August 24, 2021

राजनीतिक भ्रम समाप्तिको एक युग

 तत्कालिन बाइसे चौबिसे राज्यमा विभक्त नेपाल सन् १७६७ मा गोरखाका राजा पृथ्वी नारायण शाहले ठूलो देशको राजा बन्ने  महत्वाकांक्षाबाट थालनी भएको भौगोलिक एकीकरणसंगै शाह वंश  र नेपालको जग बसेको देखिन्छ  । सन् १८४६ मा एउटा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छाए । उनले नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवारिक शासनको जग बसाले  । यो  उनको चरम शक्तिशाली हुने व्यक्तिगत महत्वाकांक्षाबाट नै निर्देशित देखिन्छ ।

August 21, 2021

लोकतन्त्रको चीर हरण गर्न महामारीको प्रयोग

 -डा. जगन कार्की 

लोकतान्त्रिक र जनसमर्पित शासकहरुले  महामारी जस्ता संकटलाई  एक समर्पण, सेवा र मानवीय भाव प्रमाणित गर्ने अवसरको रुपमा प्रयोग गरेको देखिएको छ भने शक्तिका भोका अदूरदर्शी शासकहरुले लोकतन्त्रको गला घोट्ने अवसरको रूपमा प्रयोग गर्ने गरेका अध्ययनहरुले देखाएका छन्  । कोरोना, लक डाउन जस्ता प्रतिबंधलाई प्रयोग गरेर लोकतन्त्रका खोल ओढ़ेका तानासाहहरूले  प्रेस र प्रजातांत्रिक पद्धतिलाई नै अवरुद्ध गर्न प्रयोग गर्ने गरेका उदाहरण प्रशस्त देखिएका छन् ।

पार्टी, देश र आफैलाई उचाइमा पुर्‍याउने देउवाको अन्तिम अवसर

 करिब २ तिहाई जनमतको सरकार हाँक्ने सुनौलो अवसर पाएका निवर्तमान प्रम केपी ओली मृगौला फेरेर पाएको पुनर्जीवन संगै बाघको रूपमा फेरिए । आफ्ना सहकर्मी र  आफुलाई कुर्सीमा स्थापित गर्नेहरूलाई मान्छे नगन्ने मात्र हैन उनका पुत्ला बनाएर बजार घुमाउने, जय गान गाउने , भाड़ाका मानिस भेला गरेर 'बा' भनाउने कृत्रिम फुरक्याइको पछि दंग परेर तिनले जे भने त्यसको पछि लागे । ति भ्रस्ट मण्डलीले मौक़ामा फाइदा लिने सुरमा ओलीले नाकाबन्दी ताका कमाएको लोकप्रिय छवि १६ बर्षे जेलनेलको तपस्यालाई भस्म पारिदिए ।

August 3, 2021

चाहियो नागरिक चेतनामा क्रान्ति

 लामो संघर्ष र बलिदानबाट प्राप्त नयाँ संविधान र शान्ति प्रक्रियाले ल्याएको नयाँ संरचनाले पनि मुलुकमा अपेक्षाकृत विकास र सुशासन कायम हुन नसक्नुजेलनेल र कठिनाइबाट आएका नेताहरुद्वारा नै परिवर्तन  विरोधि गतिविधि हुनुले मुलुक फेरि एउटा गम्भीर द्वन्द्वमा फस्ने देखिएको छ । प्रख्यात राजनीतिशास्त्र करेन स्टेनरले २००५ मा लेखेको 'अथोरेटेरियन डाइनामिक'  नामको  पुस्तकमा समाजमा सुषुप्त रुपमा नै तानाशाही प्रवृत्तिको नेतृत्व लुकेर बसेको हुनेगरेको कारणले नै पश्चिमा विकसित देशहरुमा समेत यस्ता शासकहरु बेलाबखत देखा पर्ने गरेको उल्लेख गरेकी छन् ।  पश्चिमा विकसित देशहरुमा स्टेनरले गरेको अध्ययनमा ३३ प्रतिशत सहभागीले तानाशाही व्यवस्थाको पक्षमा रहेको खुलाएका थिए भने ३७ प्रतिशतले प्रजातान्त्रिक व्यवस्थाको पक्षमा रहेको बताएका थिए।  त्यस्तै २९  प्रतिशतले दुबैको बिचको व्यवस्था रहनु पर्ने विचार ब्यक्त गरेका थिए ।  

July 2, 2021

कोरोनाले सतहमा ल्याएको अनियमितता, विभेद र समानताको महामारी

 -डा. जगन कार्की

कोरोना कहरले दुनियाको अर्थतन्त्र, समाज र धेरै रीतिथितिमा नै उथलपुथल र आमूल परिवर्तन ल्याउने अवस्था रहेको छ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More