दा बमबारी मा  धेरै साथी गुमाएर बचेका सिपाही रहेछन | 

१३ बर्ष सेनामा जागिर खाएर अवकास लिएर आफ्नो गाउ नफर्की आहम्द्नगर जिल्ला को रलेगाऊ सिद्दी  भन्ने गाउ  बसेर  यिनी सामाजिक काम मा लाग्न थालेचन  | यो गाउ लाइ यिनले आदर्स गाउ नै बनाएका छन्
रे, यिनले त्यस गाउ मा सिंचाई , र समाजसेवा को कदरमा १९९० मा पदम श्री , १९९२ मा पदम भुसन सम्मान पाएका रहेछन |

यिनले १९९१ मा महारास्ट का भ्रस्ट मन्त्रि र नेता हरुलाई आय भन्दा बढी सम्पति राखे को मा  बिरोध गर्दै बिजेपी र सिवसेना गठबन्धन सरकार बिरुद्द भ्रस्टाचार बिरोधि  आन्दोलन सुरुगरेका रहेछन  र त्यहि काण्ड मा प्रमाण बिना आरोप लगाएको भनेर  भारत सरकार ले ३ महिना जेल हालेको रहेछ यिनलाई |
-आफुसग भएको र आफुलाई दिएको ३ टुक्रा  जग्गा यिनले परिवार बाट पाएको र गाउले हरुले दिएको रहेछ र ति तिन टुक्रा जग्गा  पनि  यिनले गाउले हरुको प्रयोग को लागि सबै दिएका रहेछन 

यिनले आफ्नो सम्पति को विवरण घोसना गर्दा  ६८, ६८ ८८ रुपिया बैंक मा भएको जानकारी दिएका रहेछन | 
-१९९७ मा सुचना को हक को कानुन का लागि महारास्ट सरकार लाइ बाध्य बनाउने आन्दोलन गरेका रहेछन  र यहि आन्दोलन ले  राष्ट्रिय रुप लिएर २००५  मा केन्द्रीय  सरकार ले सूचना को अधिकार को कानुन पारित गरेको रहेछ 
-२००३ मा  कांग्रेस र एनसीसी सरकार का केहि भ्रस्ट  मन्त्रि हरुको बिरुद्द भोक हड्ताल बसेका रहेछन  र सरकार लाइ घुडा टेकाए का रहेछन 
- यस वर्ष पनि कांग्रेस सरकार सग भ्रस्टाचार निवारण गर्न  सरकारी अधिकारी सग भ्रस्टाचार का बारेमा खुला रुप मा छानबिन, कारबाही गर्न सक्ने  जनस्तरको   लोक पाल गठन गर्न माग गर्दै  अनसन  अप्रिल ९ , २०११ मा  आमरण अनसन बसेका थिए र सरकार ले यिनको माग लाइ जायज भन्दै ९ अप्रिल मा  जनलोक्पाल गठन गर्ने  सम्झौता गर्यो |
- यसपाली लोक्पाल गठन गर्न ढिला  र आल टाल गरेको भन्दै पुन  अनसन मा बसेका अन्ना लाइ सरकार ले गिरफ्तार गर्यो |
अहिले यिनको समर्थन मा सम्पूर्ण भारत र बिश्वो समुदाय लागेको छ | सरकार ले अनसन बसेर भ्रस्टाचार नियन्त्रण हुदैन र अनसन र प्रदर्सनी ले सुरक्च्या मा खलल पुगेको भन्दै अन्ना लाई गिरफ्तार गरेको जनाएको छ | यस अघि बाबा रामदेव को भ्रस्टाचार बिरुद्ध को भोक हड्ताल मा यस्तै कारण दिदै  पनि सरकार ले हस्तछेप गरेको थियो |
हजरे लाइ  तिहार जेल मा लगिएपछि दोस्रोदिन रिहा गर्दा रिहा हुन मानेनन् र जेलमा नै आफ्नो अनसन सुरुगरे | सरकारले हजरेका समर्थक हरुले देश भर उनको गिरफ्तारीको बिरोध र संचार मध्यम हरुको ससक्त भूमिकाले गर्दा सरकार ले हजारेलाई रिहा गरेको छ र उनलाई दिल्ली को रामलिला मैदान मा अनसन बस्न अनुमति पनि दिएको छ | शान्ति पूर्ण तरिकाले आन्दोलन गर्दा जायज माग हरुका लागि समर्थन, दबाब दिन र सफलता हासिल गर्न सकिन्छ भन्ने कुरा अन्ना ले सबै लाइ सिकाएका छन् |
खाली नकारात्मक कुराको मात्र सिको हुने हाम्रो देश मा यस्ता सकारात्मक क्रियाकलाप को चै  अनुसरण भए केहि हुन्थियो  कि ?

1 प्रतिक्रिया हरु:

भ्रस्टचारी लाइ किरा परोस ! अन्ना(दाइ) हजारे हामी पनि तिम्रो साथ मा छौ ..

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More