सेनाको हेलिकप्टरबाट आइतबार बिहान ११ वने बारपाक ओर्लिएकी राष्ट्रपति विद्यादेवी भण्डरीलाई स्थानियले भव्य स्वागत गरेका थिए ।
हिमालय उमावि मास्तिरको फुटबल मैदानमा बनाइएको हेलिप्याडबाट मञ्चसम्म आउने क्रममा स्थानियले फूलमालासहित उनको स्वागत गरेका थिए ।
मञ्चमा करिब पाँच मिनेट बिताएकी उनले बारपाक ४ का भूकम्पपीडित गोपाल विकको घर पुननिर्माणको शुभारम्भ गरिन् ।तर, राष्ट्रपति भण्डारीले बारपाकीलाई सम्बोधन गरिनन् । राष्ट्रपतिले केही पनि नबोलेपछि बारपाकी आक्रोशित भएका छन् ।
सान्त्वनासहितको पुननिर्माणका केही गतिविधि र आश्वासनसहित सम्बोधन हुने अपेक्षा रहे पनि राष्ट्रपतिबाट सम्बोधन नभएपछि बारपाकी आक्रोशित भए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
भुकम्प पिडितको बिजोक हेर्न रास्ट्रको ढुकुटी सकेर रास्ट्रपति बारपाक सम्म पिडितसँग एक शब्द नबोली फिर्ती सवारी भएको खबरले हाम्रा नया सासकहरुको मनस्थिति कस्तो छ स्पस्ट हुन्छ । प्रम ओली र राष्ट्र प्रमुख हरुको अनावस्यक भ्रमण तर समस्या प्रति अकर्मन्यता बन्द गर ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.