December 8, 2016

जुत्ता हान्ने भनिएका संजीब भन्छन बाबुरामलाइ जुत्ता हानेको हैन मिडियाले लेखेछन

पूर्व प्रधानमन्त्री तथा नयां शक्ति नेपालका केन्द्रिय संयोजक डा. बाबुराम भट्टराई पृथ्वी नारायण क्याम्पसमा आएपछि त्यहा हजारौंको संख्यामा विद्यार्थी तथा सर्वसाधारण जम्मा भए । नयाँ शक्ति नेपाल पोखराले नयाँ आगन्तुक विद्यार्थीहरुलाई पार्टी प्रवेश गराउन केन्द्रिय संयोजकको नै हातबाट राम्रो हुने ठहर गर्यो । अनी नयाँ आगन्तुक विद्यार्थीको स्वागत गर्न भट्टराई नै कार्यक्रम स्थल पुगे ।

बिहीबार पोखराको पृथ्वी नारायण क्याम्पसमा डा. भट्टराईको भाषण सुन्न तथा उनको हातबाट टिका ग्रहण गर्न विद्यार्थीहरु तथा कार्यकर्ताहरुको समेत खचाखच भिड नै लाग्यो ।
सवै प्रक्रिया पुरा भएपछि डा. भट्टराईको भाषणको समय सुरु भयो । भाषण गर्दा गर्दै तीन मिनेट जति भएको थियो । त्यत्रो हजारौ मानिसको भिडमा कस्ले के गर्दैछ भन्न कुरा बाबुरामलाई कसरी थाहा होस र ? उनलाई अब के हुने हो भनेर ।
भाषण गरेर तीन मिनेटमा दर्शकमाझबाट एक जना बाबुराम मुर्दावाद भन्दै नाराबाजी गर्दै कराउन थाले । उनी कराउँदै गर्दा थोरैले सुनेपनि धेरैले मतलब नै गरेनन् । आफुले बाबुराम मर्दावाद भनेर नाराबाजी गर्दा समेत कसैले प्रवाह नगरेपछि झोलाबाट कालो झण्डा निकाले र देखाउँदै नाराबाजी गर्न थाले ।
जव उनले कालो झण्डा निकालेर देखाउँदै नाराबाजी गर्न थालेपछि सवैको ध्यान उनीतर्फ गयो । भट्टराईविरुद्ध कालो झण्डा देखाउने कैलालीका सञ्जीव भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सञ्जीव माथी आवश्यक अनुसन्धान भईरहेको छ ।
पृथ्वीनारायण क्याम्पसमा राजनीतिशास्त्र र अर्थशास्त्रका स्नातकोत्तर गरिरहेका सञ्जयले कुनै योजना अनुसार कालो झण्डा नदेखाएको बताए । जसरी मीडियामा जुत्ता प्रहार गरेको भन्ने हल्ला फैलिएको छ । त्यो कुरा सवै गलत भएको बताएका छन् । यसविषयमा प्रहरीले समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रारम्भिक सोधपुछको क्रममा उनले जुत्ता प्रहार नगरेको पाईएको छ । मञ्चमा कसैको जुत्ता फस्किएको हुनसक्ने तर आफुले जुत्ता प्रहार नगरको उनले दावी गरेका छन् । अहिलेको राजनीतिक दलहरुप्रति वितृष्णा प्रकट गरेका सञ्जिवले बाबुराममाथी हमला गर्ने कुनै पूर्व योजना नरहेको दाबी गरेका छन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More