January 7, 2013

Benefits to be vegetarian-शाकाहारी बन्ने ? फाइदै फाइदा


जैविक रुपमा मान्छे उभयभक्षी जिव हो अर्थात् यो मांशाहारी शाकाहारी दुबै हो यद्यपि कोही मानिसले मासुजन्य पदार्थ खाँदैनन् शाकाहारी हुन्छन् तर समग्रमा सबै मान्छेको जैविक चरित्रको व्याख्या गर्दा मानवजातीलाई उभयभक्षी भन्ने गरिन्छ

मानिस शाकाहारी बन्नु वा मासुजन्य पदार्थ नखानुका विभिन्न कारण हुनसक्छन् घरपरिवारको संस्कार, धर्म, परम्परा, अरुची वा मनोवैज्ञानिक प्रभाव मासु खाँदा स्वास्थ्यमा असर पर्छ शाकाहारी भोजनले लाभ हुन्छ भन्ने जानेर शाकाहारी बन्ने मानिसहरु निकै कम छन्


वास्तवमा जो शाकाहारी भोजनको लाभ जान्दछ सोही मुताविक मांशाहारी भोजन त्याग गर्छ त्यो स्वास्थ्यका दृष्टिले मात्र नभै मनोवैज्ञानिक हिसाबमा पनि फाइदाजन हुन्छ
निरोगी पेट: शाकाहारी बन्नुको पहिलो फाइदा भनेको यसले तपाइँको पेट स्वस्थ बनाउँछ शाकाहारी मान्छेले मासुको साटो प्रसस्तै हरियो सागसब्जी खाने भएकाले हरीयो सागपातमा पाइने फाइबर तत्वले आन्द्रा तथा समग्र पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ सागपातले पेटको क्यान्सरको खतरा पनि कम गर्ने बताइन्छ

बोसोबाट मुक्ति, स्वस्थ मुटु: शाकाहारी आहारमा कम चिल्लो तथा सोडियम पाइन्छ मांशाहारी भोजनमा हानिकारक बोसो पाइने भएपनि शाकाहारी आहारमा पाइने चिल्लो पदार्थ मानव सरीरका लागि हानिकारक हुँदैन यसले रक्तचापको नियन्त्रणका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ

विषको जोखिम कम: शाकाहारी भोजनमा कुनैपनि प्रकारको विषजन्य तत्व हुँदैन तर मांशाहारी भोजन कहिलेकाहीँ विषाक्त समेत बन्न सक्छ पशुको सरीरमा पनि स्टेरोइड लगायतका विभिन्न तनाव हर्मोन पैदा हुने ती हर्मोनहरु उक्त पशुको मासुमा समेत रहने भएकाले त्यस्तो हर्मोनयुक्त मासु खाँदा त्यो हर्मोन मानिसको रगतमा मिल्न गै त्यसले रगतलाई विषाक्त बनाउने खतरा हुन्छ साथै मासुका लागि व्यवसायिक रुपमा पालिएका कुखुरा, हाँस वा अन्य चराचुरुंगी पशुहरुमा दिइने वृद्धि हर्मोनयुक्त सुइका कारण त्यस्ता सुइ लगाइएका पशुपंक्षीका मासु खाँदा पनि मानवस्वास्थ्यमा नराम्रो असर पुग्छ

क्यान्सरको जोखिम कम: शाकाहारी आहारमा एन्टिअक्सीडेन्ट तत्व, लवण, भिटामिन तथा अन्य प्रसस्तै पोषक तत्व पाइन्छ यी पोषक तत्व हाम्रो सरीरको रोग प्रतिरोधी क्षमताको विकाशका लागि अनिवार्य हुन्छन् रोग प्रतिरोधी क्षमता उच्च हुनु भनेको क्यान्सर जस्ता असाध्य रोगको जोखिम समेत कम हुनु हो

वजन नियन्त्रण: शाकाहारी भोजनका लाभहरु मध्येको एक हो सरीरको वजन वा मोटोपन नियन्त्रण हुनु शाकाहारी भोजन पेटमा पच्नको लागि अलिक धेरै समय लाग्ने भएकाले भोक ढिलो लाग्छ जसका कारण खाने दरमा कमी आई स्वतः मोटोपन नियन्त्रण हुन्छ

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More