April 16, 2016

बालबालिकाले पढ्ने पुस्तकबाट निजी बिध्यालय र पब्लिकेसनको लुट अन्त्य गर


बर्सेनि किन्नुपर्ने , स्कुलले भनेको ठाउँ बाट किन्नुपर्ने महंगा पुस्तक , ड्रेस र एडमिसनको नाममा हुने लुटले अभिभावक मारमा परेका छन् । सरकारी कर्मचारी , बिध्यालयलाइ मोटो रकम दिएर आफ्ना पुस्तक राख्न लगाउने अनि अभिभाबक संग लुट्ने प्रवृतिले बिकराल रुप लिएको छ । सरकारी निकम्मापन भन्नु पर्दछ निजि वा सरकारी पुस्तक र पाठ्यक्रम एकै खालको हुनु पर्दछ ।  आउनुहोस यो बिकृति बिरुद्ध खबरदारी गरौँ । 

यस सम्बन्धि कान्तिपुरमा मकर श्रेष्ठको आलेख जस्ताको तस्तै हेर्नुहोस
भर्ना गरेका एक अभिभावकले एक सेट पुस्तकको ३ हजार १० रुपैयाँ तिरे । विद्यालयले पुस्तक किन्न दिएको सूची लिएर उनी शुक्रबार विभिन्न पसल चहारिरहेका थिए । विद्यालयले कक्षा ५ मा सातवटा प्रकाशकको पुस्तक सूची अभिभावकलाई दिएको छ । उनले किनेकामध्ये अक्सब्रिज प्रकाशनको आर्ट एन्ड कलरको २४ पृष्ठको मूल्य १ सय रुपैयाँ तिरे । शिक्षा मन्त्रालयले ०६९ मंसिर १ मा तोकेको मूल्यअनुसार प्रतिपृष्ठ एक रुपैयाँ ३१ पैसाको दरले उक्त पुस्तकको मूल्य ३२ रुपैयाँ मात्रै हुनुपर्ने हो ।

सरकारको कमजोर अनुगमनको फाइदा उठाउँदै ६८ रुपैयाँ अर्थात २ सय १२ प्रतिशत बढी मूल्य राखेर पुस्तक बिक्री गरिरहेको छ । सरकारले तोकेको मूल्यअनुसार अभिभावकले २ हजार ३ सय २९ रुपैयाँ मात्रै तिरे पुग्थ्यो । तर, २९.२४ प्रतिशत बढी मूल्य तिर्न बाध्य भए । अक्सिब्रजकै ८० पृष्ठको जीकेको मूल्य १ सय ५० निर्धारण गरिएको छ । १ रुपैयाँ ३१ पैसा प्रति पृष्ठ अनुसार भएको भए १ सय ५ हुन्थ्यो । ५ कक्षाकै सेटमा अल्फाबेट बुक्सले प्रकाशन गरेको ८८ पृष्ठको मोरल भ्यालुजको मूल्य १ सय ६० छ । सरकारी सीमाअनुसार १ सय १५ मात्रै राख्नुपथ्र्यो । यसले पनि ३९ प्रतिशत मूल्य बढी लिएको पाइएको छ ।

त्यस्तै भक्तपुर ओमज्ञान मन्दिर सेकेन्डरी स्कुलका कक्षा ६ का अभिभावकले जनक शिक्षाको नेपालीबाहेक नौ वटा प्रकाशकले छापेको एक सेट पुस्तकको २ हजार ९ सय ७० रुपैयाँ तिरे । सरकारले तोकेको मूल्य राखेको भए २ हजार ४ सय ६ रुपैयाँ मात्रैले पुग्थ्यो । एक सेटमा ५ सय ६४ रुपैयाँ बढी तिर्नुपर्यो । विद्यालयले १० वटा पुस्तक नौ वटा प्रकाशकको समावेश गरेको सूची विद्यार्थीलाई दिएको छ ।

विद्यार्थी प्रकाशनको ८८ पृष्ठको एक कलर भएको मोरल एजुकेसन पुस्तकको मूल्य १ सय ५० राखेको छ । सरकारले एक रङको ९४ पैसा तोकेको छ । यो मूल्य ५ हजारभन्दा कम छाप्दा हो । ५ हजारभन्दा बढी पुस्तक छाप्दा ८९ पैसा प्रति पृष्ठको आधारमा मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । ९४ पैसाकै आधारमा यो पुस्तकको ८३ रुपैयाँ हुनुपर्नेमा ६७ रुपैयाँ अर्थात् ८०.७२ प्रतिशत बढी राखेको छ । विद्यार्थी प्रकाशनकै साइन्समा ३१ प्रतिशत, युनाइटेड नेपालको ३२.५०, अक्सब्रिजको कम्प्युटरमा २५, आठराईको इंग्लिसमा २०, युनिक एजुकेसनलको इंग्लिस फर बिगनरमा ३३, कोसेली प्रकाशनको सामाजिकमा २४, ओसिसको एप्लाइड ग्रामरमा ११ र स्याम्फोनीको पेसा–व्यवसायमा ७ प्रतिशत बढी मूल्य राखेको पाइएको छ । प्रतिशतमा १० प्रतिशत अभिभावकलाई, १० प्रतिशत विद्यालयलाई कमिसन दिनुपर्ने बाध्यता रहेको पुस्तक तथा स्टेसनरी व्यापारीहरू बताउँछन् । कुनै विद्यालयले विद्यार्थीलाई छुट नदिई सबै कमिसन विद्यालयले लिने गरेको एक पुस्तक व्यवसायीले बताए । यसमा ललितपुरका ठूला भनिएका विद्यालयले यस्तो गर्ने गरेका छन् । केही विद्यालयले एक महिनाका लागि विद्यालयबाहिर पसल खोलेर आफैं पुस्तक समेत बिक्री गर्ने गरेका छन् । आफैंले पुस्तक बिक्री गरेपछि पसल सञ्चालकले पाउने कमिसन अभिभावकलाई समेत नदिई विद्यालयले लिने गरेको पाइएको छ ।
निजी विद्यालयमा अध्ययन गर्ने एक विद्यार्थीले सरदर दुई हजार रुपैयाँको पुस्तक किन्छन् । एक जनाले सरकारले तोकेभन्दा ५ सय रुपैयाँ बढी तिर्दा ११ लाख ६० हजार विद्यार्थीबाट एक शैक्षिक सत्रमा ५८ करोड रुपैयाँभन्दा बढी ठगिएको देखिन्छ । ।
विद्यालयका लागि पुस्तक लगेपछि कुनै पसलले पाउने कमिसनको १० प्रतिशत पनि विद्यालयले नै लिन्छन् ।
पुस्तक पसलले पाउने २५ देखि ३० प्रतिशतमा १० प्रतिशत अभिभावकलाई, १० प्रतिशत विद्यालयलाई कमिसन दिनुपर्ने बाध्यता रहेको पुस्तक तथा स्टेसनरी व्यापारीहरू बताउँछन् । कुनै विद्यालयले विद्यार्थीलाई छुट नदिई सबै कमिसन विद्यालयले लिने गरेको एक पुस्तक व्यवसायीले बताए । यसमा ललितपुरका ठूला भनिएका विद्यालयले यस्तो गर्ने गरेका छन् । केही विद्यालयले एक महिनाका लागि विद्यालयबाहिर पसल खोलेर आफैं पुस्तक समेत बिक्री गर्ने गरेका छन् । आफैंले पुस्तक बिक्री गरेपछि पसल सञ्चालकले पाउने कमिसन अभिभावकलाई समेत नदिई विद्यालयले लिने गरेको पाइएको छ । 

एक हजार विद्यार्थी भएको विद्यालयले एउटा प्रकाशन गृहबाट कम्तीमा पाँच लाख रुपैयाँ एक शैक्षिक सत्रमा लिने गरेको प्रकाशकहरू बताउँछन् । एउटा विद्यालयले १० वटासम्म प्रकाशकको पुस्तक खरिद गराउने गरेको छ । निजी विद्यालयको संगठनदेखि विषयगत शिक्षकसम्म विभिन्न तहमा कमिसन दिनुपर्ने भएपछि प्रकाशकहरूले पुस्तकको आफूखुसी मूल्य तोक्ने गरेको व्यवसायीहरू बताउँछन् । 

‘कालोबजारी कानुन लाउनुपर्यो’
काठमाडौं (कास)– सरकारले तोकेको मूल्यभन्दा बढी लिएर अभिभावक ठगी गर्नु कालोबजारी र ठगी भएकाले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने व्यवसायीहरूले बताएका छन् । 

कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन २०३२ दफा ४ मा सरकारले तोकेको मूल्यभन्दा बढी लिएको पाइएमा कालोबाजारी हुने उल्लेख छ । पुस्तकको प्रतिपृष्ठ कति रुपैयाँ हुने भन्ने तीन वर्षअघि नै मूल्य निर्धारण गरिएको छ । पुस्तक प्रकाशकहरूले आफूखुसी मूल्य वृद्धि गरेका छन् । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएमा पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना वा दुवै हुने ऐनमा उल्लेख छ ।
मुलुकी ऐनको ठगीको महल अनुसार तोकेको मोल भन्दा बढी लिएमा ठगी गरेको ठहरिन्छ । कानुन व्यवसायी एवं उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले सरकारले तोकेको मूल्यभन्दा बढी लिनु कालोबजारी र ठगी गरेको ठहरिने भएकाले अभिभावक विरुद्धको अपराध भएको बताए । ‘बढी मूल्य तोक्ने र लिनेलाई कानुनी दायरामा ल्याउनु सबैको दायित्व हो,’ उनले भने, ‘ठगी र कालोबजारीमा मुद्दा चलाउन हामी प्रहरीलाई गुहार्छौं । तपाईहरूले बिल पठाएर सहयोग गर्नुहोस् ।’


http://bit.ly/1SkHoc2

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More