January 12, 2018

फोहोर नियन्त्रणले गति लिंदै -अब पालो आफुले खाएको फोहोर बाटोमा फ्याक्नेलाइ थुन्ने र क्रिमिनल रेकर्ड राख्ने नियम लागु गर्न अनुरोध गर्ने

हामीले गत डिसेम्बर महिनामा काठमाडौँको फोहोर ब्यबस्थापन , धुलो ब्यबस्थापन सम्बन्धि सरकार र सरोकारवाला संस्थाहरु कटाक्ष गर्दै एक पोस्ट लेखेका थियौं ।  त्यो पोस्ट हेलो सरकारलाइ ट्वीट गरिए पछि उलेख्य कामहरु र प्रगति हुदैगएको देखिएको छ । 
- बातावरण नियन्त्रणका सवालमा चेक  जांच हरु हुन थालेको खबर सुनेका छौं । यद्यपि यस बिसयमा स्थानीय रुपमा हामि फलो गर्ने कोसिस मा छौं । 





त्यस्तै हामीले अल्टरनेटिभ फर यु पेज मार्फत हल्ला खल्ला गरेपछि  हिजो मात्र नेपाल बिद्यार्थी युनियनले पनि हरि प्रभा खड्गीलाइ धुलो र मास्क उपहार दिएर प्रदर्शन गरेको खबर आएको छ  ।

१८ बर्सिय केपी जी ले लालबाबु पण्डितलाइ निमंत्रना गरि सडक सफाको अभियान संचालन गरेको खबर आएको छ । 
By Jagan Karki
केरा खाएर बोक्रो बाटोमा मिल्काउदै धुलोमांडू भो, फोहोर भो भन्नेहरुलाइ छुट दिनु भएन । आफुले बजार ,बाटो हिंडदा गरेका फोहोर भेला गरेर बिनमा नहाल्ने, घरको फोहोर सडकमा फ्याक्नेलाई सार्बजनिक अपराध(क्रिमिनल रेकर्ड) जरिमाना पनि होस् । तिनको नाम सामाजिक संजालमा यस्तो काम गरेबापत यस्तो गरिएको भनि सार्बजनिक गरिनु पर्दछ ।#


बिकसित देशहरु सरकारले भन्दा नागरिक उत्तर्दाइत्वले सफा बनेका हुन् हेक्का रहोस । हाम्रो त देश र सरकार नै गरिब । सरकारलाई मात्र कराउँदा , हाम्रो जिम्मेवारी के हाम्रो योगदान के ? ख्याल गरौँ ! नियम कानुनलाई लागु गराउने संस्था हरुपनि कर्तब्यच्युत भइदिनु भएन |

खाली सरकारले गरेन भन्ने आफु चाही नागरिकको न्यूनतम कर्तब्य पनि पालन नगर्ने ? हाम्रो समाज हामी बस्ने ठाउ प्रति हाम्रो जिम्मेवारी नहुने ?
साथै बिकासको नाममा धुलाम्य बाटो पारेर निम्नतम जनस्वास्थ्यको पनि ख्याल नगरी बालबालिका बृद्ध लगायत नागरिकको स्वास्थ्यमा हानि पुर्याउने सम्बन्धित निकायका जिम्मेवारहरु बिकास बिज्ञहरुको पनि हिसाब किताब खोजीनु पर्छ ।
धुलो भो भनेर यत्रा रिपोर्ट आए , सुझाव आए तर कम गर्न ३-४ पटक बाटोमा पानी छम्किने , धुलो तान्ने मेसिन , फ्री मास्क वितरण , सार्बजनिक यातायातका ट्राफिक ड़ाइभर्सन , धुलो सम्बन्धि रोगको निसुल्क औसधि , उपचार सबै जिम्मेवारी भित्र पर्दैनन् र ? 
धुलो न्यूनीकरणका केहि कदम सुनिएन, सायद यसको लागि पनि सर्बोच्च अदालतले नै गर भनेर लज्जास्पद निर्णय गरिदिनु पर्ने | कर्तब्य बोध गराइदिनु पर्ने ?

यिनको आँखा खोल्न उपत्यका बस्ने एउटा सानो बालकले सर्बोच्च गएर स्वास्थ्यसंग बाँच्न पाउने अधिकार माग्दै मुद्धा हाल्नु पर्ने भो ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More