May 5, 2016

सरकार परिबर्तनको खेलमा नेपालले गिनिज बुक रेकर्ड राख्दै ,बधाई छ नेता ज्युहरु !




सुमन बराल 
लाजमर्दो -- -२०४७ सालको प्रजातन्त्र पुनस्थापना पछिको २६ बर्षमा २३ पटक र नयाँ नेपाल बनाउन कथित जनयुद्धको जगमा गरिएको भनिने २०६२,६३ को गणतन्त्रका निम्ति निर्णायक साबित जन आन्दोलन पश्चातको १० बर्षमा पनि ८ पटक सरकार परिबर्तन भएको छ । 
तर एउटा मुठीभर चलाख र अवसरबादी बर्गले बाहेक अधिकांस नेपाली जनताले राणा शाषन, पञ्चायत, प्रजातन्त्र, सक्रिय राजतन्त्र र गणतन्त्रमा पनि परिबर्तनको आभास गर्न भने पाएनन । गरिबी, कुप्रथा, बेथिती र दण्डहिनतामा जापान, अमेरिका, स्वीडेन लगायतका अन्य धेरै देशलाई उछिनेको नेपालले संसारकै छिटो सरकार परिबर्तन हुने देशको रुपमा पनि इतिहासमा नाम लेखाएर दक्षिण सुडान,सोमलिया र कंगोजस्ता देशको रेकर्ड तोड्ने प्रबल सम्भावना देखिदैछ । 
सत्ता मोहका कारण अस्थिर नेपाल कायम राख्ने शक्तिकेन्द्रहरुको स्वार्थ पुर्ति गर्दिन सरकार परिबर्तन गरेर नंग्नता देखाउने हाम्रा शाषकहरुलाई लाज नहुने हो वा उनीहरुले लाज पचाइ सकेका छन ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More