April 2, 2016

भारत र इयु राजदुतलाई सरकारले लिने भो स्पस्टीकरण -कहिलेकाही राम्रोकाम नि गर्दै छ ओली सरकार

भारत र युरोपेली युनियनका संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै सरकारले त्यसबारे भारत र युरोपेली युनियन (इयु) का राजदूतसँग स्पष्टीकरण लिने भएको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भारत र युरोपेली युनियनले नेपालको सार्वभौभसत्तामाथि हस्तक्षेप गरेको भन्दै त्यस विषयमा सम्बन्धित मुलुकका राजदूतसँग प्रष्टीकरण लिने निर्णय गरेको जानकारी एक मन्त्रीले दिएको आजको अन्नपूर्णले उल्लेख गरेको छ ।

उनले भने  ‘परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार भारत र युरोपेली युनियनले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको भन्दै त्यस विषयमा सम्बन्धित मुलुकका राजदूतसँग प्रस्टीकरण लिने निर्णय भएको छ,’।

बेल्जीयको राजधानी ब्रसेल्समा सम्पन्न भारत-इयु शिखर सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा १७ नम्बरको बुँदामा नेपालको नयाँ संविधान अपूर्ण रहेको भन्दै संविधानका मिल्न बाँकी मुद्दा निश्चित समय तोकेर हल गर्न सुझाव दिएको थियो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More