September 3, 2013

How to treat muscle spasm and cramp- हातखुट्टा मर्किए के गर्ने के नगर्ने ?

हाडलाई केही नोक्सान नभई जोर्नीहरूलाई मिलाएर राखेको हाड जोड्ने तन्तु/स्नायु (लिगामेन्ट) सामान्य रूपमा तन्किनुलाई मर्काइ भनिन्छ । सामान्य रूपमा भन्नुपर्दा, लिगामेन्ट तन्किनु र धेरै चुँडिनुभन्दा पहिलेको अवस्था नै मर्कनु हो । शरीरको कुनै अंगविशेषलाई आवश्यकताभन्दा बढी भार दिएर काम गर्ने प्रयास गर्दा वा हामफाल्दा वा खेल्दासमेत यो समस्या निम्तिन सक्छ । शारीरिक गतिविधिमा अलिकति पनि असावधानीले हात वा खुट्टा मर्किन सक्छ । जब जोर्नीलाई अप्राकृतिक अवस्थामा जान बल लगाइन्छ, त्यतिखेर अंग मर्किन सक्छ ।

लिगामेन्ट अर्थात् हाड जोड्ने तन्तु डोरी जस्तै हुन्छ, तन्तुहरूको एउटा गुजुल्टो । यसले हाडहरूलाई आपसमा जोडेर तिनलाई स्थायित्व दिने गर्छ । यसै कारण जोर्नीहरूले आफ्नो काम गर्ने गर्छन् ।

'जब कुनै अंगलाई आवश्यकताभन्दा बढी कुनै काम गर्न बल दिइन्छ, त्यो अंग मर्किने सम्भावना बढछ,' नेपाल प्रहरी अस्पताल, महाराजगन्जका हाडजोर्नी शल्य चिकित्सक गोपेशकुमार ठाकुर भन्छन्, 'युवतीहरूमा हाई हिल र प्लेटफार्म सुले गर्दा गोलीगाँठो मर्किने समस्या हालका दिनमा बढी देखिन थालेको छ ।'

विज्ञहरूका अनुसार, बालबालिका, खेलाडी आदि व्यायाम गर्दा वा खेल्दा यस्तो समस्यासँग जुध्नु सामान्य हो । तर कहिलेकाहीँ सानो हाड भाँचियो भने पनि मर्केजस्तो मात्रै लाग्ने गर्छ । यस्तोमा चाहिँ सचेत हुनुपर्छ । डा. ठाकुर भन्छन्, 'यस्तोमा मर्केको हो कि हाड भाँच्चिएको हो, थाहा पाउनु अति आवश्यक हुन्छ ।'
Some useful information in nepali about the fracture of joints and muscles.

मांसपेशीमा हुने पीडा कम गर्नतिर लाग्नुअघि जोर्नी मर्केको हो वा हाड भाँच्चिएको हो, पत्ता लगाउनुपर्छ । पीडा बढी भए वा अचानक भए चिकित्सकसँग परामर्श लिएपछि मात्र उपचार प्रक्रिया थाल्नुपर्छ ।

कहिलेकाहीँ मर्केको जस्तो लाग्छ, तर त्यहाँ हाड भाँच्चिएको वा लिगामेन्ट चँुडिएको हुन सक्छ । मर्केको जोर्नी पहिलाजस्तै चलाउन सकिन्छ वा सकिँदैन, त्यसमा विशेष ख्याल गर्नुपर्छ । मर्केको जोर्नी चलाउन धेरै गार्‍हो भए चिकित्सकको सल्लाह लिनैपर्ने डा. पाण्डे सुझाउँछन् । जोर्नी बांगोटिंगो देखिए, खुस्केको भए पनि यथाशीघ्र हाडजोर्नी विशेषज्ञकहाँ जानुपर्छ ।

मांसपेशीको पीडा निको पार्ने एउटा उपाय हो पर्याप्त आराम । यो पनि उपचारकै एउटा प्रक्रिया हो । डा. पाण्डेका अनुसार, हात वा खुट्टा मर्किए तातो पानीले सेक्नु हुँदैन । मल्हम वा तेल लगाएर मालिस पनि गर्नु हुन्न । अलिअलि मर्केको छ भने हल्कासँग इलास्टिक ब्यान्डेज लगाउँदा पनि आराम पाइन्छ । मर्केको ठाउँमा बरफ राख्नुपर्छ, बरफलाई प्लास्टिकमा राखेर । बिहान, बेलुका र दिउँसो गरी दिनमा तीन पटक १५/१५ मिनेट बरफ राख्ने गर्दा सुन्निएको कम हुन्छ, पीडा पनि घट्दै जान्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More