April 22, 2016

ओलीलाइ बोकेर एमालेसंग पार्टीं बिलय गर्ने प्रचण्डको दाउ बिरुद्ध किराँतीले थाले सरकार ढाल्ने खेल

हालै पत्रपत्रिका र विभिन्न श्रोतबाट प्रचण्ड एमाले संग पार्टीलाइ मिलाएर सम्माननीय अद्धक्ष पद खाने सर्तमा ओलीसंग टासीएको चर्चा चलेको छ । बाबुराम नया शक्ति गठन गरि लोकतान्त्रिक पार्टीमा आफुलाई रुपान्तरितगरि कोर्स करेक्सन गरिसकेको अवस्थामा  प्रचण्ड मोहन बैद्यसंग मिले युद्धका अपराध र कलङ्कले नछोड्ने बरु एमालेसंग मिले सबै पाप बाट मुक्ति पाइने दाउमा बैद्यसंग मिल्ने भन्ने हावा पिटेर पार्टीभित्र मिल्नुपर्छ भन्नेहरुलाई थामथुप पारेर आउँदो चुनावमा तालमेलको बहानामा एमालेसंग बिलय हुने दाउमा रहेको अड्कलबाजी हुन थालेको सन्दर्भ बुझेर एमाओबदि नेता गॊपाल किराँती भंडाफोर गर्दै गत चुनावमा ओलीसंग हारेको रिस ओलीलाई सत्ताबाट लडाएर पोख्ने दाउमा रहेको बुझिएको छ । अन्नपुर्ण पोस्टमा किरांतीले धमला क्लबमा ग्एर दिएको सरकार ढाल्ने धम्कि पढ्नुस जस्ताको तस्तै
>>ओलीलाई हटाएर प्रचण्ड ल्याइने विकल्पमा देउवा काठमाडौंः एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले केपी ओली नेतृत्वको सरकारलाई यथाशिघ्र विस्थापित गरेर प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा उनले एमालेले अहिले माओवादीको चिहानमा बसेर पश्चिम बंगालका ज्योति बसुको शासन गर्न चाहिरहेको दाबी गर्दै ओली सरकारको विस्थापनका लागि पार्टीमै सशक्त आन्दोलन गर्ने घोषणा गरे ।
‘केपी ओलीको सरकार इतिहासमै खतरनाक राष्ट्रघाति सरकार हो । यो सरकारलाई यथाशिघ्र विस्थापित गरेर एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउनुपर्छ’, उनले भने, ‘त्यो हुन नसके मधेस आन्दोलन, पुनर्निर्माण र शान्ति प्रक्रियाबारे धारणा लिएर काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बनाउन सकिन्छ ।’
उनले केपी ओलीको रबैयाको सिखण्डी भएर एमाओवादी बस्न नहुने भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीभित्र शसक्त आन्दोलन गर्ने बताए ।
आफ्नो अभियानको समर्थनमा ५० केन्द्रीय सदस्य रहेको दाबी गरेका किरातीले सरकारलाई विस्थापन गर्ने विषयमा पार्टीको संसदीय दल, पोलिटब्यूरो र केन्द्रीय कमिटिमा समेत छलफल गराउने योजना सुनाए ।
‘यो सरकार लामो समयसम्म जान सक्दैन । केपी ओलीबाट एमाओवादी आजित भइसकेको छ’, उनले भने, ‘एमाले नेतृत्वले सरकारमा हामीलाई धोका दिएको छ ।’
किरातीले खोक्रो राष्ट्रबादको नाममा भारतलाई चिढ्याएर अन्तर्राष्ट्रिय गठबन्धन बनाइ माओवादीलाई घेराउ गर्ने खतरनाक योजनामा प्रधानमन्त्री लागेको दाबी गरे । उनले माओवादीको चिहानमा शासन गर्ने एमालेको योजनालाई एमाओवादीले बुझ्नुपर्ने बताए ।
उनले भने, ‘केपी ओली शान्ति सम्झौता सिध्याएर ज्योति बसु र चारु मजुमदारको जस्तो अवस्थामा पु¥याउने षडयन्त्रमा लागेका छन ।’
उनले एमाओवादीबाट सरकार छाड्नुहुन्न भन्नेहरु एमालेमै गए हुने चेतावनी दिँदै एमाले कम्यूनिष्ट पार्टी नभएको र एमाओवादीले पनि एमालेको नेतृत्वमा सरकार बनाउँदा कम्यूनिष्ट पार्टी भनेर सहयोग नगरेको स्पष्ट पारे ।
क्रान्तिमा भएको क्षतिको पूर्ति गर्न माओवादी पार्टीबिच एकता हुनु पर्नेमा जोड दिदै किरातीले मोहन वैद्य जनवादी क्रान्तिकै पक्षमा रहेकोले रामबहादुर थापा बादलको नेतृत्वमा धु्रवीकरण भएर एकताका लागि आए पनि आफुहरुले स्वागत गर्ने स्पष्ट पारे ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More