December 15, 2016

च्यारिटी नाममात्रका ,कामका वा ब्यापारिक हिसाबका चिनेर मात्र सहयोग गरौँ ।

जगन कार्की 
समाजसेवा ,मानवसेवा गर्ने भावना कर्महरुप्रति प्रश्न प्रति प्रश्न कसैलाई आक्षेप लगाउनु बिरोधकालागि बिरोध गर्नु पंग्तीकारको उदेस्य हैन मानव  जीवनको उत्तम धर्म मानव सेवा हो,  त्यो निभाउन उद्यत मन सहयोगी हातहरुलाइ निरुत्साहित गर्नु पनि यो आलेखको उदेस्य हैन  

हो नेपालमा सकारात्मक काम मन देखि नै गर्ने , भ्रस्टाचार कुशासनले सिर्जना गरेको  अँध्यारो बिच राष्ट्र जनतालाई सेवा गर्न उद्यत पवित्र दियोहरुप्रति मेरो हृदय देखिनै  सदार नमन |  राम्रो गर्नेहरु भन्दा नराम्रो गर्ने बढी भएर रम्रो काम गर्नेलाई निरुत्साहित गर्ने क्रम बढ्दो  अँधेरीमा दियो बाल्ने भन्दा अँधेरीलाइ सरापेर बस्ने जमात बढेको आभास सामाजिक संजाल   मिडियामा आउने कर्कस बिरोध लान्छनाले पुस्टी  गर्छन  


नराम्रो काम गर्नेहरु देखावटी पालिस लगाएर घोर समाजसेवी बन्नेहरु पानी माथिको ओभानाहरुको जमात बढेको राम्रो कामगर्नेलाइ खुइल्याउने खुट्टा तान्ने प्रवृति बढेको यो पंग्तीकार संगै समाजमा  केहि गर्छु भनेर लागि पर्दा खुट्टा तान्ने अझ आफ्नै भनौदाहरुको असहयोगको सामना गर्नेहरु धेरै हुनुहुन्छ होला   यसका बाबजुद आज समाजमा च्यारिटी, समाजसेवा सामाजिक ब्यबसाइक उत्तरदाइत्वका नाममा हुनेगरेका केहि अनियमितता बिकृति प्रति केहि चर्चापरिचर्चा गर्नु यो आलेखको उदेस्य हो  
समाजसेवा गर्ने ,च्यारिटीका कुरा राम्रा हुन् तर पारदर्शिताको प्रस्न नेपाली परिबेसमा सामाजिक संजाल संगै बढेको नाम मात्रको देखावटी च्यारिटी पोलुसनले राज्य संयन्त्र देखि जनस्तरमा हुने यस्ता कामको कार्यन्वयन खटकिदै आएको


केहि उधाहरण लियौं भुकम्प पीडितका नाममा आएका सहयोग दलका नेताको घरमा भेटिनु , त्रिपाल संसाद हरुले लुछाचुंडी गर्दै लैजानु देखि बिबिध रास्ट्रिय-अन्तरास्ट्रिय निकयाहरुले अहिले सम्म पीडितका नाममा च्यारिटी  ब्यबसाय चलाई रहेकाछन् | तिनका वेबसाइट देखि बिज्ञापनमा नेपालका  भुकम्प पिडितलाई सहयोग अझै मागिरहेको पाइन्छ तर सहयोग रकम पिडित सम्म पुग्ने नपुग्नेकुरा भने संसय पूर्ण रहने गरेको  
नेपालमै हेरौं जस्तापाता बेच्नेदेखि पिडितका नाममा आएको कोटामा प्रचण्ड लगायत नेताहरुका परिवारका सदस्य चीन घुम्न गएको खबरबाट हामी कोहि अनबिज्ञ छैनौँ यी प्रतक्ष मिडियामा आएका समाचार भएर हामीले थाहा पायौं तर मिडिया सम्म नपुगेका यस्ता धेरै तथ्यहरु छन् जसले नेपालको गरिवी , बेरोजगारी , असमानता ,युद्ध , शान्ति सबै कुराको च्यारिटी सहयोगको नाममा ब्यापार चलाएको


 व्यापारिक पक्षका च्यारिटी  हेरौं कर छल्ने ठुला कम्पनीका मालिक धनाड्यको लिस्टमा परेर टाउको उठाएर हिडेको हामी हेर्छौं  एनसेल जस्तो ठुलो व्यापारिक कम्पनीले समाजको लागि उत्तर्दाइत्व नाम मात्रको गर्यो उल्टो राज्यलाइ तिर्ने रकम पनि नतिरेका खबर सुन्नु पर्दा दुखको कुरा हो  
बिश्वमा कर्पोरेट फ्रड धेरै भएका उद्धाहरण छन् नेपालले यी घटना हरुबाट नै पाठ सिकेर ठुला घटना दुरुपयोग रोक्न सक्छ ब्यबसायको उत्तरदाइत्व सम्बन्धमा हाल बेलायतको ब्रिटिश होम स्टोर कम्पनिका मालिक तथा प्रबम्ध निर्देशक फिलिप ग्रीनले कम्पनिको पेन्सन फन्ड हिनामिना देखि सक्दो दोहन गरि  चरम घाटामा गएको कम्पनि कामदारहरुलाई अन्याय गर्दै कम्पनि पाउण्ड  मुल्यमा बेचेको घटनाले तरङ्ग ल्याएको यस्ता घटनाबाट एनसेल अनियमितता लगायत धेरै ब्यापारिक फ्रडमा नेपालले सिक्न सक्ने कुरा छन्

ब्यबसाय , पेसाकर्मी हामीसर्बसाधारणपनि राज्यको ढुकुटीमा कर नतिरी कंगाल पारेर कसरि उत्तरदाई सरकार अलाप्ने   कर  छल्ने अनि समाजसेवको ढोंग हास्यास्पद  भने अर्को तर्फ सरकारी निकायको निकम्मापन, फर्जी बिकाश सहायताबाट गरिने भ्रस्टचारले जनाबिस्वास गुमाएको अवस्था ।ब्यबसयहरुले गर्ने भनिएका ठुला बिग्यपन प्रचार गरिएका च्यारिटी कामको लेखा जोखा कसले गर्ने ? आजको टड्कारो प्रस्न नत्र यो गर्यौं त्यो गर्यौं भन्ने तर कागजमा  सामाजिक संजालमा फर्जी समाजसेवाको रिपोर्ट पेस गर्ने   जनता  ठगिने परिपार्टी जीवित  

के हो ब्यापार-व्यबसायले गर्ने समाजसेवा (Corporate Social Responsibility ) सामाजिक ब्यबसाइक जिम्मेवारी?
पुजिबाद्को चरम विकासले जसरि मानव मर्म संबेदनामा प्रहार गरि सबैकुरा पैसा पुंजी मुखी बनायो गत वर्ष यस प्रवृतिको बिरोध गर्दै अकुपाई वालस्ट्रिट (Occupy Wall Street) भन्दै बिश्वको ठुलो बित्तिय बजार रहेको अमेरिकाको न्युयोर्क सहरको यो ठाउलाई कब्जा गर्ने अभियान भन्ने नाम दिएको यो आन्दोलनले पुंजिबाद बिरुद्ध उपहास मानवता बिरोधि कदमको बिरोध गर्यो
पुंजीवादको यस्ता बिकृति सुधार्नको लागिनै ब्यापारमा  ब्यपारिक सामाजिक जिम्मेवारी कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अनिवार्य जस्तै बनेको कुनै पनि ब्यपारको सफलता , व्यक्तिको सफलता  तिनले समाजमा गरेको सकारात्मक योगदानबाट मापन गरिने यो बिधी अत्यन्त सकारात्मक उपयोगी  उद्योग ब्यापार , पेसा आदिको सफलताको केहि हिस्सा समाज राष्ट्को हितमा प्रयोग गर्नु सामाजिक ब्यबसाइक जिम्मेवारी हो  समाजसेवालाइ नै बस्तु सेवा प्रबर्धन गर्ने कामपनि उत्तम उपाय हो तर यस्तो नाममा ठगिने धन्दा धेरै भएका छन्



कसरि गर्न सकिन्छ
बिश्वका सबैभन्दा धनि बिल गेट्सले आफुले कमाएको सम्पतिको ९५ प्रतिसत २८ बिलियन अमेरिकी डलर च्यारिटीमा  बिश्वमा पोलियो उन्मुलनमा खर्चिन्छन , अर्का अमेरिकी धनाड्य वारेन बफेटले ११ बिलियन अमेरिकी डलर , बिश्वको सबैभन्दा बढी च्यारिटी रकम खर्च गर्नेमा नाम आउंछ साउदीका प्रिन्स अल वहिद बिन तालल £३२ बिलियन पाउण्ड लगायत सेलिब्रिटी , खेलाडीहरुले पनि समाजलाई आफुले कमाएको हिस्सा दिने गरेको पाइन्छ  
विभिन्न सफल ब्यबसायहरुले आफ्नो ब्यबसायको नाममा समाजमा सकारात्मक काम गरेर बजार प्रबर्धन गर्ने एक मार्केटिंगको अस्त्रको रुपमा प्रयोग गर्दै आएको पनि पाइन्छ
 सीएसआरले ब्यबसायको सामाजिक छवी सुधार्ने देखि व्यापारका सबै पक्षको हितमा काम गरेर समाजसेवापनि संगसंगै लैजाने अवसर प्रदान गर्दछ  यसमाझ च्यारिटीको नाममा ठगि गर्ने कोर्पोरेट फ्रडको धन्दा बिश्व बजारमा नौलो हैन तर ब्यबसायको  नैतिक कनुनि पक्षहरु ब्यबहारिक् तहमा सिक्दै गरेको अल्पबिकसित मुलुकको हिसाबले नेपालमा झन् बढी फस्टाएकों  

के हो कसरि हुने गर्छ च्यारिटी फ्रड?
-अबैधानिक चन्दा असुली , नाम एउटा काम अर्कै गर्ने क्रियाकलाप 
- उठेको रकम अन्तै प्रयोग गरि नक्कली बिल बनाउने आखामा छारो हाल्ने 
- नाम च्यारिटी भनेर सहयोग उठाउने काम अरुनै गरेर नक्कली बिल तथ्य बनाई ठग्ने 
- बैंक खाता , व्यक्तिगत डाटा  चोर्ने 
- च्यारिटी , पिडित मानवहरुका  सम्बेदना , अपात प्रकोप जस्ता पिडाहरु  बेचेर व्यक्तिगत स्वार्थ पुरा गर्ने 
- साना तिना काम गरि च्यारिटी गरे भनेर व्यापारीरुले ठुला ठुला फोटो प्रचार गरि मान्छे झुक्याएर गर्ने  ठगि 
- सामाजिक संजालमा देखाउन फोटो मात्र खिचेर गरिने नाम मात्रको च्यारिटी 


अपारदर्शी च्यारिटी नाम मात्रका कि कामका ?
गत केहि महिना अघि बेलायत स्थित रोयल अल्बर्ट हलमा नेपाली कलाकारहरु ल्याएर भब्य कार्यक्रम भयो ,अब नेपाली क्रिकेट टिम पनि बेलायत आएर खेल खेल्दैछ  भुकम्प पिडितको सहयोगर्थ भनिएको थियो यस्ता धेरै कार्यक्रम बिश्वभरि हुने गरेका छन कार्यक्रम पछि च्यारितिको रकम कहाँ जान्छ के हुन्छ बेखर हुनुले परदार्सिताको सवाल खट्किएको  

ब्यापारिक प्रयोजनका कार्यक्रम पनि आकर्षण मर्केटिंगको लागि च्यारिटी भन्दिने परिपाटी हावी   तर काम चाही ब्यापारिक व्यक्तिगत देखावटी समाजसेवाको लागि गर्ने परिपाटी , अझ सामाजिक संजाल फेसबुकमा देखाउनका लागिमात्र गरिने परिपाटी,   च्यारिटीको दालभात जाँडले यो महान समाजसेवी शब्द कर्म दुवै बिटुलो पार्यो  सहि सेवा गर्ने अहिले पनि त्यस्तै   कार्यक्रम ब्यबस्थॉपन महँगो हुन्छ खर्च नि हुन्छ ब्यबस्थापन खर्च ,खट्नेको  पारिश्रमिक काटेर कार्यक्रम पछि  च्यारिटी मिसनमा के काम भयो भन्ने जानकारी पाइन्न


च्यारिटी नामका , ब्यापारका कामका छुट्टिनु पर्यो अब पीडितका नाममा धेरै सहयोगका खोला बगे तर झोला अर्कै को भरिएका छन् कार्यक्रम सम्पन्न भो भन्दै मिडियामा आउने फलानो ज्युको यस्तो उस्तो सफलतासंगै संछिप्त खर्च आम्दानी विवरण देखाइदिए च्यारिटीको पोलुसन कम हुनेथियो  कि ?

उपाय के ?
यसरि हुनेगरेका  अनियमितता रोक्ने ठुलो उपाय भनेको जनचेतना मिडिया बाट भन्डाफोर, साथै सामाजिक उत्तर्दाइत्वो ननिभाउने  कम्पनि , धनाड्य, सेलिब्रिटीहरुलाई निरुत्साहित  नागरिक् समाजले खोजीनिती गरेर पारदर्शी बन्न दबाब दिने नबने तुरुन्त तिनको च्यारिटी , ब्यबसाय बहिस्कार गर्ने एउटा परिपार्टी भने खुलेआम ठगि गर्नेहरुलाई भने प्रहरी प्रशासनमा उजुरी नै उत्तम विकल्प हो
 फ्रड रोक्न हदैसम्मका सजाय कानुनी प्रावधानरहेका छन् त्यो भन्दा बढी जनस्तरको निगरानी रहेको पाइयो नेपालमा पनि च्यारिटीलाइ फेसनको रुपमा बढाइदै यसलाई रोकेर  असल कर्मको रुपमा प्रबर्धन गर्नु टड्कारो आवस्यकता देखिएको
बिकसित देशहरुको उत्तम कार्य अभ्यास हेर्दा च्यारिटी फ्रड नियन्त्रण गर्ने प्रहरी प्रशासन मा छुट्टै सेल भएको पाईयो नेपालमा पनि प्रहरि समाज कल्याण मन्त्रालयले विभिन्न कानुनि दायरा  कडा गर्दै आएको देखिन्छ भने विदेशमा बसेका नेपाली हरुमाझ च्यारिटी कार्यक्रम लोक्रप्रिय भएपनि पारदर्शी कम हुने  देखिएको
पारदर्शिता सम्बन्धमा बेलायतमा नेपालीहरुको समाज रोयल ग्रिनविच नेपाली समाजले नया बर्षमा गरेको भब्य कार्यक्रमबाट भएको खर्च आम्दानी विवरण सार्बजनिक गरेको देखि गत हप्ता नयाँ शक्तिनेपालले पार्टी घोसणा कार्यक्रमका लागि उठाएको रकम त्यसको खर्च विवरण सार्बजनिक गर्ने काम उदाहरणीय हुन्  यस्ता पारदर्शी क्रियाकलापले बिकृति रोकेर जनबिस्वास बढाउन मद्दत गर्छन  
अब साचो अर्थमा च्यारिटी गर्नेलाइ फ्रड च्यारिटीले बदनाम गर्ने परिपार्टी रोक्न यस्ता समाजसेवाका कामहरु कति सहयोग उठ्यो , खर्च , लागत काटेर सम्बन्धित सेवा वा च्यारिटीमिसनमा भएको कामको विवरण जोडेर विश्वासिलो संचार दिन सबै  असल भावना भएका समाजसेवी , ब्यापारी कल्याणकारी व्यक्ति संस्थाहरुलाई चुनौती थपिएको  
(लेखक कार्की बेलायतमा ब्यापार प्रबर्धनमा अनुसन्धानरत  छन् )
Published on ONline Khabar -
6/30/16

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More