सरकारले भूकम्पपीडितका लागि देश विदेशबाट आएका लाखौ किलो चामल संकलन गर्यो। जसमध्ये बंगलादेशले मात्तै ७८ लाख २९५ किलो चामल पीडितका लागि नेपाल पठायो। पीडितहरू चामल पाउने बशामा सरकारको बाटो हेरे। तर, सरकारले भोक भोकै बसेका पीडितलाई चामल बाँडेन, बरू झापास्थित नेपाल खाद्य संस्थानको डिपोमा थन्क्याएर राख्यो। एक वर्षपछि जब कुहिन थाल्यो तब सरकारले गोदाममा थन्काएको चामल बाहिर त निकालेको छ। तर, भूकम्पपीडितलाई वितरण गर्न होइन, काठमाडौंमा प्रतिकेजी ४१ रूपैयाँमा बेचेर रकम उठाउन, आजको नयाँ पत्रिकामा खबर छापिएको छ।
१०७ बोरा चामल त गोदाममै कुहियो। बंगलादेशले पठाएको चामलमध्ये ४८ लाख २९५ किलो बिक्री गरेर झन्डै २० करोड रकम उठाउन सरकारको लक्ष्य छ। काठमाडौंका अतिरिक्त गोरखामध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा चामल बिक्री गर्ने सरकारको योजना छ। भूकम्पपीडितका लागि चीन सरकारले अनुदानमा दिएको एक लाख किलो चामल पनि प्रतिकेजी ४० रूपैयाँमा बजारमा बिक्री गर्ने सरकारको योजना छ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.