November 8, 2016

ब्यापारीहरुको कमिसन खाएर ओलीका भरौटेहरुले लोडसेडिंग गरेको कति सत्य हो? छानबिन होस्

बिजुली लुकाएर देश अन्धकार पार्ने हरुलाई कारबाही माग गर्दै महाबिरपुनले अपिल लेखे संगै अर्को एउटा समाचार आज सामाजिक संजालमा भाइरल भएको छ । दुवै समाचार तल प्रस्तुत गरिएको छ ।


राजधानीबासी तथा लोडसेडिङमुक्त नेपाली जनतालाई मख्ख मात्र नपर्न अपिल ! - Mahabir Pun
लोडसेडिङबाट मुक्त हुनु अथवा लोडसेडिङ घटेर न्यून हुनु धेरै खुसीको कुरा हो । यति भयो भने पनि नेपालको आर्थिक विकासमा धेरै राहत हुन्छ किनभने व्यापारीहरुले, उद्योगपतिहरुले र सर्वसधारणले लोडसेडिङ हुँदा गर्नुपर्ने वैकल्पिक उपायहरुमा पैसा खर्च गर्नुपर्ने छैन । तर विद्युत पाएको खुसियालीमा हामी मख्ख मात्र नपरौं भन्ने मेरो अपिल छ ।

मेरो अपिल यसप्रकार छ- त्यसरी विद्युत लुकाएर केही ‘विशिष्ट वर्ग’का उद्योगहरुलाई मात्र वितरण गर्ने विद्युत प्राधिकरणका जिम्मेवार अधिकारीहरुलाई तत्कालै निलम्बन गरेर त्यसको छानबीन होस् र कडा भन्दा कडा सजायँ दिईयोस् । देशलाई भताभुंग पार्ने धमिराहरुमा तिनीहरु पनि पर्दछन् । उनीहरुले विद्युत लुकाएर केही विशिष्ट उद्योगपतीहरुलाई मात्र विद्युत वितरण गरी प्रशस्त घुस खाएको पैसा पनि ओकाल्नुपर्छ । साथै यत्रो बर्षसम्म जनतालाई दिएको दुःखको पनि जरिवाना तिराउनु पर्दछ ।

यो कुरा पनि बुझौँ, कुनै पनि काम सुचारुरुपमा संचालन गर्न राम्रो व्यवस्थापन हुनु अत्यन्तै जरुरी हुने रहेछ भन्ने एकदमै राम्रो उदाहरण हो यो । विद्युत प्राधिकरणको वर्तमान कार्यकारी निर्देशकले गरेको पनि राम्रो व्यवस्थापन मात्र हो । सबै क्षेत्रमा यस्तै सृजनशील र असल कार्यकारी निर्देशकहरु भए भने देशको विकास हुन धेरै समय लाग्दैन । देश बर्बाद भए कै घुस्याहा र भ्रष्ट नेताहरु र प्रशासकहरुले गर्दा नै हो जुन कुरा सबैलाई छर्लंग छ ।

कमिसन खाएर लोडसेडिंग

केपी ओली प्रधानमन्त्री हुँदा वर्षातको समयमा पनि १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । तर, अहिले तिहारमा काठमाडौं उपत्यकामा लोडसेडिङ नभएपछि उक्त रहस्य खुल्न आएको हो । स्रोतका अनुसार ठूला ठेकेदार कम्पनिहरुको विद्युत् लाइन नकाट्ने र सोबापत् ओलीलाई ५० देखि ६५ प्रतिशतसम्म कमिसन दिने गरी सरकारी च्यानल मिलाएर लोडसेडिङ गरिएको थियो ।

विद्युत् प्राधिकरणका एक अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा भने, हामीले बक्यौता नतिर्ने ठूला ग्राहकको लाइन काट्न र लोडसेडिङ कम गर्न पूर्व प्रधानमन्त्री ओलीज्यूलाई पटकपटक अनुरोध गर्यौं । तर, उहाँले मान्नुभएन । नेता महेश बस्नेतमार्फत् लाइन नकाट्नु भन्दै ६८ जना ठूला ग्राहकको लिस्ट पठाउनुभयो । प्रधानमन्त्रीको निर्देशन कसरी नमान्नु ? त्यसैले लोडसेडिङ बढ्न गयो ।

ओलीले मासिक आठ लाखसम्म बिल उठ्ने ६८ ठूला कम्पनिको लिस्ट प्राधिकरणमा पठाएर लाइन नकाट्न धम्की दिएका थिए । त्यसको चाँजोपाँजो मिलाउने जिम्मा उनले महेश बस्नेतलाई दिएका थिए । स्रोतका अनुसार ८ लाख तिर्नुपर्ने ठूला ग्राहकले महशुल नतिरेबापत् ओलीलाई ४ देखि पौने पाँच लाखसम्म बुझाउँथे । ओली सरकारबाट हटेपछि ठूला ग्राहकले लाइन काटिने डरले बिल भुक्तानी गरेको र विद्युत् चुहावट रोकिएका कारण उपत्यकामा तिहारमा लोडसेडिङ् हटेको थियो । साझासवाल बाट

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More