अक्सिजनबिना ९ दिन बांच्न सम्भव नै छैन । यो सरासर ठगी हो । यो नेपाली जनतालाई दिइएको धोका हो । यदि होइन भन्ने हो भने वैज्ञानिकरुपमा प्रमाणित गरेर देखाउनुपर्यो । सिसी क्यामरा राख्नुपर्यो । २–४ जना डाक्टर राख्नुपर्यो । त्यसबाट प्रमाणित भयो भने त यो विश्वकै लागि खुशीको कुरा हो । मानवजातिकै लागि चमत्कारको कुरा हो । यस्तो कुरामा पनि म टेष्ट दिन्न भनेर बस्नु ठगी होइन र ?
यदि ठगी होइन, प्रमाणित गर्ने हो भने आउनु । कृष्णदासजीले अक्सिजनबिना ९ दिन बसेर प्रमाणित गर्नुभयो भने म वहांको जिन्दगीभर शिष्य बन्छु ।
एकदमै ठगी हो । यसअघि यस्तै ठगी गरेको थियो रामबहादुर बम्जनले । २ बर्षसम्म केही खाएको छैन भन्ने । ब्लड टेष्ट गरौंभन्दा नगर्ने । तर मोटाउंदै जाने । टेष्ट गर्दा त थाहा भइहाल्थ्यो । खाको नखाको । अहिले कृष्णदासजीलाई चिकित्सकले च्यालेन्ज दिए । मैले बनाको बाकसमा नौ दिन होइन नौ मिनेट बसेर देखाऊ । सकेनन् । गुरुले ठग्न मिल्दैन । ठगले मिल्छ । ठगको मापदण्ड हामीले बनाउने होइन । (लामो हासो)
प्रमाणित गरुन् अक्सिजनबिना बसेर । म शिष्य बन्न तयार छु । नेपालआज बाट
योगी विकासानन्दसंगको भिडियो संवादका लागि यहां क्लिक गर्नुहोस् । http://youtu.be/x5gXaTEkIks
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.