July 5, 2011

what is mrp passport of nepal?


What is machine readable passport ? An introduction of mrp passport of nepal in nepali language.
  1. मेशिन रिडेवल राहदानी भनेको यस्तो यात्रा अनुमतिपत्र हो जसको पहिचान पृष्ठमा (Photo Page) भएका विवरणहरु यन्त्रबाट पढ्न सकिन्छ ।
  2. मेशिन रिडेवल राहदानी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मापदण्ड अनुरुपको राहदानी हो ।
  3. मेशिन रिडेवल राहदानी अन्तर्राष्ट्रिय स्तरको राहदानी सुरक्षण विधिअनुरुप जारी भएको हो ।
  4. यस राहदानीमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने खालका सुरक्षण चिन्हहरु प्रयोग गरीएका छन् ।
  5. मेशिन रिडेवल राहदानी सुरक्षाको दृष्टिकोणबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधायुक्त राहदानी भएकाले यात्रुहरुको यात्रामा सहजता प्रदान गर्दछ ।
  6. यन्त्रबाट राहदानीमा भएका विवरण पढ्न सकिने भएकाले यो राहदानी बाहकलाई अन्तर्राष्ट्रिय सिमामा आवतजावत गर्दा छिटो छरितो रुपमा सुविधा उपलब्ध हुनेछ ।
  7. मेशिन रिडेवल राहदानीमा वाहकको फोटो र अन्य विवरण कम्प्यूटर प्रिन्ट गरी ल्यामिनेट गरिने हुनाले यो राहदानीको दुरुपयोग हुने देखिन्न ।
  8. मेशिन रिडेवल राहदानीको मेशिन रिडेवल क्षेत्रमा नाम, राहदानी नब्बर, राष्ट्रियता, जन्म मिति, लिङ्ग, राहदानीको म्याद समाप्त हुने मिति, व्यक्तिगत परिचयपत्र नम्बर उल्लेख गरिएको हुन्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More