July 30, 2016

सरकारी जागिरका लागि बेरोजगारसंग फारम सुल्कबाट अरबौं लुटीरहेको खुलासा

🗣आजको खबदारी👉 सरकारी जागिरखान दस्तुर तिराएर त्यो पदलाइ बर्षौं पुग्ने तलब बराबर लुट - मुलुकमा योग्य जनशक्ति छनोट गर्दा पनि बेरोजगारले नै पैसा तिर्नुपर्ने?? नीतिगत लुट गरिब बेरोजगारलाइ आसाको रोटि देखाएर खल्तीको २ पैसापनि झिकिदिने कानुन तुरुन्त खारेज गर !

👆कान्तिपुरको समाचार जस्ताको तस्तै✍
शिक्षक सेवा आयोगले निमावि शिक्षकको विज्ञापन गर्दा एक जनासँग सात सय रुपैयाँ दरले उठायो। समावेशीतर्फ फारम भर्नेले थप पाँच सय रुपैयाँ तिरे। एक हजार एक सय १७ पदका लागि एक लाख १६ हजार तीन सय ४० जना आवेदन दिएका छन्। सात सयको दरले आठ करोड १४ लाख हुन्छ। यसमा समावेशीतर्फ फारम भर्नेहरूले तिरेको थप ५/५ सय रुपैयाँ जोडिएको छैन। परीक्षा शुल्क तिर्ने बेरोजगार युवा हुन्।
निमावि तृतीय तहका एक शिक्षकले २३ हजार एक सय तलब पाउँछन्। बेरोजगारले परीक्षा शुल्कबापत तिरेको रकमले एक हजार १ सय ७ निमाविका शिक्षकलाई तीन महिनाको तलब खुवाउन पुग्छ। आयोगले यसअघि मावि तहको ६ सय ११ शिक्षक पदका लागि विज्ञापन हुँदा ४० हजारले आवेदन दिएका थिए। उनीहरूबाट पनि झन्डै तीन करोड रुपैयाँ परीक्षा शुल्क उठेको थियो। ०६९ मा १३ हजार शिक्षकको विज्ञापन गर्दा परीक्षा शुल्कमात्रै झन्डै ३० करोड उठेको थियो। यसरी सरकारले बेरोजगारसँग चर्को आवेदन शुल्क लिएर बर्सेनि करोडौ रुपैयाँ राजस्व उठाउने गरेको छ। 
Source - 
Go to this link for detail news about this http://bit.ly/2axBp1B

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More