गरम मसलाको रूपमा भान्सामा उपयोग गरिने दालचिनीलाई सामान्य परिकारमा उपयोग गरिने मसला मात्र नठान्नुस् । यो मसला मात्र नभई उच्च गुणस्तरको औषधि समेत हो । यो एन्टिसेप्टिक, एन्टिफंगल र एन्टिभाइरल हुन्छ ।

दालचिनीले कपाल र्झन रोक्छ । दाँतको दुखाइमा राहत दिन्छ । कोलेस्ट्रोल घटाउँछ । अध्ययन अनुसार, आधा चम्चा दालचिनीको धुलोले एलडिएल कोलेस्ट्रोल घटाउँछ । यसमा रगत जम्न नदिने गुण समेत पाइएको छ ।
अमेरिकाको कृषि विभागका अनुसन्धानकर्ताहरूले प्रकाशित गरेका अध्ययन प्रतिवेदन अनुसार दालचिनीले रगतको क्यान्सर र 'लिम्फोमा' क्यान्सर कोषको वृद्घलिाई कम गर्छ । रुघा कम गर्छ ।
वीर्यको गुणस्तर बढाउँछ । रोग प्रतिरोधक क्षमता बढाउँछ र तौल घटाउँछ ।
दालचिनीले पाचक रसको श्रावलाई समेत उत्तेजित गर्छ ।
अमेरिकामा भएको एक अनुसन्धानले दालचिनी मधुमेह रोगीका लागि लाभदायक रहेको थाहा पाइएको छ । दालचिनीको प्रयोगले टाइप-२ मधुमेहबाट ग्रस्त रोगीमा रक्त सञ्चारको स्तरलाई सुधार गर्न सहयोग मिल्छ ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.