October 21, 2016

भ्रस्टहरुको लोकमानलाइ आरोप लगाउन अग्रसरताले अख्तियार भ्रस्ट संरक्षण आयोग नबनाइयोस

अब अख्तियार भन्ने ठाउँ नेताले भनेको , दलले भनेको नमाने महा अभियोग खेप्ने चाप्लुसी गर्ने ठाउहो-भ्रस्टाचार नियन्त्रण हैन संरक्षण गर्ने थलो हो  भन्ने भ्रम चिर्न लोकमानले आफु कलङ्कको टीको लगाएरै भएपनि यी भ्रस्ट हरुका कर्तुतका फायल सार्बजनिक गरेर जाउन - खोला नला बेच्न देखि कालोलाइ सेतो सेतोलाइ कालो बनाउने , रास्ट्रघात् गर्ने हरुसामु उनले गरेको सानातिना गल्तिको हिसाब सानो होला ।
प्रतिसोध लोकमानले कतिगरे प्रमाणित होला तर प्रतिसोध त एमाले र माओबादीका संसदहरुले लिएको पनि देखिन्छ । एमालेका बहालवाला मन्त्रिको अनियमितता लाइ रोकेको  , क्यानटुंन्मेंट काण्ड छानबिन सुरुको प्रतिसोध हो कि हैन ? नक्कली डाक्टर विभिन्न भ्रस्ट हरुलाइ समात्ने , फुटबल भ्रस्टाचार समाउने ठुलाठुला काम उनकै पालामा भएको  देखिन्छ । 

स्रोतले दिएको जानकारी अनुसार सर्वोच्च अदालतले आफूमाथि कडा एक्शन लिएपछि विदा मिलाएर सरकारी खर्चमा क्यानडातिर लागेका लोकमानले केही समय दुबईमा बसेर एमाले नेताहरुलाई अख्तियारको निशाना बनाउने योजना बनाए, जुन उनका लागि ऐतिहासिक भवितव्य बन्न पुग्यो । र, त्यही कारणले विमानस्थलमा ओर्लँदा नओर्लंदै एमाले र माओवादीको संयुक्त आवेदनमा बुधबार साँझ संसदमा उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो ।
एमाले र माओवादी उच्च स्रोतको दाबी छ, लोकमान एमाले र माओवादीका दुबै दलका प्रमुख नेताहरुलाई मुद्दा हाल्ने योजनासहित नेपाल आएका हुन् । महाअभियोग दर्ता नगरेको भए आज विहानै उनले पत्र काटिसक्ने, माओवादी नेताको दाबी छ । उनले बताए अनुसार लोकमानले तत्कालीन सेना समायोजन विशेष समितिमा रहेका एमाले र माओवादीका प्रमुख नेताहरुलाई नै पत्र काट्ने योजना बनाएका थिए ।
यसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि डा. बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डसम्मको नाम रहेको उनको तर्क छ । साथै एमाले अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ र अग्नि खरेल लगायतको नाम पनि लोकमानको सूचीमा रहेको उनले दाबी गरे ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More