May 15, 2016

खोलो पैरो सबले खेदन थालेपछि बुद्धि फर्केर एकता तिर लागे माओबादिहरु

जनयुद्धका उपलब्धिहरुको जस अरुलेनै लिएर सरकार देखि सडक सम्म ठुला पार्टी बने । नेपाली समाजको तेत्रो ठुलो परिबर्तनको बाहक माओबादीका नेतहरुभने असुरक्षा , चरम घृणा र आलोचनाका पात्र बनाइएका छन् ।
प्रतिक्रिया बादीहरू , पंच, धर्म अन्ध देखि क्षत्रियबाद, हुँदै संसद बाद सम्मको तारो बनेको माओबादी जनयुद्ध हालका दिनमा बिचैमा छोडेर भागेको भान् हुन्थियो ।
टुक्रा टुक्रा भएर शक्ति बिहिन अवस्थामा पुगेर जनताको बिस्वास गुमाउदै गएपछि फेरी एकिकरण प्रयासमा लागेको छ माओबादि । जनयुद्धका बिरोधि , रास्ट्र सिध्याउने भ्रस्टहरु मालिक भएका छन् , जनताको बलिदान र रागतको अवमुल्यन गर्ने ओली देउवा हरु हिरो भए जनताको बलिदानले ल्याएको लोकतन्त्र , संबिधान सभा अनि आदिवासी , जनजाति , मधेशी , दलित हरुका बाहिर आएका स्वर हरुलाई प्रतिक्रिया बादीहरुले बिखन्डन र सर्बनासको नाम दिएर माओबादीको सर्बत्र घेराबन्दी सुरुभएको छ ।शांतिप्रक्रियामा आएर देश चलाए , जनयुद्धका नाइके प्रधानमन्त्री भैसके अझै पनि जहाँ गएपनि जनयुद्धका मुद्दा बिउताउने , अन्तरास्ट्रिय अदालत , मानवअधिकारका मुद्दाको भुत जगाएर तर्साउने कामले झस्किएर माओबादिहरु एकजुट हुने बाध्यताको परिस्थिमा पुगेको जानकारहरु बताउछन् ।

विभाजित माओवादीका चार समूहबीच यसै साताभित्र एकता हुने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
सबभन्दा ठूलो समूह एमाओवादीसँग रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादवको नेकपा माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकता हुने लागेको हो ।
नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्न्दीय नेताहरु, जयपुरी घर्ती र कुमार दाहालको समूह पनि एकीकरणमा समावेश भएको छ । यसैबीच एकतापछिको पार्टी नाम, नयाँ नीति, नेतृत्व, कार्यक्रम र महाधिवेशनको मितिका विषयमा छलफल गरी एउटा निष्कर्ष निकालिनेछ। नयाँ पत्रिका दैनिकमा समाचार छ। त्यस्तै, ६ वटै माओवादी पार्टीहरूको केन्द्रीय समितिको संयुक्त महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
बादलले ४ असार ०६९ मा एमाओवादीसँग सम्बन्ध बिच्छेद गरी अलग पार्टी बनाएका थिए । मणि थापा भने ०६२ मै अलग भएका थिए । ‘अब ६ जेठमा काठमाडौंमा एकता पक्षधर सबै माओवादी पार्टीको संयुक्त अधिवेशन हुने र त्यही दिन महाधिवेशन आयोजक समिति बन्नेछ,’ छलफलमा सहभागी एक नेताले भने ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More