April 5, 2016

नयाशक्तिले अप्रिल १० मा बेलायतमा नेपाली भुकम्पपिडित बालबालिका बेचबिखन बिरुद्धबिस्वलाइ ध्यानआकर्सण गर्दै


भुकम्प पिडित बालबालिका नेपालबाट बिक्रिभइ रहेको समाचार सन् पत्रिकाले(link https://t.co/x99KzItwoy ) लेखेको घटना बिस्वका मानिसको मन रूहाउने, नेपालीको मन रूहाउने अनि शिर गिराउने घटना हो । हामी यति गरिब र दरिद्र छौँ भन्ने झस्को पसाएको छ ।  यो समाचार प्रति बक्तब्य र हलुका प्रतिक्रिया दिने मात्र हैन सबै नेपालीले बिस्वब्यापी रुपमा एक  भएर बालबालीका बेचबिखन सम्बन्धित निकाय र सरोकार वालाको ध्यान केन्द्रित गराउने उचित समय हो । अवस्यपनि बेलायतका विभिन्न संस्था र व्यक्तिहरुको भर्त्सना र चासो लगायत बेलायत सरकारको छाबिन गर्ने प्रतिबद्धता (Guardian link http://www.theguardian.com/world/2016/apr/04/child-nepal-earthquake-slaves-sold-uk ) सराहनीयछ  छन् 
यो घटना बिरुद्ध अन्तरास्ट्रिय छानबिनको माग गर्दै ध्यानआकर्षण गराउन हामी कम्तिमा संसारभरिबाट १ घण्टा आफ्नो इच्छा अनुसारको प्लेय्कार्ड बनाएर १ घण्टा मुलुकका बालबालिकाको निम्ति मौन प्रदर्शन गर्दै  उभियौं कम्तिमा नेपाली यस्तो बेचबिखन मलजल गर्ने हैन यो घटना प्रति चिन्तित छन् भन्ने संदेश जानेछ ।


मित्रहरु हो बाल सोषण सन् पत्रिकाले लेखे-नलेखेपनि नेपालका जुठेल्ना , बसका खलासी , रेस्टुरेन्टका फोहोर सफा गर्ने ठाउँमा गएर हेरे  पुग्छ के छ अवस्था भन्ने आफैं छर्लंग हुन्छ ।
यो समाचारको खण्डन , टिप्पणी गर्ने भन्दा यो बिषयलाई हाम्रो सानो पहलले अन्तरास्ट्रिय स्तरमा निस्पक्क्ष छानबिन र सहयोग माग  गर्दै सानो प्रदर्शनले मात्र विभिन्न बहानामा बेचिने असंख्य बाल बालिकालाई बचाउन सानो मद्दत पुग्छ ।
बिदेशी संचार मध्यममा नेपालको यस्तो खबर आउने त्यो खबर एउटा  बिदेशीले पढेर के सोच्दो हो ? हामी यति निरिह भयौं हाम्रा बालबालिका बेचिएको हेरेर बसिरहेका छौँ , जसको मतलव हामी बुद्धिजीवि, जान्ने बुझ्ने सबै तह तप्काका नेपालीहरु मुलुकको भबिस्य सोच्नेहरु मौन बसेर, प्रतिक्रियामा रमाएर किन्नेबेच्नेलाइ सहयोगी भइ रहेको आभास दिने  ? आउनुस यो  सबैलाई झक्झक्याउने समय हो यो। The Sun त्रिकाको खबर सत्य होला नहोला हामीलाई हाम्रा बालबालिकाको नाममा बर्सेनि गरिने डलरको खेति र अधिकारकर्मी हरुलाई झक्झक्याउने एउटा अवसर हो । संसार भरिबाट सबैले आफ्नो ठाउँबाटशान्तिपूर्ण खबरदारी र सम्बन्धित निकायहरुको ध्यान आकर्षण गरौँ  भन्दै हामी बेलायत बासी साथीहरु बेलायत मै किनबेच भएको भनेर आएको घटना भएकोले यहि आउदो आइतबार अप्रिल १० तारिक भेला हुन हार्दिक अनुरोध गर्दछु । 
हाम्रो मागहरु 
१) सन् पत्रिकाको खबर, गार्डियन र अन्य मिडियामा आएका खबरको सत्य तथ्य अन्तरास्ट्रिय स्तरको निस्पक्ष निकायबाट छानबिन होस् ।
२) बाल हित र अधिकारका निम्ति लागिपर्ने सबै संस्था व्यक्तिको ध्यान आकर्षण 
३) नेपाल सरकार र त्यहाका अधिकारकर्मीहरुलाई सत्यतथ्य बाहिर ल्याउन ध्यान आकर्षण
४) बाल श्रम शोषण र घर , रेस्टुरेन्ट , खलासी को रुपमा बालबालिका प्रयोग गर्नेहरु बिरुद्ध कठोर कानुन ल्याइयोस ।
५) भुकम्प पिडित बालबालिकाहरुको तथ्यांक, अवस्था र उनीहरुको सम्पूर्ण जिम्मेवारीको प्रत्याभूति सरकारले गरोस ।

कार्यक्रम बारे जानकारी 
आयोजक : नया शक्ति , बेलायत 
स्थान : लन्डन , ट्राफलगर स्क्वायर 
समय : दिनको २ बजे 
कार्यकर्म बिस्तृत लिंक  : https://www.facebook.com/events/1154762294555253/1154851581212991/

कार्यक्रम संयोजक 
जगन कार्की , London,

अन्य जाकारिको लागि सम्पर्क : भोला खनाल  ०७५४४५४०३५७
नया शक्ति बेलायत संयोजक 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More