June 13, 2017

देश बनाउन आदेश दिनेहहरु सकेको योगदान गर्ने कि?


हाम्रा पुर्बज जस्ता थिए समाज त्यस्तै भयो ,
यो समाज जस्तो   छ  हामी त्यस्तै  छौँ ।
ति पुर्बज भन्दा शिक्षित भयौं र परिबर्तन चाहयौं
तर , समाजमा हामीले जे सिक्यौं त्यहि स्विकार्यौं



यथास्थिति स्विकारेऊँ त्यसैले परिबर्तन भएनौं ।
परिबर्तन खोज्ने भयौं तर  हुन सकेनौं ।
बिकाश खोज्ने भयौं , कारण बन्न सकेनौं ।
राष्ट्रियता खोज्ने भयौं , जोगाउन लागेनौं ।
आदेश दिने भयौं पालन गर्ने भएनौं ,
अधिकार खोज्ने भयौं , कर्तब्य बिर्सियौं
हामी नेपालका मालिक हौँ कि ठेकेदार ?
नेपाल हाम्रो घर हो कि?,  हामी नेपालका डेरावाल
हाम्रा आफ्नै  क्रियाकलापहरुले बुझ्न गारो  हुदैगको छ,
अहिले भूगोलका  चार कुना आफ्नो देश लाग्न छोडेको छ
जहाँ सुबिधा र स्वार्थकोमेल छ तेही देश भाग्न थालेको छ ।

हामी जस्ता भयौं  हाम्रा नेता त्यस्तै भए
हाम्रा नेता जस्ता छन् राजनीति त्यस्तै छ ।
जस्तो  राजनीति छ  देशको हालत  त्यस्तै छ ।
देश जस्तो छ भेस त्यस्तै बन्दै छ ।
जनता कम यहाँ कार्यकर्ता  ज्यादा  हुँदैछ छ
स्वार्थ-स्वार्थको बिचमा  देश बन्धक बन्दैछ ।

आखिर के कमि छ हाम्रो सगरमाथाको देशमा ,
पानि,खनिजको खानी अनि हराभरा सुन्दरता 
खाँचो असल नेताकोमात्र हैन कुशल ब्यबस्थापकको छ, 
ब्यस्थापन गर्ने यी समस्या र उपलब्धिहरुको
स्रोत, साधन अनि पुर्खाको नासोहरुको  |

व्यवस्था धेरै  फेर्यौं , फरक नहुने रहेछ अवस्था नफेरी
सिधान्त र शब्दको खेतीले देश नबन्ने रहेछ,
श्रम, शिप र पशिनाको जाग नहाली  

आउनुहोस दलका हनुमान कार्यकर्ता नबनी जिम्मेवार नागरिक बनौं
समाज देश परिबर्तन गर्ने  भए आफैं परिबर्तन हुन लागौं ।
हराउन दिनु हुन्न यो मातृभूमिलाइ तिब्र परिबर्तनको छालमा
गतिशील समय संगै गतिशील विचार र अग्रगामी कदमहरुले
सम्वृद्धि अवस्य सम्भव छ हाम्रै पालामा !
Published on : http://www.sajhapost.com/2016/11/18/52885.html#sthash.hxi9cacr.uxfs

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More