December 26, 2016

गरीबहरुले पनि किन्न सक्ने बजार कहिले आउँला त नेपालमा पनि ?

धर्म र संस्कृतिको नाउँमा गरीब मार्ने प्रब्रितीको बिरुद्द सांस्कृतिक अभियान कहिले आउँला त हाम्रो नेपालमा ?
नेपालका ब्यापारीहरु कहिले चाडबाड आउला र उपभोक्ता ठगुम्ला भनेर कुर्छन्। माग्नको सट्टा गरीबले पनि किनेर खान सकोस् भनेर कसैले सोच्दैन।
जब दशैं, तिहार, ल्होछर, छठ आदी परम्परागत पर्बहरु नजिक आउनासाथ ब्यापारीहरुले सामानमा मूल्य सूची देखाउनु त कता हो कता मनोमानी र भद्रगोल तरीकाले जे मुखमा आयो त्यही गरी मुखैले बजारको भाउ राखेर छोई खान नसक्ने बनाउँछन् ।

तर बेलायतको बजारतिर यसको भने उल्टो छ। ब्यापारीहरु सरकारको खुबै डर मान्छन् । उदाहरणको लागि सधैं पचास पी देखि एक पाउण्डको हाराहारीमा पाईने यी तरकारीका पाकेटहरु क्रिस्मस जस्तो राष्ट्रिय पर्ब ताका चार गुणा सम्म कम भाउमा बाहिरै मूल्य टाँसेर राखिन्छ र बेचिन्छ। दायाँको यो फोटो क्रिस्मसको अघिल्लो दिनको लण्डन स्थित आस्डा सुपरमार्केट बजारको हो । देखिहाल्नु भो होला स्प्राउट, ब्रोकाउली, गाजरको मूल्य २० पी टाँसेको । आज 'बक्सिङ-डे' को त के कुरा गर्ने र? नाम चलेका सुपर मार्केटहरुले नै सदा बेच्ने मालको मूल्य भन्दा आधा मूल्य मै बेच्छन् ।
गरीबहरुले पनि किन्न सक्ने बजार कहिले आउँला त नेपालमा पनि ? अंझै धर्म र संस्कृतिको नाउँमा गरीब मार्ने प्रब्रितीको बिरुद्द सांस्कृतिक अभियान कहिले आउँला त हाम्रो नेपालमा ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More