April 14, 2016

दूताबासको सेल्टरमा रहेका नेपालीले साउदीमा ढोकाथुनेर राजदुतलाई नै छुरा हाने

२ वैशाख, रियाद । साउदी अरबका लागि नेपालका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि दूताबासमै छुरा वप्रहार भएको छ ।

रियादस्थित नेपाली राजदूतावासको कार्यकक्षमा नै शर्मामथि छुरा प्रहार भएको हो । शर्माको किङ् फइसल अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको छ ।

केही महिनादेखि दूताबासको सेल्टरमा रहेका नेपालीले नै छुरा प्रहार गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले अनलाइनखबरसाग भने, ‘छुरा लिएर गएर ढोका लगाएर आक्रमण गरेका रहेछन् ।’

कार्यवाहक राजदूतको अवस्था खतरामुक्त छ । छुरा हान्ने नेपालीलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको छ ।अनलाइन खबरबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More