June 24, 2017

एसईई (SEE) परीक्षा उत्तीर्ण गर्नु हुने र वहाँहरुको अभिभावक हरुलाई केही अनुरोध र सुझाव

 सुमन बराल

१. राम्रो अंक आउने बित्तिकै बिज्ञान विषय पढ्न - पढाउन हतार गर्ने गलत थितिको अन्त्य गर्नु होला । नराम्रो अंक आउनेले पनि आर्ट्स, कमर्स नै हो भनेर पढिदिनैको लागि नपढ्नु होला ।

२. आफ्नो अन्तर आत्मा लाई जे पढ्न मन लाग्छ त्यै पढ्नु होला, अभिभाक हरुले पनि उक्त निर्णयलाई सघाउनु होला । जस्तै A+ ल्याएको कुनै विद्यार्थीलाई इन्जिियरिङ्गमा लगाव छ तर अभिभावकलाई चिकित्सक बनाउने मन लागेकै कारण डाक्टरी नपढाउनु होला । त्यसो भएको खण्डमा उ सफल हुने सम्भावना कम हुन्छ, सफल भइ हाले पनि खुसी बन्न सक्दैन ।

३. अर्थात् त्यस्तो विषय रोज्नु पर्छ विद्यार्थीले जुन पढ्दा उसलाई आनन्द लागोस् र उसले पछि आफ्नो कामलाई मनोरञ्जन सम्झियोस् । यस्तो भयो भने त्यो मानिस सफल र खुसी दुबै हुने सम्भावना बढी हुन्छ ।

४. अहिले आफ्नो रुचि पत्ता लगाउन नसकेका वा अलमलमा परेका विद्यार्थीले पुन एक पल्ट आँखा चिम्लिएर सोच्नु होला । पत्ता लगाउन सक्नु भएन भने कुनै मन पर्ने - आफूले पढ्न सक्ने विषय पढ्नु होला । पछि कुनै मोडमा आफ्नो रुचि पत्ता लागे सोही बमोजिम अध्यन गर्नु होला । २८-२९ वर्ष बाट पढ्न सुरु गरेर पनि डा स्वामी प्रपन्नाचार्य बने , K F C का बुढाले बुढेसकालमा नै सुरु गरेका हुन् , केही प्रख्यात साहित्यकार हरुले जीवन को उत्तार्द मा लेख्न सुरु गरे । यस्ता प्रसस्त उदाहरण छन् ।

५. कुनै औपचारिक विषयमा रुचि छैन भने । पढिदिन आर्ट्स, कमर्स पढेर समय बरबाद नगर्नु होला । आफूलाई काम गर्न मन लागेको पेसा वा सजिलै काम पाइने कुनै पेसाको सीप सिक्न होला । जस्तै, सवारी चालक, सिकर्मी, डकर्मी आदि । यो सीपले नेपाल र विदेशमा पनि काम दिन्छ । अहिले को नेपाल सरकारले रोजगारीको ग्यारेन्टी गर्न नसकेको परिस्थितिमा आफूलाई बाहिर जान मन लागे, सोही बमोजिम भासा र सीप सिक्न उपयुक्त हुन्छ ।

६. व्यापार - ब्वसायमा लगाव भएकाले सोही बमोजिम अध्यन- ट्रेनिङ्ग लिनु होला । पढिदिन् कै लागि कुनै मन नलागेको वा हजुरको बिजनेस प्लानमा कुनै सम्बन्ध नभएको विषय पढेर समय र ऊर्जा बरबाद नगर्नु होला ।

७. अहिले S E E परीक्षामा अपेक्षित नतिजा ल्याउन नसक्नेले फेरि मेहेनत गरेर परीक्षा दिनु होला । के गर्ने - पढ्ने भन्ने कुराका लागि माथिका बुदा हेर्नु होला ।

८. अभिभाक हरुले सन्तान लाई सफल भन्दा पनि असल बन्ने प्रेरणा दिनु होला । सफल र असल दुबै भए सुनमा सुगन्ध। साथै, विद्यार्थीले अहिले गरेको मेहनतको फल पछि पाइन्छ भन्ने कुरा ख्यालमा राखेर अघि बढ्नु होला। सबैको उज्वल भबिष्यको कामना गर्छु ।शुभकामना :) 


इमेल - meetsumanbaral@gmail.com

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More