May 15, 2016

फास्ट ट्रयाक हावादारी गफले मात्र बन्दैन-सक्ने आफुले नसक्ने काम अरू लगाएर पनि गरौँ

रुद्र ढकाल, लन्डन।   
हाल कार्डिफ मेट्रोपोलिटन युनिभर्सिटीमा अर्थशास्त्रमा पीएचडी गर्दै गरेका नेपाली बिद्यार्थी श्री कपिल गौतम ज्यू संगको भर्खर भएको अन्तर्वार्तामा उहाँले पूँजीको अभाबले नेपालीले रेलमार्ग बनाउन नसक्ने भन्ने कुरा हास्यास्पद छ भनी तर्क गर्नु भयो ।
श्री कपिल गौतम

उहाँले नेपालको बजेटको चीरफार गर्दै भन्नु भयो कि नेपालमा अहिलेको बजेटको पूँजीगत खर्चमा जम्मा २२ % मात्रै बजेट खर्छ भएको र बाँकी ७८% अझैँ बाँकी रहेकोले पनि नेपालमा पुँजी को मात्र समस्याले फास्ट ट्रयाक बनाउन नसकिने होइन नेपाल आफैंले फास्ट ट्रयाक निर्माण गर्ने सामर्थ्य राख्छ भनेर।
नेपालको आर्थिक बिकासमा पूँजीको समस्या नै नभएको कारणले गर्दा नेपालले फास्ट ट्रयाक बनाउनै नसक्ने भन्ने कुरा हुनै सक्दैन भन्ने जीकिर गर्दै वहाँले पब्लिक प्राइभेट पार्ट्नर्शिप अर्थात् (पीपिपी) को सिद्दान्त अनुसार अगाडि बढेर नेपाली जनताहरुको आन्तरिक लगानीलाई पनि समाबेश गरी स्वोदेशी लगानीमा नै फास्ट ट्रयाक बनाउन सकिन्छ। वहाँले देश र जनतालाई दुरगामी असर पार्ने यस्ता कुराहरु कमिशनको र हचुवाको भरमा अर्कालाई जिम्मा लगाउन खोज्नु देश र जनताहरुको लागी ठूलो नोक्सानी र गद्दारीको बिषय हो भन्नु भयो। 

पूँजीको तरलता र ब्यबस्थापन बारे टिप्पणी गर्दै गौतमले भन्नु भयो देशमा अहिले बैंकिंग क्षेत्रमा पुरै पूँजी फ्रीज भएर बसेको अबस्था छ। प्रा:य  बैंकहरुले बचत खाताहरुलाई कम ब्याज दिन थालेका छन्। उहाँका अनुसार फास्ट ट्रयाकमा जनलगानीको बाटो खोलिदिने हो भने नेपाली जनताको लगानी ले नै यस परियोजना ढुक्क संग चल्छ।  

प्राबिधिक क्षमता तर्फको प्रश्नमा उहाँले डा. सूर्यराज आचार्य र  रमेश पोखरेललाई उदृत गर्दै भन्नु भयो उहाँ हरुले भने जस्तै बर्षै पिच्छे नेपालका ईन्जिनियरिङ कलेजहरूबाट सयौंको संख्यामा ईन्जिनियरहरू उत्पादन भै राखेका छन्।  राम्रा राम्रा ईन्जिनियरहरु बैकल्पिक कामको खोजीमा आफ्नो सीपलाई बेवास्ता गर्दै विदेश पलायन भैराखेका छन्।  त्यसैले उनीहरुको सीपलाई ईन्टर्नसिप मार्फत अवसर दिएर आफ्नै देशमा वास्तविक प्रयोगात्मक ज्ञानसीपको प्रयोग गर्दै आफ्नै देशमा दक्ष्य जनशक्ति पनि विकास गर्दै जान सकिन्छ । 

कन्सल्टेन्सीको हकमा उहाँले आफ्नै देशमा नै बर्षौं देखिको काम गर्दै आएका केही दक्ष राष्ट्रिय निर्माण् ब्यबसायीहरु छन्।  उनिसंग मिलेर पनि यस कामको साझेदारी गर्न सकिन्छ। अर्को तिर हाम्रा कन्सल्ट्यान्टहरूले यसरी फास्ट ट्रयाकजस्ता ठूला आयोजना सम्पन्न गरे पछि  यसै अनुभवको आधारमा पनि भबिष्यमा अरु बिकास निर्माणका कामहरुको लागि उच्चस्तरको आत्मविश्वासको विकास हुनेछ । यसले गर्दा यो आयोजना सकिने बित्तिकै यस्ता दर्जनौं आयोजनाहरू हामी आफैंले निर्माण गर्न पनि सक्नेछौं । यो नै हाम्रो देश नेपाललाई दरिलो र आत्म निर्भर बनाउंदै लैजाने उत्तम उपाय पनि हो।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More