October 16, 2012

चाडबाड मनाउने परम्परा अनि रमाइलोलाई पनि रचनात्मक बनाउन दुर्गा भवानीको आशिस लागोस, शुभ दशैँ।


सुख दु:ख बाँडिचुँडि खुसिहरु लिई,
वर्षौवेखि खोसिएका मायाहरुपाई
भवानिको भएजति पाई आशिष सबै
उमङगले भरोस तिम्रो यो वर्षको दशैं ।

हिन्दु हरुको महान चाड बिजया दशमीको अवसरमा सम्पुण दिदीबहिनी तथा दाजुभाइहरुमा मंगलमय शुभकामन छ। 
यसपालिको दशैँले चाडबाडमा नेपाली समाजमा बढ्दै गएको तासजुवा, जाँड रक्सी जस्ता नसालु पदार्थ सेवन गर्ने बिकृति क्रमसः कमहुदै जाओस ।
चाडबाडमा भित्रीएको विकृती विसंगतिले गर्दा चाडबाडको परिभासा नै बदलिदो लाग्दै गएको पाइन्छ ।

के रमाइलो भनेको मदिरापान र जुवातास खेल्नुमात्र हो ?  हामी हाम्रा आगामी पिढीलाइ कस्तो सन्देश दिइरहेका छौँ?

आधुनिकताको अन्धभक्त बन्दै गएको समाज अनि हाम्रो मानसिकता नबदले देशमा जस्तासुकै माइकेलालहरु जन्मिएपनि केहि हुनेवाला छैन । देश बन्नको लागी हामी जनतानै जागरुक हुन जरुरी छ ।
हामीले जस्तो सामाजिक, राजनीतिक र संस्कृतिक व्यवस्थाको  स्विकृती दियौँ त्यस्तै व्यवस्थाले समाजमा जरा गाड्नेछ जुनकुरा विगत १० वर्षमा बढ्दै गएको िहंसा र हत्या उन्मुख राजनिती लाइ हेरौ न,

मदिरा र जुवामा हुने अनावश्यक अर्च अनी हुनेखाने बर्गको तडकभडकको खर्च दिनभर गिटी कुटेर लालाबालाको छाक टार्ने मजदुर, हलि गोठाला, अशक्त हरुको सेवामा जाओस । 
चाडबाड मनाउने परम्परा अनि रमाइलोलाई पनि रचनात्मक बनाउन सम्पूर्ण नेपाली दिदिबहिनि दाजुभाई हरुलाई  दुर्गा भवानीको आशिस लागोस । शुभ दशैँ।


1 प्रतिक्रिया हरु:

खबरदारी टिम लाइ पनि दशैँ को शुभकामना

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More