June 25, 2016

श्रीमानले साउदीमा भन्दा बढी नेपालमा बाख्रापालन गरि आफै कमाउछु - धनकुमारी को संदेशबिदेशिएका नेपालीहरुलाई

bakharapalanरामकुमार श्रेष्ठ
११ असार, नवलपरासी । नवलपरासीको देउराली-५ बेलुवाका धनकुमारी महतोको जीवनमा अहिले धेरै परिवर्तन आएको छ । कुनैबेला झगडालु श्रीमान रक्सी खाएर हिँडदा घर खर्च पनि चलाउन गाह्रो भएर समस्या नै समस्यामा परेकी धनकुमारीलाई अहिलो आफ्नो जीवन स्वर्ग झैँ लाग्न थालेको छ ।
गाउँमा बाख्रापालनको लहड चलेपछि त्यही काम थालेकी  धनकुमारीको जीवनमा बाख्राले नै परिवर्तन ल्याइदिएको हो । बाख्रापालन गर्न थालेपछि समूहमा हिँडडुल गर्ने नयाँ-नयाँ कुरा सिक्न पाउने र महिलाको पक्षमा आवाज उठाउँदै कुलतमा लागेकालाई सम्झाउने गरेपछि उनको जीवनमा ठूलै परिवर्तन भएको हो ।
उनले अहिले बाख्रापालनबाटै घरखर्च चलाउँदै दुई छोराछोरीलाई पढाइ खर्च समेत धानेकी छन् । २२ वटा बाख्रा पालेकी उनले त्यसका अवला मासिक रुपमा आफ्नो आम्दानीबाट वचत समेत गर्ने गरेको बताउँछिन् ।
“म समूहमा लागेपछि मेरो श्रीमान्ले रक्सी खान छोड्नुभयो, त्यो नै मेरो लागि सबैभन्दा खुसीको कुरा हो । पहिला रक्सी खाएर विरामी पर्नुहुन्थ्यो । उपचारको लागि पैसा खोज्दा कसैले सापटी दिन्थेनन्” उनले भनिन्-‘अहिले त मेरै कमाइले पनि घरखर्च धानेर धेरै थोरै वचत गरेकी छु । श्रीमान पनि कमाउन साउदी जानुभयो ।”
धनकुमारी भन्छन् – ‘उहाँले साउदीमा काम गर्नुभएको छ, मैले घर बाख्रा पालेको छु । धेरै राम्रो भएको छ अहिले ।  धनकुमारीले बाख्रापालनबाटै वाषिर्क दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेकी छन् । उनले समूहमा मिलेर घाँस खेती पनि गरेको बताइन् ।
गतवर्ष उनले हासिल गरेकै सफलताको आधारमा हेफर इन्टरनेशनल नेपाल नामक संस्थाले उनले ७० हजार रुपैयाँ राशीको स्वणर्ीम प्रतिभा पुरस्कार गरेको थियो । धादिङ्ग, नुवाकोट, चितवन र नवलपरासीका कृषकहरु म्ााझ उनी उत्कृष्ट बाख्रापालक कृषक सावित भएकी हुन् ।
उनले पुरस्कारबाट आफू पनि रहेको महिला समूहलाई ४२ हजार सहयोग समेत गरेकी थिइन् अनलाइनखबर बाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More