December 1, 2016

खबर्दार! "बिर्खले-माछो" ले जिउँदै मार्ला है फेशबुकमा!!



By रुद्र ढकाल #हलोवाला

नमस्कार! मेरा प्यारा प्यारा मित्रहरु बिशेष गरी भर्खर बैंशको पानी चड्दै गरेका कलिला नब युवा-युवती भाईबहिनी तथा जवान मित्रहरु हो !

अनि "जति बुढो उति फूँडो" भन्ने पल्टिएर आफ्नी नजिकै ओछ्यानकी अर्धांगिनीहरुलाई बे-वास्ता गर्दै दूर-दराजकी नखर्माउली छप्की परस्त्रीहरुसंग जिस्किंदै नाङ्गिन खोज्ने पुरुष मनुवाहरु हो !!

त्यस्तै रियल वर्ल्ड अर्थात् बास्तबिक संसारमा आफ्नो र आफ्ना बच्चाहरुका भबिष्यकोलागि दिनभर लामो-लामो घण्टा मरिमेटेर दु:ख गरी रहेका आफ्नै घर भित्रको बेडरूम गुन्द्रीमा दोब्रिईरहेका सीधासाधा र निमुखा श्रीमान् हरुलाई थाङ्नामा सुताउँदै उनीहरुको आँखा छलेर बडो महत्वाकांक्षी भई मिडिया स्क्रीनको काल्पनिक संसारमा उड्दै दुर दराजका अपरिचित मान्छेहरुलाई नाठा बनाई भर्चुअल सेक्समा आनन्द लिन खोज्ने छट्टुमति या छँडुली मैयाँहरु हो !!!


म आज तपाईंहरु सामु एउटा क्याटफिस (Catfish) अर्थात् "बिर्खले-माछो" ले कसरी आधुनिक संसारलाई रुवाउँदै छ त ? भन्ने समसामयिक बिषयमा केही खोज मूलक लेख राख्छु।

के हो त क्याटफिस् (Catfish) अर्थात् "बिर्खले-माछो"?

क्याटफिस् (Catfish) एउटा यस्तो माछा हो जसले आफ्नो वरपर आउने जो कोही शत्रुलाई एक्कासि आफ्नो पेटभित्रको बिशेष अंगबाट ३०० देखि ४०० वाट सम्मको करेण्ट फाली बेहोस् हुने गरी ठूलो झट्का दिन्छ।

हिंजो आज फेशबुकमा प्रोफाइल पिक्चरमा अर्कै केटीको फोटो राखी एउटा संगठित आपराधिक गिरोहले धनी मानिसहरु, हाई प्रोफाइल राजनीतिज्ञहरु, नाम चलेका समाज सेवीहरु र समाजका सेलिब्रिटीहरु लगायत जो कोही सर्बसाधारण मानिसहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाई साथी बनाएर इन्टरनेटको वेबक्यामको माध्याम बाटै यौनजन्य क्रियाकलापमा सरिक हुन बाध्य बनाई नराम्रो संग ब्ल्याकमेल गरेर फसाउने गरेको पाईएको छ। शुरुमा मन जित्नकोलागि यस्ता समूहका सदस्यहरुले आफ्नो शिकार छनौटमा परेका अपरिचित मान्छेहरुलाई फेशबुकमा उनीहरुको प्रोफ़ाईलसंग मिल्ने जुल्दो हुने गरी प्रोफ़ाईल बनाएको पाइएको छ। जस्तै यदि कुनै रेस्टुरेण्टको मालिकलाई फसाउन पर्यो भने तिनीहरुले आफ्नो प्रोफाइलमा त्यस्तै प्रकृतिको पेशा राख्ने गरेका हुन्छन्। यसरी अबास्तबिक मान्छेले फेक आई डी मार्फत् आफु आईमाई भएको नाटक गरेर मायाजालको अभिनय रची टाढा दुरी बाटै परपुरुषलाई नराम्रोसंग यौन जन्य झट्का दिने काल्पनिक चण्डाल ब्याक्तिलाई प्राबिधिक भाषामा क्याटफिस् (Catfish) अर्थात् अर्थात् "बिर्खले-माछो" भनिन्छ।                  

यस्ता क्याटफिस् (Catfish) अर्थात् "बिर्खले-माछो" ले युवा पुस्ता देखि बुढापाका सम्म सारा नेपालीहरुलाई समेत भित्र भित्रै सखाप पार्ने गरेको थाहा हुन आएकोछ।

बिबिसी रेडियो फोर (४) को यही नोभेम्बर ३०, २०१६ को बिहान ८:४० को बिशेष कार्यक्रम अनुसार आजभोली ईन्टरनेटमा जताततै विश्वभरी जस्तै नै एउटा सांगठनिक आपराधिक गिरोह क्याटफिस् (Catfish) अर्थात् "बिर्खले-माछो" को प्रयोग गर्दै निकै सल्बाएको खबर छ। यसै गरी दूरदराजकै कोठाभित्र बसेर कम्प्युटर मसार्दै एक सांगठनिक (तेश्रो पार्टी) गिरोहहरुले कुनै पनि दुई पक्ष बिच सेक्रेट रुपले वेबक्याममा आपसी रुपले भैरहेको भिडियो सेक्सलाई पनि ह्याकिंग गर्दै १० सेकेण्ड भित्रै आफ्नो कब्जामा पारेर ट्यापिङ्ग गरी तुरुन्तै यु-ट्युब भित्र हाली सम्बन्धित व्याक्तिहरुको फेशबुकको टाइमलाइन तथा प्रोफाइलहरुमा उक्त भिडियो लिंकलाई सार्बजनिक रुपले नै कमेन्ट बक्समा पोष्टिंङ्ग र ट्यागिंग गर्दै बेईज्जतिको धम्की दिंदै पैसा असुली गरिरहेको समाचार छ। हिंजो बिहानको बिबिसी रेडियो फोरले जनाए अनुसार यस्ता घृणित र आपराधिक कार्यले कयौं मानिसहरुको चरित्र हत्या भई घरबार बिग्रिरहेको अबस्था छ भने कयौंले आत्महत्या पनि गरिसकेको समाचार छ। समाचार अनुसार यसपाली मात्रै युकेमा ४ जनाले आत्महत्या गरिसकेकाछन्।

बेलायत भित्रबाटै प्राप्त एक गोप्य भिडियो फाइल समेतको सूचनाको आधारमा थुप्रै हाई प्रोफाइल नेपालीहरु पनि यस्तो स्कामको शिकार भै सकेका र अझै दिनहुँ भईरहेको देखिन्छ। यसमा पुरुषहरुको संख्या थोरैले बढी भए पनि महिलाहरुको संख्या पनि कम नभएको श्रोतको दाबी छ।

ईन्टरनेट भित्र कसैले नदेख्ने गरी गरेको गोप्य कामबाट पनि कसरी हुन्छन् त मानिसहरु १० सेकेण्ड भित्रै यस्तो कार्यको शिकार?


Rudra Dhakal Halowalla's Profile Photo
Rudra Dhakal "Halowalla"
नयाँ मिडियाको बिद्यार्थीको नाताले भन्नु पर्दा यसमा हाई प्रोफाइल मिडिया ईण्टेलिजेन्स र आर्टिफ़िसियल ईण्टेलिजेन्स अनि सिग्मण्ड फ़्रोईडको साईको एनालाइसिस् थ्यौरीहरुलाई एकै ठाउँमा संगठित गरी एप्लाई गरिएको हुन्छ त्यसको ब्याख्या गर्नतिर लाग्दा यो लेख लामो हुने भएकोले त्यतातिर नजाउँ होला ।

छोटकरीमा भन्नु पर्दा,

अर्कालाई जबर्जस्ती हैरान पार्ने उद्देश्यले केही संगठित अपराधिक समूहले दक्ष, खुंखार तथा एक्सपर्ट साइकोलोजिस्टहरुलाई जागिर दिई ईन्टरनेट प्रबिधीको प्रयोग गरेर सामाजिक संजाल मार्फत मानिसहरुको बिशेष यौन सम्बन्धी जिज्ञाँसा र रुचीहरुलाई पत्तालगाइन्छ। उदाहरणको लागि त्यस्ता समूहले मानिसहरुको कम्प्युटरलाई टाढैबाट ह्याक गरी गोप्य रुपले निगरानी अर्थात् मोनिटरिङ्ग गरेर कसले कति पटक कस्तो कस्तो वेब साईट र कस्तो किसिमको तस्बीरहरुलाई मन पराइरहेको हुन्छ भन्ने कुराको अध्यायन गरिरहेका हुन्छन् । यसकोलागि उनीहरुले टाढैबाट आफ्नो टार्गेटको वेब हिस्ट्री र सामान्य फेशबुक एकाउण्टको सहाराले पिडितको भिउ, कमेन्ट र लाईकहरुबाट पिडितहरुको आनीबानी र दिनचर्या जस्ता कुराको सजीलैसंग जानकारी लिईरहेका हुन्छन् । उदाहरणको लागि कुन चाहीं केटी वा केटाले कति पटक कति समय लगाएर कुन चाहीं केटी या केटोको फोटोहरु हेरेको हुन्छ या कस्ता खालका मानिसहरुलाई पछ्याई रहेका हुन्छन् वा हेरिरहेका हुन्छन् भनेर टार्गेटलाई उक्त समूहद्वारा रिमोट कन्ट्रोलबाटै मोनिटरिङ्ग गरिएको हुन्छ। त्यतातिर पनि धेरै बहस गर्न तिर नजाउँ होला।

त्यसो त सोझा पुरुषहरुलाई कसरी फ़साउँछन् त यस्ता स्कामरहरुले? सेक्सटोर्शन (Sextortion)

पिडित पुरुषहरुबाट लिईएको छुट्टा छुट्टै ईन्टरभ्यूको डाटा अध्यायन र विश्लेषण अनुसार बिशेष गरी एशियन पुरुष मानिसहरुले सेतो छाला भएका गोरीनी मूलका  केटीहरुसंग यौन सम्पर्क गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्ने हुनाले स्क्यामरहरुले उनीहरुलाई बढी टार्गेट गरेका हुन्छन्। यसपछि उनीहरुले त्यस्तै किसिमले फेसबुक प्रोफाइल क्रियट गर्ने गर्छन्। अर्थात् फेशबुक प्रोफाइलमा ब्लोण्डी अर्थात् गोरीहरुको फोटो नै प्रयोग गरी सही टार्गेटको खोजी गर्छन् । यसै सुनियोजित योजना मुताबिक पुरुष अर्थात् केटा मान्छेहरुलाई प्राय जसो फेशबुकमा कुनै राम्री गोरी केटीले फ्रेण्ड रिक्वेस्ट पठाउंछे। त्यस पछि बिस्तारै त्यो केटीले आफ्नो टार्गेटलाई मेस्सेंजरमा च्याट गर्न शुरु गर्छे । अनि बिस्तारै बिस्तारै नाङ्गा तस्बीर सहित "आज मलाई तँ संग बडो वेबक्यामबाट रोमान्स गर्न मन लागेको छ" भनेर फकाउन थाल्छे। आफ्ना नाङ्गा तस्बीरहरु पनि एक दुई वटा पठाउन थाल्छे। त्यसपछि त्यस्ता प्रोफाइलवालाहरुले वेब क्याममा भिडियो च्याटको लागि स्काईप आई डी पठाउँछन् यदि यतापट्टी पुरुषहरु संग स्काइप आई डी खोलेको छैन भने फेसबुककै वेबक्यामेराले काम चलाउनलाई केटी पक्षले उतैबाट उत्प्रेरित गर्छन् । यसरी पुरुष या केटाहरुलाई ती छद्म भेषका सुन्दरीहरुले क्षण भरमै आफ्ना नग्न तस्बीर मार्फत् मोहित पारेर लठ्याउँदै बडो उत्तेजित पारिदिन्छन्। अनि मेसेन्जर बाटै पुरुष पक्षको साइकोलोजी, परिस्थिति, लोकेशन र अन्य बाताबरणको जानकारी लिंदै, आफ्नो नग्न तस्बीरहरु प्रयोग गर्दै, अबस्था र परिस्थिति हेर्दै च्याट गर्दै गर्दैकन पुरुष पक्षलाई पनि वेबक्याम सामु उनीहरुको लिङ्ग प्रदर्शनको लागि बाध्य पार्दछन्।

त्यस पछि के हुन्छ त?

बिबिसीका अनुसार त्यसपछि जब वेब क्यामेरामा यता र उताबाट दोहोरो भिडियो सेक्स अर्थात् "म्यारा-मैथूँन्" दौड शुरु हुन्छ, कसै कसैलाई त हस्तमैथुन गर्न पनि उक्साउँछन् अरे । अझैं ती "क्याटफिस्" हरुले केटा पक्षले बेस्सरी मच्ची मच्चीकन आफ्नो लिङ्ग मसार्दै हस्तमैथुन गर्दै गर्दाको तथा बीर्य स्खलन हुँदै गरेको अबस्थाको भिडियो तुरुन्तै १० देखि ४० सेकेण्ड भित्रै रेकर्ड गरी युट्यूबमार्फत अपलोड समेत गरी भ्याएर लिंक तयार गरिसकेका हुन्छन् अरे । अनि त्यो भिडियोलाई तत्काल फेसबुकमा हालेर बार्गेनिंग शुरु गर्छन् अरे । ल बाबु तिम्रो मालको कमाल हेर त? भन्दै उत्तेजित अवस्थाको लिङ्ग भिडियोमा हल्लिरहेको देखाउंदै प्रदर्शक पुरुष पक्षलाई उत्तिनीखेरै ब्ल्याकमेलिङ्ग शुरु गरेर ९० डिग्री सेण्टिग्रेडको स्केलमा उठेको लिङ्गलाई लथालिङ्ग डिग्री सेण्टिग्रेडमा झारेर उसकै फेसबुकको टाइम लाइनमा उसका साथीभाईहरु तथा चिनेजानेका आफन्तहरु सबैलाई ट्याग गर्दै धम्की दिन थाल्छन् अरे । त्यसपछि तिनीहरुले पिडितको बैंक एकाउण्ट मागी पैसा दुहुन शुरु गरीहाल्छन् रे। अझ स्पष्टसंग भन्नु पर्दा यस्तो अबस्थामा एकातिर तपाई आफ्नै पग्रिएको थून दुहुन लाग्नु हुन्छ भने अर्को तिर "बिर्खले-माछो" को छौंडाले तपाईंको बैंक एकाउण्टको कचौँडो पगार्न शुरु गर्छन् रे।  पिडितहरुका अनुसार त्यस्ता छौंडाहरुले त्यो भिडियो लिंकलाई केही बेरमा नै एक दुईवटा कमेन्ट बक्स भित्र पनि हाली दिन्छन् रे । अनि भएन त लाज मर्नू फसाद ? मरिएन त जीउँदै?  बिबिसी रेडियो ४ की कार्यक्रम संचालिकाकी अनुसार यस्तो ब्ल्याकमेलिङ्ग गर्ने धन्दालाई टेक्निकल भाषामा सेक्सटोर्शन (Sextortion) भनिन्छ अरे र यस्तो धन्दा अति नै हाई प्रोफाइल र संगठित गिरोहहरुले गरेको हुन्छन् अरे ।

लण्डन मेट्रो प्रहरीका एक अधिकृतका अनुसार यस्तो आपराधिक गिरोहको ब्ल्याकमेलिङ्गबाट हाल सम्म युकेमा मात्रै चार जनाले आत्महत्या गरिसकेका छन् । ८५० जना पिडितहरुले त उजुरी नै दिई सकेका छन् भने धेरैले लाजले उजुरी नै नदिई आफु पिडित भएको घटनालाई त्यतिकै भित्र भित्रै गुम्स्याएर बसिरहेका हुछन् अरे । प्रहरीका अनुसार यस्तो ब्ल्याकमेलिङ्ग अर्थात् सेक्सटोर्शन (Sextortion) बाट यस्ता गिरोहले अहिले सम्म कैयौँ मिलियन पाउण्ड कमाई सकेछन् अरे ।

कस्तो हुन्छ त इन्टरनेट मार्फत चिन्नु न जान्नूका मान्छेहरुलाई Sextortion गर्नेवालाहरुको बास्तबिक रुप ?

मिडियाको बिद्यार्थीको नाताले हाम्रो अध्यायन अनुसार भन्नु पर्दा यस धन्दामा हाई प्रोफाइल मिडिया इन्टेलिजेन्स तथा आई टी इन्जीनियरहरुको प्रयोग गरिएको हुन्छ। तपाईंहरुले सोच्नु भएको होला कि यस्ता क्रियाकलापहरुमा सेक्सटोर्शन (Sextortion) बाट पिडित पक्ष अर्थात् पुरुष वा केटाहरुले अर्कोपट्टीबाट स्क्रीन मार्फत वेब क्याममा बास्तबिक केटीहरुसंग नै रियल टाइम भर्चुअल सेक्स गरिरहेका वा गर्ने गरेका हुन्छन् भनेर। त्यहाँ त्यस्तो खालको रियल टाइममा भर्चुअल सेक्स पर्फर्मेन्स भन्ने केही पनि हुँदैन। यो त केवल स्क्रीन मिडियाको सहाराले आफ्नी अर्धांगिनीलाई कपट गर्ने एउटा काम-लम्पट उल्लू पुरुष या आफ्नो परिश्रमी निर्धो पतिको आँखामा मुत्न खोज्ने काम-लम्पट स्त्रीलाई झुक्याउने स्क्रीन मिडियाको खेला मात्रै हो। अर्थात् चोर माथी चक्कार लागेको मात्रै हो।

यस्तो खेला कसरी सम्भब छ त बोरो-बोरी (bro and sis) हो?

कसरी सम्भब छ भने उताबाट कसैले छद्म भेष र छद्म नाम (pseudonymous) मा मरिसकेका भए पनि राम्री राम्री केटीहरुको फोटो हालेर फेसबुक एकाउण्ट खोलेको हुन्छ। त्यस्ता ब्याक्तिहरुले त्यही फेशबुक एकाउण्टबाट आफ्नो शिकारको खोजी पनि गरिरहेका हुन्छन्। यस्तो एकाउण्ट खोल्नेले आफ्नो टार्गेटको रुची या प्रोफाइल मिल्ने गरी आफ्नो प्रोफाइल चालै नपाई बनाएको हुन्छ। जस्तै कुनै राजनेतालाई फ़साउनलाई आफु पनि त्यस्तै राजनीतिज्ञ भएको प्रोफाइल देखाउँछन्।  या त्यस्तै क्लबको मेम्बर भएको देखाउँछन्। त्यसपछि नग्न तस्बीरहरु प्रयोग गर्दै केटा पक्षलाई फलोअप गर्न थाल्छन्। आफ्नो कम्प्युटरमा पहिले नै त्यस्तै केटीहरुको फरक फरक आशन र विभिन्न ठाउँको दृश्य अर्थात् सीनहरु जस्तै बाथरुम सीन, बेडरुम आदिको सीनमा फरक फरक कोणबाट खिचिएको पुरानो अश्लिल फिल्म पर्फर्मेन्सको छोटो छोटो भिडियो क्लीपहरुको फाइल ठिक्क पारेर राखिसकेका हुन्छन् । जब केटाहरुलाई च्याट गर्दै भिडियो सेक्सको लागि ठिक्क तरखरले मनाउँछन्, त्यसपछि त्यही क्लीपहरुलाई उताबाट पालै पालो प्ले गर्दै बीच बिचमा च्याट गर्दै देखाउन थाल्छन्। जस्तै आजभोली पुरानो प्रोग्रामहरुको भिडियोलाई कुनै कुनै मिडियाकर्मीहरुले आफैले सम्बन्धित ठाउँमै पुगेर लाइभ प्रोग्राम देखाए झैँ गरी दुरुस्तै पारेर लाइभ भनी अरुलाई झुक्याएर छक्याउन खोज्छन् नि? हो, त्यस्तै एक किसिमको ट्रिक पनि हो त्यो। तरपनि आजभोली यस्ता आपराधिक गिरोहहरुले बडो क्लेभर सफ्टवेयरको बिकास पनि गरी सकेका छन् अर्थात् त्यो कार्यको अधिकांश भाग कम्प्युटरको आर्टिफिसियल ईन्टेलिजेन्स (AI) द्वारा दुरुस्तै लाइभ जस्तै गरी देखाईएको हुन्छ। पिडितहरुसंगको अन्तर्वार्ताबाट के समेत् पत्ता लागेको छ भने यस्तो क्याटफिस् हरुले भिडियोमा च्याट गर्दा मरिकाटे मुखले नबोल्ने तर दोहोरो संबाद भने हातले टाइप गरेको मेसेज टेक्स्टबाट मात्रै गर्ने गर्दछन्। यसबाट पनि उनीहरुले देखाउने सेक्स पर्फर्मेन्सको उक्त नग्न भिडियो रियल टाइम र उनीहरुको आफ्नै वास्तविक भिडियो नभई अर्कै केटीहरुको र जमानाको बासी क्लिप भएको हुनुपर्छ।      

जे होस् पुरुष पक्षको भने आधुनिक र इण्टेलिजेण्ट सफ़्ट वेयरको सहायताले लिङ्गको टाउकाको रातो भाग लाई फेस डिटेक्शन प्रबिधिले जस्तै डिटेक्ट गरी अटोमेटिक रुपले ताजा भिडियो खिचिरहेको हुन्छ जसले केटा पक्षको उतेजित रुपले हल्लिरहेको लिङ्गको १० सेकेन्ड देखि ४० सेकेण्ड भित्रै भिडियो खिचेर तुरुन्तै युट्युबमा पनि अपलोड गरेर लिंक समेत शेयर गर्नको लागि तयार गरिदिन्छ अनि त्यस्ता लिंकहरुलाई ती ब्ल्याकमेईलरहरुले हातैले बिच बिचमा म्यानुअल टेक्स्ट टाइप गर्दै,  च्याट गर्दै, बीच बिचमा कपी पेष्ट गर्दै तुरुन्तै सहभागी पुरुषहरुलाई विभिन्न धम्की दिंदै फेसबुकमा शेयर गर्दै सताउन थाल्दछन्।

अध्यायनका अनुसार एकाथरी गिरोहद्वारा पैसाको लागि यस्तो ब्ल्याकमेलिङ्गको धन्दा गर्ने गरिन्छ भने अर्काथरी आपराधिक समूहद्वारा कसैको चरित्र हत्या गरी व्यक्तिगत तथा राजनीतिक फाइदाको लागि गर्ने गरिएको हुन्छ। यसका अलावा केही धार्मिक संस्थाहरुले पनि समाजका युवा पुस्ताहरुमा डरलाग्दो गरी फैलिईरहेको यस्तो अनैतिक अनलाइन सेक्सलाई दुरुत्साहन गरी समाजमा नैतिक पाठ पढाउनको लागि पनि यस्तो प्रोपागाण्डा गर्ने गरेको पाइञ्छ। यसका साथै पुरुष पिडित महिलाहरुको संजालले पनि पीडक पुरुषहरुलाई त्यस्तै किसिमले बदला लिनको लागि यस्तो संगठित आपराधिक गिरोहहरुलाई उपयोग गरी भाडामा लिएर यस्तो किसिमको गृहकार्य (टास्क) जिम्मा लगाई त्यस्तो कार्यमा संलग्न पुरुषको पार्टनर, श्रीमती, नातेदार, आफन्त, काम गर्ने अफिस तथा कार्यालयहरुमा पनि उक्त नङ्न तस्बीर र भिडियोहरु पठाई बेइजत गर्दै बदला लिने गरेको पनि बिश्वस्त श्रोतको दाबी छ।

त्यसैले सामाजिक संजालले घेरिएको तथा ग्लोबल भिलेजको जमानामा कसैले पनि आफुहरुलाई देखेको छैन भनि हल्का, सस्तो र छाडा पाराले भित्र भित्रै एकान्त कोठामा बसेर खुसु-खुसु आफ्नो शरीरका गोप्य अंगहरु प्रदर्शन नगर्नु होला, कृपया संयमित र होसियार हुँदै सचेत र सभ्य नागरिक भई आ आफ्नो काम र बचेको समय समाज सेवामा बिताउनु होला।

~ उही #हलोवाला।

बाँकी कुरो बिबिसी रेडियो फोर (४) को यो लिंकमा गएर ८:४० को समयको अर्थात् पुरै प्रोग्राम एक चोटी अबश्यै श्रबण गर्नु होला। धन्यबाद।
http://www.bbc.co.uk/programmes/b083p8xw

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More