January 12, 2017

जनताको इच्छा बिपरित प्रदेश टुक्र्याउने भासण दिंदा माओबादी कार्यकर्ताले आफ्नै नेतालाई बर्साए ढुंगामुढा

गैर जिम्मेवारी पूर्ण हिसाबमा प्रदेश टुक्राउने अधिकार अहिलेका मठाधिस हरुलाई कसले दियो ? प्रदेश टुक्राउने अधार के ? न बिशेशज्ञको सुझाव, न जनताको चाहना क्षणिक नेता, दल र बिदेशी रिझाउन गरिने हरेक कदममा यसरि नै बिरोध होस् चाहे त्यो जुनसुकै पार्टी होस्, नेता होस् । हेर्नुस आज अर्घाखांचीका जनताले कसरि लखेटे आफ्नै नेता ।
माओवादी नेताले पाँच नम्बर प्रदेश टुक्राउने भनेपछि अर्घाखाँची तनावग्रस्त भएको छ ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य डिलाराम आचार्यले पाँच नम्बर प्रदेश र अर्घाखाँची जिल्ला टुक्राए केहि फरक नपर्ने अभिव्यक्ति दिएपछि अर्घाखाँचीको सन्धिखर्कमा तनाव भएको हाे ।
अर्घाखाँची महोत्सवको उद्घाटन गर्न उर्जामन्त्री जनार्दन शर्मासँगै गृह जिल्ला आएका आचार्यले प्रदेश टुक्राउने निर्णय देश हितमा रहेको भाषण दिएपछी तनाव उत्पन्न हुँदा उनीमाथी ढुंगामुडा प्रहार भएकाे छ ।
पाँच नम्बर प्रदेशलाई टुक्राउँदा राम्रै हुन्छ भनेर उनले भाषण गर्नासाथ भाषण सुनिरहेका नागरिकले आचार्यमाथी ढुंगामुडा प्रहार गरेका हुन्।
ढुगामुडा प्रहारपछी उर्जामन्त्री र आचार्यलाई सुरक्षाकर्मीले कडा सुरक्षा दिएर जोगाएको छ । उर्जामन्त्रीले आफ्नो मन्तव्य राख्न पाएनन् । कार्यक्रम स्वत: स्थगित भएको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More