May 14, 2016

मृत्यु संस्कार ५ दिनमा सक्ने संकृतिक क्रान्तिलाइ रास्ट्रकविको पनि समर्थन, तपाइंको के छ ?


 ‘हामी पतिपत्नी दुवैले गत वर्ष दसैंमा परिवारजनलाई पाँच दिनमै काजकिरिया सकिदिनू भनेका थियौं', संस्कार सुधार अभियानका अध्यक्ष शंकरप्रसाद पोखरेलका ९० वर्षीय बुबा पूर्णरमणले उदयपुर र धनुषाको संगमस्थल कमलानदीको उत्तरबाहिनीस्थित घाटमै घोषणा गरे, ‘पत्नी जानुकाको निधन भएको छ । तपार्इं सबै मलामीलाई अनुरोध गर्दछु, उनको काजकिरिया पाँच दिनमै सक्ने हाम्रो इच्छा पूरा गरिदिनोस् ।' धेरै मलामीलाई लागेको थियो निम्बार्क समुदायका वैष्णव परिवारले काजकिरिया १३ दिनमै सक्नेछ ।
निजामती सेवाको लेखाअधिकृतबाट निवृत्त ६४ वर्षीय शंकरले  भने, ‘चार वर्षअघि अभियान थाल्दा बुबाले शंकरले राम्रो काम गरेन भनेको धेरैले सुनेकाले मलामी द्विविधामा हुनु स्वाभाविकै थियो । तर घाटबाटै बुबाले सुधारिएको संस्कारमा पत्नीको काजकिरियाको घोषणा गर्दा माहोल फरक भयो ।'
आचार्य पण्डित रुद्रप्रसाद आचार्यका अनुसार पहिलो दिन ६ पिण्ड दिइयो । उनले भने, ‘दोस्रो दिन ढिकुरो उठाएर पहिलो दिनको एक पिण्डसहित पाँच पिण्ड दिइयो । तेस्रो दिन बाँकी पाँच पिण्ड दिइयो र ढिकुरो फोरियो ।' चौथो दिन मध्यम षोडशी र उत्तम शोडषीका पिण्ड दान तथा पाँचौं दिन पितृ मिलनको काम गरी उत्तर पाथेय श्राद्ध सकियो ।' 
दिने काजक्रियालाई सबैले पाँच दिनमै गर्नुपर्छ वा स्वीकार्नुपर्छ भन्ने छैन, सुधारको अभियानलाई समाजले स्वीकार्न समय लाग्छ', शंकरले भने, ‘दर्जनभन्दा बढीले पाँच दिने संस्कार अपनाइसकेका छन् । राष्ट्रिय व्यक्तित्वको समर्थन छ । राष्ट्रकवि माधव घिमिरेले समेत अभियानलाई समर्थन गर्नुभएको छ ।'
 अन्नपुर्णपोस्ट बाट 


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More