March 21, 2011

गलत लाग्छ मलाई मेरो देशको इतिहास

गलत लाग्छ मलाई मेरो देशको इतिहास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु

यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं- सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो-दोबाटोमा
गल्ली-गल्लीमा
देश-विदेशमा
यूक्लिप्टसका रुखझंै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द निश्चल शिथिल चुपचाप उभिएका
आफु्नो आत्माको गीत मारेर

कल्कीका बोटझंै
दुबै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झंै लाग्छ
आफु्नो रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमाहेर्छु एक-दुई दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु ः अमरिसंह काँगडासम्म बढेको कुरा
सुन्छु ः तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु ः बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु ः अर्निकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु ः सधै सुन्छु र केवल सुन्छु
तर मलाइृ्र हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More