April 5, 2011

निम्की बाउने तरिका-how to make nepali snack nimki?

नेपाली परिकार निम्की बाउने तरिका 



निम्की बनाउन आवस्यक सामग्री 

मैदा :  ३ कप, 
नुन : २ चम्चा 
घिउ : १ कप 
जिराका दाना : १ चम्चा 
कालो तिल : -डेढ चम्चा
खानयोग्य सुन्तला रंग :  अलिकति
तेल वा घिउ तार्न : आवश्यकताअनुसार

निम्की बनाउने विधि

एउटा भाँडामा मैदा राख्ने, त्यसमा नुन, तिल, जिरा, रंग, घिउ र पानी हालेर मज्जाले मुछ्ने। यस्तो पीठो नरम हुनुपर्छ। त्यसपछि स-साना गोला काट्ने। त्यसलाई पातलो गोलो बनाई बेल्ने र आधा पट्याउने। फेरि तीन चुच्चा तीन पत्र हुने गरी पट्याउने। त्यसपछि पान आकारमा ठूलो हुने गरी बेल्ने। यसलाई तातो घिउमा दुवै साइड पकाएर निकाल्ने।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More