July 1, 2016

ललितपुरमा स्कुलको पर्खाल भत्किदा २ बिद्यार्थीको मृत्यु र २२ घाइते सुरक्षित बिद्यालय भवनमा मात्र बालबालिका पाठाऔं!

बालबालिका ठुला बिल्डिंग र देखावटि सान हेरेर हैन सुरक्षित बरु बाँसले नै बनेको बिद्यालय पठाउनुहोस् ! ललितपुरमा जाबो बर्सातले भत्किने कम्पाउण्ड बनाइएको रहेछ पुस्पांजलि भानिने बिद्यालय बिद्यालयमा २ बिध्यर्थिको मृत्यु भएको छ । राजधानीमा यस्ता ज्यानमारा भवन र सम्रचानामा बनेका धेरै बिध्यालय छन् सबैले सोचौं सरकार र सम्बन्धित निकायको ध्यान जाओस । खबरदार , होसियार !

यससम्बन्धित समचाव्त सेतोपाटिबाट लिइएको छ तल हेर्नुस >>>
वर्षापछि ललितपुरको बाडेगाउँमा रहेको पुष्पाञ्जली स्कुलको पर्खाल भत्किँदा २ जनाको मृत्यु हुनुका साथै करिब दुई दर्जन विद्यार्थी घाइते भएका छन्। मृत्यु हुनेमा वर्ष ९ की कृपा राई र वर्ष १० की अञ्जना पुन मगरको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो।

शुक्रबार बिहान स्कुलको छेउमा लगाइएको ढुंगासहितको पर्खाल भत्केर स्कुलको भित्ता भत्केपछि कक्षा २ र कक्षा ८ मा पढ्ने विद्यार्थी घाइते भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले सेतोपाटीलाई जानकारी दिए।

‘जग्गा प्लानिङ गर्नेले ठूलो वाल लगाएको रहेछ। त्यो वाल भत्केर स्कुलको भित्तामा लागेपछि स्कुलको भित्ता पनि भत्कियो’,  शर्माले भने ‘दुबै क्लासका २१ जना जति विद्यार्थी घाइते भएका छन्।’

घाइते विद्यार्थी  पाटन र बिएण्डबी अस्पतालमा उपचार भइरहेको  र केहीको अवस्था गम्भीर रहेको प्रजिअ शर्माले बताए।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More