July 25, 2016

खान नपाएर भन्दा खान नजानेर बिमारीहुने संस्कारबाट यसरि मुक्ति पाउनुस

उमेरभन्दा कम देखिने इच्छा सबैलाई हुन्छ । सन्तुलित र सही खानाले केवल शरीरलाई मात्र स्वस्थ बनाउँदैन, बुढ्यौलीपनको लक्षणलाई पनि पर धकेल्न मद्दत गर्ने गर्दछ । एन्टी–अक्सिडेन्ट र फाइटोकेमिकल्स पाइने खानाले शरीर र छालालाई जवान बनाईराख्न सहयोग गर्ने गर्दछ । उक्त खाने कुराहरु निम्नचानुसार छन् ः

१. सुन्तला, मौसम, अंगुर, निबुवा आदिमा भिटामिन भरपुर मात्रामा पाइन्छ । यसमा बायोप्लेबोनाइड र लाइमोनिन पनि प्राप्त हुन्छ । यी सबै चिजमा एन्टी–अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । जसले बुढ्यौलीलाई पर धकेल्छ ।
२. फर्सी, आँप, आरु, सखरखण्ड आदिमा बिटा क्यारोटिन र भिटामिन सी र एन्जाइम प्रचुर मात्रामा पाइन्छ । यी तत्त्वले छालालाई जवान बनाइराख्न मद्दत गर्छ ।
३.मेवाले पेटका लागि राम्रो गर्छ नै, छालाको सुन्दरता पनि कायम राख्छ । यसमा पर्याप्त मात्रामा भिटामिट ए र एन्टी–अक्सिडेन्ट पाइन्छ ।
४.दहीले पाचनक्रियालाई मद्दत गर्छ । विभिन्न अध्ययनले दहीमा जीवित ब्याक्टेरियाहरू हुन्छन् भन्ने पत्ता लागेको छ । क्याल्सियमको राम्रो स्रोत भएका कारण यसले अस्टियोपोरोसिसबाट बचाउँछ । यसले छालालाई जवान बनाइराख्छ ।
५.काउली, ब्रोकाउली, ब्रसेल्स स्पाउट्स आदि तरकारीले रोगहरूबाट सुरक्षा प्रदान गर्छ । यी तरकारीमा पाइने बिटा कैरोटिन, आइसोथियोसाइनेट्स आदिले क्यान्सर रोक्न पनि मद्दत गर्छ । यसको नियमित सेवनले मानिसलाई बढी उमेरमा पनि जवान देखाउन मद्दत गर्छ ।
६. भटमासबाट उत्पादित सोया, पीठो, दूध र तोफु आदिमा भरपुर क्याल्सियम हुन्छ । यिनले पनि शरीरलाई जवान राख्न पनि मद्दत गर्छ ।
७.स्याउ र स्ट्रबेरीजस्ता फलमा घुलनशील फाइबर हुन्छ । यी फलमा प्रचुर मात्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जसले उमेरलाई थामिराख्छ ।
८.गोलभेँडामा लाइकोपिन नामक तत्त्व पाइन्छ, जो एकप्रकारले कैरिटिनाइड हुन्छ । गोलभेँडाको यो तत्त्वले छालालाई सदैव जवान र चम्किलो देखाउँछ 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More