सधैं-सधैं मेरो सपनामा - कविता - भू पी शेरचन - घुम्ने मेच माथि अन्धो मान्छे बाट
सधै-सधै मेरो सपनामा
असङ्ख्य युवती आमाहरु
मेरो अगाडि आउँछन्
र बहुलाई ´ैं
ुअब मेरो दूधको कुनै मूल्य छैन
अब मेरो मातृत्वको कुनै अर्थ छैन-ु
भन्ने गीत गाउँछन्
र मलाई देखाई-देखाईकन
सुँगुरका भद्दा गन्दा बन्चाहरुलाई झैं
आफु्नो अतिशय दुधले गानिएको
स्तन चुसाउँछन्
अनि एक्कािस
छाती पिट्तै
कपाल लुछ्तै मसँग आफु्ना हराएका छोराहरु माग्न थाल्छन्
सधै-सधै मेरो सपनामा
असङ्ख्य जीवनद्वारा लत्याइएका
र मृत्युद्वारा नपत्याइएका
जीर्ण तन वृद्धहरु
र बिदीर्ण मन बृद्धाहरु
मेरो अगाडि आएर लम्पसार पर्छन्
र मसँग
आफु्नो अथाह भविष्यको सूत्र माग्छन्
आफु्नो हराएको एकमात्र पुत्र माग्छन्
सधै-सधै मेरो सपनामा
असङख्य युवती विधवाहरु मेरो अगाडि आएर
आफुलाई सम्पूर्ण रुपमा नङ्ग्याउँछन्
र आफ्नो हिउँजस्तो कोमल तनमा
दुनियाँको कामुक आँखाले पोलेका
काला-काला डामहरु देखाउँछन्
र मसँग आफ्नो जीवनको सहारा माग्दछन्
मसँग आफ्नो यात्राको किनारा माग्दछन्
सधै-सधै मेरो सपनामा
क्षयका कीटाणु बोकेका
असङ्ख्य टुहुरा केटा-केटीहरु
मेरो अगाडि आउँछन्
र मसँग स्कूलको फीस
पुस्तक किन्ने पैसा
कि्रकेटको बैटर पिताको चुम्बन माग्छन्
र माग्छन् सुरक्षा
र मिठो निद्राले भरिएको रात
यसरी नै सधै-सधै मेरो सपनामा
मलायाका असङख्य-असङख्य मानिसहरुको
आँसुको एक ठूलो सागर बन्छ
जसको प्रत्येक लहरमा
एक लाश माथि उठछ
एक लाश तल डुब्छ
तर डुब्नुभन्दा अगाडि मलाई
प्रत्येक लासले घृणाले हेर्छ
आह मेरो सपनामा मलाई
मेरो विपनाको इतिहासले घृणा गर्छ ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.