January 19, 2017

एमाले अन्ध रास्ट्रबाद र सिके राउतको बिखन्डनबाद माओकंग्रेसको खाओबाद र मधेशी दलको लाचारीपनले लुटिएकी नेपाल आमा

कोही कोहि भन्दा कम रहेनन् यहाँ देशको अस्मिता जनताका भावनासंग खेलवाड गर्न अब मुकुकलाइ निकास दिने काम  सत्ताको सिनोमा रमेको परम्परागत शक्तिले गर्ने कुरामा आस गर्नु बेकार को समयको बर्बादी हो । सबैको रवैया हेरौं

ठुलो जिम्मेवार दल कांग्रेस - सत्ता पाए जे पनि ठिक ,न राष्ट्रियताको सवालमा प्रस्ट न जनजीविकाको सवालमा स्पस्ट । मिलाउने खाने सामन्तीहरुको लोकतन्त्र र प्रजातान्त्रिक समाजबादको नाममा मागिखाने , छलीखाने भाँडो

दोश्रो ठुलो दल एमाले : सत्ताको १२ मासे खेल खेल्नु पर्ने सत्ताको सिनॊको लागि रास्ट्रबाद , जबज देखि हसिया हथौडा , दौरा सुरुवाल सबैको ब्यापार गर्न तयार पुरेत विधामा प्रखर हरुको समूह

तेश्रो ठुलो दल - रगत र सहिदका सपनासंग सत्ताको सिनो साट्दै कर्तब्य भुलेको यात्री ।

मधेश बादी दल : मधेशका जमिन्दारहरु गरिब भोका नांगा हरुका सपना बन्धकी राखेर सत्ताकै सिनो हड्डीको मोलिमोलाईमा ब्यस्त

सिके राउत: यी सारा बिकृति र विसंगतिले धमिलो पारेको पानीमा बिखण्डनको माछा मार्न उद्गयत् खेलाडी

यी यावत समस्या र बिकृति रोक्न , ब्यबस्थापन  गर्न नेपाली जनता जाग्ने बेला भएको छ एउटा सम्वृद्ध नेपालका निमित्त नयाँ शक्तिको आगमन अपरिहार्य भएको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More