April 23, 2016

कनकमणी पक्राउपछि भ्रस्टहरुको रुवाबासी-खनिए अख्तियार आयुक्तको चरित्र हत्यामा


११ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिनमा रहेका साझा यातायाका अध्यक्ष कनकमणि दीक्षितलाई शुक्रबार पक्राउ गरेको छ ।
अख्तियारको टोली प्रहरीसहित शुक्रबार दिउँसो पाटनढोकास्थित दिक्षितको घरमा पुगेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अख्तियारको छानविन अनुसार कनकमणि र श्रीमती शान्तले विभिन्न संस्था तथा निकायबाट तलब, भत्ता, लाभांश र सुविधाबापत पाँच करोड आम्दानी गरेको तर १२ करोडभन्दा बढी खर्च गरेको देखिएन्छ । सात करोड कहाँबाट आयो भन्ने जवाफ भेटिएको छैन |

यस्तो छ राससको समाचार
साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई अकूत सम्पति जोडेको अभियोगमा आज हिरासतमा लिएको छ।
अध्यक्ष दीक्षितलाई आज पाटनढोकाबाट आयोगका कर्मचारी र नेपाल प्रहरीले पक्राउ गरेको हो । आयोगका अनुसार दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनको क्रममा पत्ता लागेको छ ।
यस्तै, कमलमणि दीक्षित, अन्जु दीक्षितको नाममा एचएसबिसी बैंकमा रहेको खाताबाट भारत दिल्लीस्थित म्याट्रिक्स टिभी प्रालिको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको तर नियमानुसार नेपाल राष्ट्र बैंकलाई जानकारी नगराएको आयोगले जनाएको छ।
यस्तै, दीक्षित दम्पतीको नाममा एसबिसी बैंक बेलायतमा २७ हजार ६३८ बेलायती मुद्रा मौज्दात रहेको, स्टयान्डर्ड बैंक बेलायतको ३६ हजार सेयर कनकमणिको नाममा रहेको र दम्पतीको नाममा एचएसबिसी बैंकको एक लाख २० हजार साधारण सेयर रहेको देखिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय सङ्घ तथा संस्थाबाट रु ११ करोड १२ लाख ४९ हजार ४३५ सहयोग लिएको र कुन प्रयोजनका लागि खर्च गरेको प्रष्ट नभएको, विभिन्न निकायबाट प्राप्त गरेको तलब भत्ता, लाभांश तथा सुविधाबापत रु पाँच करोड आम्दानी गरेको भएपनि आम्दानीभन्दा बढी रु सात करोड खर्च गरे पनि त्यसको आधार प्रष्ट नदेखिएको जनाइएको छ।
दीक्षितले अमेरिकामा २०१० नोभेम्बर १० मा अमेरिकी डलर चार लाख ३५ हजारमा अपार्टमेन्ट खरिद गरेको, लामाटार–७ मा अवस्थित जग्गा कीर्ते गरी बेचबिखन गरेको र मोही एवम् गुठियारलाई झुक्याएको अनुसन्धानबाट पत्ता लागेको छ।

त्यसैगरी, हिमाल मिडिया र जगदम्बा प्रेसले साल्ट टे«डिङ कर्पोरेसनलाई तिर्नुपर्ने रु एक लाख ४३ हजार ५३ र जगदम्बा प्रेसले तिर्नुपर्ने रु २१ हजार ५८९ अझैसम्म नतिरेको र सरकारी संस्थालाई घाटा पु¥याएको अध्ययनबाट देखिएको छ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करले चल अचल सम्पत्ति गैरकानुनी रुपमा आफ्नो नाममा पारेको र सम्पत्तिका सम्बन्धमा परेको उजुरी छानबिनका लागि उपस्थित हुन पटकपटक गरिएको आग्रहलाई अटेर गरिएकाले पक्राउ गरिएको जानकारी दिनुभयो।

आयोगले गरेको अध्ययनबाट उनको परिवारका नाममा रहेको चल अचल सम्पत्ति, बैंक खातालगायतका विवरण यकिन गर्दा तालमेल नमिलेको, अनुसन्धान अधिकृतले पटकपटक अनुसन्धान प्रक्रियालाई सहयोग गर्न आग्रह गर्दा अटेर गरेको र आयोगको अनुसन्धानलाई प्रभावित पारेको आयोगको भनाइ छ।

हिरासतमा राखिएको दीक्षितलाई आवश्यक कानुनी प्रक्रिया र प्रावधानका आधारमा थप छानबिन गरिने र विशेष अदालतमा पेस गरिने प्रवक्ता पुष्करले बताउनुभयो।

साझा यातायात नेपाल सरकारको स्वामित्व रहेको संस्था भएकाले कानुनअनुसार नै सम्पत्ति विवरण बुझाउनु र कानुनलाई सम्मान गर्नु दीक्षितको पनि दायित्व रहेको पुष्करको तर्क छ।

कनकमणीको गिरफ्तारीपछी अन्य भ्रस्टहरुको सातो गएको छ केहि भ्रस्टहरु तल्लोस्तरमा उत्रिएर अख्तियार आयुक्त लोकमान प्रति खनिएका छन् भने कोहि खुशी भएका छन् । खुशी हुने हरुमा माओबादी समर्थक हरु ज्यादा छन् ।

हिमा शर्मा ले यस्तो लेखे

आफु बाहेक सबै चोर हुन् भन्थे त यिनले ! तर लुकायको डलर छादनु पर्ने पो भएछ !

भरत दाहाल लेख्छन ~

राज्यका चाैथाे कलङ्क

समाजका धमिरा पत्रुकार




काठमाडाैंका कुलिन मिडीया हाउसका पत्रकारहरूलार्इ तपार्इंहरूले पत्रकार ठान्नु भएकाे छ ? यि हुन् नेता/काला बजारीया ब्यापारीका समकक्षि पेशेवर अपराधि। राजनीतिक वृत्त बद्नाम भएपछि जनताकाे मष्तिष्कमा विष भर्न विदेशी दूताबास र एनजिअाेहरूले ठेक्का दिएकाे गिराेह। देशका सूचना बेच्नु, राष्ट्रियता धरापमा पार्ने कुनियतले समाचार सम्प्रेषण गर्नु, राष्ट्र हितकाे पक्षमा भएका जम्मै विषय, व्यक्ति र घटनालार्इ दबाएर गाेजि भर्नु, बाह्य शक्तिहरूले तयार पारेका पुस्तकहरू अाफ्नाे नाममा प्रकाशित गर्न दिएर धन कमाउनु, कुनै गंभिर अपराधकाे सूचना हात लाग्याे भने अपराधिसंग पैसा वार्गेनिङ् गरेर महल उठाउनु जस्ता निच कर्म गर्ने जमातकाे अर्काे नाम हाे पत्रकार। याे अपराधि सञ्जालका कारणले सुकाम गर्ने पत्रकारहरू पनि बद्नाम हुन बाध्य भएका छन्। यिनीहरूका लागि "पत्रुकार" शब्द उपयुक्त छ र राज्यकाे चाैथाे अङ्गका ठाउँमा यिनीहरूलार्इ नेता, कर्मचारी र काला ब्यापारीपछिका "चाैथाे कलङ्क" भन्नुपर्छ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More